अमेरिकाको म्यासाचुसेट्स तटमा मेडिकल विमान दुर्घटना, ६ जनाको मृत्यु भएको आशंका « Khabarhub

अमेरिकाको म्यासाचुसेट्स तटमा मेडिकल विमान दुर्घटना, ६ जनाको मृत्यु भएको आशंका


१९ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 काठमाडौं – अमेरिकाको म्यासाचुसेट्स राज्यको तट नजिक मेडिकल ट्रान्सपोर्ट विमान बेपत्ता भएपछि त्यसमा सवार सबै ६ जनाको मृत्यु भएको आशंका गरिएको छ।

बरमुडाबाट बोस्टनतर्फ उडेको विमान शनिबार बेपत्ता भएको थियो। विमान सञ्चालन गर्ने कम्पनी ल्याटिट्युड एयर एम्बुलेन्सले आइतबार विमानमा रहेका आफ्ना चार कर्मचारी, एक बिरामी र बिरामीका परिवारका एक सदस्यको मृत्यु भएको आशंका गरिएको जनाएको छ।

अमेरिकी तटरक्षक बलले आइतबार साँझ म्यासाचुसेट्सको नान्टकेट द्वीपको तटमा विमानको खोजी अभियान अन्त्य गरेको छ। त्यसअघि शनिबार साँझ समुद्रमा विमानको भग्नावशेष फेला परेको थियो। उक्त भग्नावशेष बेपत्ता विमानकै भएको पहिचान गरिएको अधिकारीहरूले बताएका छन्।

फ्लाइट ट्र्याकिङ सेवा फ्लाइटअवेयरका अनुसार विमानले शुक्रबार राति स्थानीय समयअनुसार ११ बजेर ४० मिनेटमा बरमुडास्थित एलएफ वेड अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेको थियो। विमान शनिबार बिहान करिब १ः३० बजे बोस्टनको लोगान अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तालिका थियो।

तर शनिबार बिहान करिब १ बजे अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए) को विमानसँग सम्पर्क विच्छेद भएको थियो।

विमानमा सवार व्यक्तिहरूको खोजीका लागि अमेरिकी तटरक्षक बलले समुद्री क्षेत्रमा उद्धार तथा खोजी अभियान सञ्चालन गरेको थियो। भग्नावशेष फेला परेपछि पनि सम्भावित जीवित यात्रुको खोजी जारी राखिएको थियो। अन्ततः सबै यात्रुको जीवित रहने सम्भावना नरहेको निष्कर्षसहित अभियान अन्त्य गरिएको हो।

विमान दुर्घटनाको कारणबारे भने तत्काल स्पष्ट जानकारी सार्वजनिक भएको छैन। 

प्रकाशित मिति : १९ आश्विन २०८३, सोमबार  १२ : ४० बजे

बेलायती सैन्य अड्डाबाट सबै अमेरिकी बी–१ बमवर्षक विमान फिर्ता

वासिङ्टन- सुरक्षा चिन्ताका कारण अमेरिकाले बेलायतस्थित सैन्य हवाई अड्डामा तैनाथ आफ्ना

कांग्रेस प्रवक्तालाई प्रश्न : भागबण्डा मिलाउन पदाधिकारी थपिएको हो ?

काठमाडौं– नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट पदाधिकारीको सङ्ख्या थपिएको छ । 

विपद् व्यवस्थापनमा सरकार कुनै सम्झौता नगरी खटिएको छ : प्रधानमन्त्री शाह

काठमाडौं –  प्रधानमन्त्री वालेन्द्र शाहले तीनै सरकारबीच आपसी समन्वयमा भदौ १० गतेयता

महिला महामन्त्रीमा उम्मेदवारी दिने डिलाको घोषणा

काठमाडौं– नेपाली कांग्रेसकी नेतृ डिला संग्रौलाले पार्टीको १५औँ महाधिवेशनमा महिला

कांग्रेसमा सह-महामन्त्रीको संख्या १५ पुर्‍याइयो

काठमाडौं-  नेपाली कांग्रेसले पार्टीको विधान संशोधन गर्दै सहमहामन्त्रीको संख्या १५ पुर्‍याउने