राष्ट्रपतिमा कांग्रेसले आफ्नो उम्मेदवार प्रस्तुत गर्छ : नेता केसी « Khabarhub

राष्ट्रपतिमा कांग्रेसले आफ्नो उम्मेदवार प्रस्तुत गर्छ : नेता केसी


१० फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले राष्ट्रपतिका विषयमा विभिन्न दलका आ-आफ्नै दाबी रहेका बेला कांग्रेसले आफ्नो उम्मेदवार प्रस्तुत गर्ने बताएका छन् ।

बुधबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता केसीले वर्तमान समयमा कांग्रेसका तर्फबाट राष्ट्रपति बन्नु अनिवार्य रहेको टिप्पणी गरे ।

मुलुकमा देखिएको आर्थिकलगायत समस्या समाधानका लागि र राष्ट्रिय हितका लागि कांग्रेसका तर्फबाट राष्ट्रपति बन्नु अनिवार्य रहेको उनको भनाइ छ । उनले कांग्रेसको उम्मेदवारलाई माओवादीले पूर्ण समर्थन गर्ने दाबी पनि गरे ।

केसीले गठबन्धन तोडेर अस्थीरताको कारक बन्न नचाहने स्पष्ट पारे ।

प्रकाशित मिति : १० फाल्गुन २०७९, बुधबार  ६ : ३६ बजे

बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता

काठमाडौं– आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी

टी–२० विवादले भारतको ओलम्पिक सपना प्रभावित

नयाँ दिल्ली- आगामी महिनामा आयोजना हुने टी–२० क्रिकेट विश्वकपले विश्वव्यापी

टिप्पणी : ‘अल्गोरिदम’को शिकार त भइरहेका छैनन् मतदाता ?

काठमाडौं– गत भदौ २३ र २४ गते जेनजी पुस्ताका युवाहरूले

शाहरुख खानलाई ‘ग्लोबल स्टाइल आइकन’ अवार्डबाट सम्मानित गरिने

काठमाडौं- बलिउडका सुपरस्टार शाहरुख खानले छिट्टै दुबई मल ग्लोबल फेसन

आशिकाको जिकिर : भाइले झुक्किएर ईमेल पठाइदियो, उम्मेदवारी फिर्ता लिएकी छैन

काठमाडौं– धादिङबाट उम्मेदवारी दिएकी राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार आशिका तामाङले