शबाब लडाकूहरूद्वारा १० सर्वसाधाराणको हत्या | Khabarhub Khabarhub

शबाब लडाकूहरूद्वारा १० सर्वसाधाराणको हत्या


१० फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

एजेन्सी-  सोमालियाको राजधानी मोगादिसुमा रहेको एक आवासीय भवनमा मङ्गलबार साँझ सोमाली सुरक्षा बलहरूले अल-शबाब लडाकूहरूले गरेको १० घण्टा लामो घेराबन्दी अन्त्य गरेको छ । उक्त प्रायसको झडपमा १० जना सर्वसाधारणको मृत्यु भएको छ । उक्त दुर्घटनामा चार सुरक्षा अधिकारीसहित सात जना घाइते भएको सूचना, संस्कृति तथा पर्यटन मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको विज्ञप्तिमा भनिएको छ, ‘सुरक्षा बलहरूले चार जना आक्रमणकारीलाई गोली हानी मारेको छ।’ मङ्गलबार दिउँसो चरमपन्थीहरूले मध्य सोमालियामा सैनिक कारबाहीमा घाइते भएर उपचार गराइरहेका सरकार समर्थक मिलिशियाहरू बस्ने आवासीय भवनमा आक्रमण गरेका थिए । आफू समर्थित सञ्चारमाध्यमहरू मार्फत पछिल्लो आक्रमणको जिम्मेवारी लिने अल–शबाबले आफ्ना लडाकुहरूले सैनिक र सर्वसाधारणसहित कम्तीमा ७० जनाको ज्यान गएको दाबी गरेको छ ।

सरकार समर्थक मिलिशियाको समर्थनमा रहेको सोमाली सरकारले शबाब लडाकूहरूलाई उनीहरू लुकेको ठाउँहरूबाट हटाउन मध्य सोमालियामा संयुक्त कारवाही सञ्चालन गरिरहेको छ । गत वर्ष राष्ट्रपति हसन शेख मोहम्मदले विद्रोही विरुद्ध सर्वत्र युद्धको घोषणा गरेपछि सरकारी सेनाले अल–शबाबविरुद्धको आक्रमणलाई तीव्र बनाएको हो ।

प्रकाशित मिति : १० फाल्गुन २०७९, बुधबार  ९ : ४२ बजे

रास्वपाले वृहत राजनीति संवाद गर्ने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले वृहत राजनीति संवाद गर्ने भएको

निन्दा खोलामा ‘मल्टिस्पान’ पुल निर्माण

भद्रपुर– मेचीनगर नगरपालिका–१५ भएर बग्ने निन्दा खोलामा चार करोड २०

भारतको महिला टिम एक दिवसीय विश्वकपको फाइनलमा : जेमिमाको शतक

काठमाडौं – अस्ट्रेलियालाई हराउँदै भारतको महिला टिम एकदिवसीय विश्वकपको फाइनल

‘स्टोरकिपर’ हाँस्दा रोएको सुशासन !

अघिल्लो सरकारको पालामा देशको विशिष्ट पदका व्यक्तिको विषयमा लेखिएको पुस्तकको

निःशुल्क स्वास्थ्य शिविरबाट ८२६ महिला लाभान्वित

ढोरपाटन– रोटरी क्लबको आयोजनामा बुर्तिबाङमा महिलाका निम्ति सञ्चालित चारदिने निःशुल्क