निमको पातका फाइदै फाइदा « Khabarhub

निमको पातका फाइदै फाइदा


८ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आजको दिनलाई निमको पात खाने दिन भनेर पनि चिनिन्छ । निमलाई तीतो अमृतका रुपमा व्याख्या गर्ने चलन छ । निम बहु उपयोगी वृक्ष हो । यसको स्वाद तितो हुने कारणले सबै मान्छेले यसलाई रुचाउँदैनन् । तर यो जति तितो हुन्छ त्यति नै स्वास्थ्यको लागि फाइदाजनक छ । निमलाई आयुर्वेदिक चिकित्साले औषधिको रूपमा पनि प्रयोग गर्दै आएको छ ।

निम हाम्रो शरीरको कपाल र छालाको लागि पनि निकै उपयोगी रहेको छ । निमको प्रयोग सही रूपमा गर्दा डन्डिफोर, घाउ, स्किन एलर्जी, एक्जिमा, स–साना खटिरा, दाग धब्बाजस्ता छालासम्बन्धी समस्या बाट पनि छुटकारा पाउन सकिन्छ ।

निमको सेवनले मौसमी समस्याबाट पनि राहत मिल्छ । निमको पातलाई पानीमा भिजाएर खाँदा उक्त पानीमा भिटामिन ई, एस्ट्रिन्जेन्ट गुण हुन्छ । यसले छाला र कपाल चमकता र मुलायमता बढाउन मद्दत गर्छ ।

निममा भएको एन्टी ब्याक्टेरियल गुणले छालामा भएका ब्याक्टेरियालाई मार्ने काम गर्छ । पेट दुख्ने समस्या अपच हुने समस्या र हाम्रो पेट भित्रका धेरै रोगबाट निमले आराम दिन्छ । निम हाम्रो शरीरको बाहिर भाग र भित्री भाग दुबैमा निकै फाइदाजनक रहेको कुरा धेरै अध्यायनबाट पनि प्रस्ट हुन्छ ।

निमका फाइदा
– निम रगतको शुद्धता, छालाका समस्या समाधान गर्न निकै महत्त्वपूर्ण मानिन्छ ।
– अन्न राख्ने भकारी वा भाडोमा निमको पात राख्दा किरा लाग्दैन ।
– निमको तेल लगाएर टाउको मालिस गर्दा टाउको दुखाई कम हुन्छ र कपाल नरम एवम् चम्किलो हुन्छ ।
– निमको पातको लेप बनाएर छालामा लगाउँदा पुरानो दाग पनि हराएर जान्छ ।
– निमको सुकेको पातबाट बनेको धुप बाल्दा लामखुट्टे लगायतका किटाणुबाट बच्न सकिन्छ।
– कान दुख्ने समस्यामा निमको पातको केही थोपा हाल्दा दुखाई कम हुन्छ ।
– निमको काँडा पानीमा पकाएर बिहान बेलुका दैनिक कुल्ला गर्दा दाँत मुख र गिजाका समस्याबाट छुटकारा पाउन सकिन्छ ।
– निमको पातको सेवनले हृदयघातको समस्याबाट टाढा रहन सकिन्छ ।
– निमको पात कुटेर घाउ भएको ठाउँमा लगाउँदा निको हुन्छ ।

प्रकाशित मिति : ८ चैत्र २०७९, बुधबार  ९ : २१ बजे

३७ खर्ब ५५ अर्ब नाघ्यो विदेशी मुद्राको सञ्चिति, १९ महिनालाई आयात धान्न पुग्ने

काठमाडौं – चालु आर्थिक वर्षको जेठ मसान्तसम्म नेपालमा वैदेशिक मुद्राको

हर्मुज जलमार्ग रक्षा गर्नका लागि अमेरिकालाई ‘भुक्तानी’ मिल्ने राष्ट्रपति ट्रम्पको दावी

वासिङ्गटन – संयुक्त राज्य अमेरिकाले रणनीतिक महत्वको हर्मुज जलडमरूमध्य (हर्मुज

शिक्षा मन्त्रालयद्वारा ‘होल्डिङ सेन्टर’ का विद्यार्थीलाई राहत सामग्री वितरण

काठमाडौं – शिक्षा तथा खेलकुद मन्त्रालयले भक्तपुरको खरिपाटी र बोडेस्थित

आफ्नै कारण सरकार घेराबन्दीमा पर्दा रास्वपाभित्र छटपटी, नेताहरूमा चुलिँदै असन्तुष्टि

काठमाडौं- पछिल्लो समय वालेन्द्र शाह नेतृत्वको शक्तिशाली सरकारले गलत र

युरोपेली समर्थन जुटाउन जेलेन्स्की पेरिसमा, हवाई सुरक्षा र युद्ध रणनीतिमा केन्द्रित छलफल

किएभ- युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की युक्रेनलाई थप सैन्य तथा सुरक्षा सहयोग