‘म्याग्दी कप’को उपाधि पश्चिम म्याग्दी युवा क्लबलाई | Khabarhub Khabarhub

‘म्याग्दी कप’को उपाधि पश्चिम म्याग्दी युवा क्लबलाई


८ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

बेनी – म्याग्दी सदरमुकाम बेनीमा सम्पन्न प्रथम ‘म्याग्दी कप, २०७९’ आमन्त्रित म्याग्दी लिग फुटबल प्रतियोगिताको उपाधि पश्चिम म्याग्दी युवा क्लबले जितेको छ । मङ्गलबार सम्पन्न फाइनल खेलमा कालीपुल युनाइटेड क्लबलाई पराजित गर्दै पश्चिम म्याग्दीले बाजी मारेको हो ।

निर्धारित समयको खेल गोलरहित बराबरीमा टुङ्गिएपछि थपिएको समयमा पनि दुवै टोलीबाट गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटका आधारमा गरिएको थियो । पेनाल्टी सुटआउटमा पश्चिम म्याग्दीले कालीपुल युनाइटेडलाई ६–५ गोलअन्तरले हरायो । विजयी पश्चिम म्याग्दीले रु एक लाख २० हजार तथा उपविजेता कालीपुल युनाईटेडले रु ७० हजार पुरस्कार प्राप्त गर्‍यो ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी पश्चिम म्याग्दीका राजन पुन मगर घोषित भए । उनले प्रतियोगिता अवधिभर आठ गोल गरे । यस्तै उत्कृष्ट गोलरक्षक कालीपुल युनाइटेडका सन्दीप क्षेत्री, उदीयमान खेलाडी सनम विक र अनुशासित टोली जनप्रिय युवा क्लब दरबाङ घोषित भयो । अनुशासित क्लब र उत्कृष्ट खेलाडीलाई रु १० हजार, उत्कृष्ट गोलरक्षकलाई रु सात हजार तथा उत्कृष्ट युवा खेलाडीलाई रु पाँच हजार पुरस्कार प्रदान गरिएको छ ।

विजेतालाई बेनी नगरपालिकाका प्रमुख सुरत केसी, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसी, म्याग्दी कपका संयोजक विक्रम सुवेदी, नगरपालिकाका प्रवक्ता रमेशकुमार श्रेष्ठ, कार्यपालिका सदस्य कृष्णकुमार विश्वकर्मालगायतले पुरस्कार प्रदान गरेका थिए । म्याग्दी कप व्यवस्थापन समितिको आयोजना तथा जिल्ला फुटबल सङ्घको सह–आयोजनामा यही चैत १ गतेदेखि सुरु भएको सो प्रतियोगितामा १० क्लब सहभागी थिए ।

प्रकाशित मिति : ८ चैत्र २०७९, बुधबार  ९ : १५ बजे

प्रधानमन्त्री मोदीद्वारा गर्मीको स्थिति र मनसुनको सुरुआतको तयारीको समीक्षा

नयाँदिल्ली– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मुलुकमा जारी गर्मीको अवस्था र

श्रीलङ्कामा वर्षा जारी, बाढी र डुबानको जोखिम उच्च

कोलम्बो– श्रीलङ्काको विपद् व्यवस्थापन केन्द्र (डीएमसी) ले राजधानी कोलम्बोको बाहिरी

बजेटमा एमालेको असन्तुष्टि : जनयुद्धलाई सम्झिइयो तर, मदन र सुखानीका सहिदलाई सम्झिएन

काठमाडौं– सत्ताको मुख्य साझेदार नेकपा (एमाले)ले सरकारले आगामी आर्थिक वर्षको

नन्दाले नेपाललाई स्वर्ण पदक दिलाइन्

काठमाडौं– नेपाली तेक्वान्दो खेलाडी नन्दा बस्यालले कुकिवन कप युएसए च्याम्पियनशिपमा

पत्रकारिताको विकासका लागि प्रदेश सरकार प्रतिवद्ध छ : मुख्यमन्त्री पाण्डे

सुन्दरबजार– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राज्यका हरेक क्रियाकलापमा पत्रकारहरूको