सुन्दरबजारका ४१ घरमा खानेपानीको धारा « Khabarhub

सुन्दरबजारका ४१ घरमा खानेपानीको धारा


८ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

लमजुङ- जिल्लाका तीन वटा पालिकामा कार्यरत गैर सरकारी संस्था सिआरएस, लुमन्ती र सप्रोस नेपालको संयुक्त कार्यक्रम पूनर्लाभ एवम् सामुदायिक उत्थानशिल (रिकभर) परियोजना अन्तर्गत निर्मित धुसेनी खानेपानी योजना हस्तान्तरण गरिएको छ ।

रिकभर परियोजनाअन्तर्गत सुन्दरबजार नगरपालिका १०, धुसेनीमा ४१ धारा सहितको खानेपानीयोजना उपभोक्ताहरूलाई हस्तान्तर भएको हो । सुन्दरबजार नगरपालिकाका प्रमुख कृष्ण प्रसाद कोइरालाले आफूले विगतमा राजनीति सुरु गरेदेखि शिक्षा, स्वास्थ्य, बाटोघाटो लगायतका विकासका कार्यमा प्राथमिकता दिँदै आएकोले यस्ता कार्यक्रम सञ्चालन गर्न पाउँदा खुसी लागेको बताए ।

नगरप्रमुख कोइरालाले आफ्नो घर गाउँमा आएको विकासका योजना संरक्षण गर्न सिक्नुपर्ने बताए । योजना सम्पन्न भएपछि त्यसको संरक्षण गर्ने जिम्मा उपभोक्ताहरूको रहेकोले दुरुपयोग हुन नदिई संरक्षण र मर्मत गर्न सक्ने संयन्त्र निर्माण गर्नुपर्ने भन्दै त्यसको लागि काम गर्न अनुरोध गरे ।

खानेपानी जीवनको प्रमुख आधार भएकोले अरूको लगानीको मात्र आस नगरी आगामी दिनमा आफूले अवसरलाई आयआर्जन सँग जोडेर काम गर्नुपर्ने बताए ।

कार्यक्रमको अवसरमा बोल्दै वडा अध्यक्ष दीपकराज ढकालले कार्यक्रम सञ्चालन गर्नको लागि जनप्रतिनिधि लगायत परियोजनाले ठूलो लगानी गरेको भन्दै सधैँ माग्ने मात्र नभई प्राप्त भएका उपलब्धिको संरक्षण गर्नुपर्ने औँल्याए ।

रिकभर परियोजनाले १२ लाख ९८ हजार ९ सय २६ रुपैयाँको लागतमा सो क्षेत्रमा ४१ बटा धारा सहितको खानेपानी योजना निर्माण गरेको थियो ।

जोखिममा रहेका भूकम्प प्रभावितहरूको लागि पून र्लाभ एवम् सामुदायिक उत्थानशील परियोजना (रिकभर) अन्तर्गत सुन्दरबजार नगरपालिकाको अतिरिक्त दोर्दी र दूध पोखरीमा समेत कार्यक्रम सञ्चालन भइरहेका छन् । यसैअन्तर्गत सुन्दरबजारमा घर निर्माण, बाख्रा पालन, तरकारी खेती, खानेपानी योजना जस्ता कार्यक्रम परियोजनाले सञ्चालन गरेको रिकभर परियोजनाका जीविकोपार्जन प्राविधिक श्रीकान्त पौडेलले जानकारी दिए ।

रिकभर परियोजनाले घर निर्माणको लागि सामग्री उपलब्ध गराउने, ५० हजार रुपैयाँ सम्मको आर्थिक सहयोग गर्ने तथा पूरा घर निर्माण गर्ने गरी तीन किसिमबाट घर निर्माणमा सहयोग गर्दै आएको छ ।

यसै गरी घरको पुननिर्माण गरिएका व्यक्तिहरूलाई सहयोग पुग्ने गरी जीविकोपार्जन अन्तर्गत तरकारी खेती, पशुपालन, कुखुरापालन, खानेपानी लगायतका कार्यक्रम सञ्चालन गरेको सिआरएसका दामोदर पोखरेलले जानकारी दिए ।

प्रकाशित मिति : ८ चैत्र २०७९, बुधबार  ११ : ५९ बजे

आजका समाचार : कांग्रेस महाधिवेशनको तयारी पूरा, नयाँ भवन ऐन संसदमा दर्ता, अर्थमन्त्री अमेरिकातिर र ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाहप्रधानमन्त्री वालेन्द्र शाहले

प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लैजान संयोजक दाहालको आह्वान

बनेपा (काभ्रे)- नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित

मुस्ताङ– राष्ट्रिय गौरवको बेनी–जोमसोम सडक अवरुद्ध भएसँगै मुस्ताङमा पेट्रोलियम पदार्थ

बाढीमा मृत्यु तथा बेपत्ता राष्ट्रसेवकका परिवारलाई २५ हजार राहत

त्रिशूली – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीमा परी मृत्यु तथा

‘गगनले सकेनन्, कांग्रेसलाई एक बनाएर म देखाउँछु’

काठमाडौं- नेपाल विद्यार्थी संगठनका पूर्वअध्यक्ष एवम् नेपाली कांग्रेसका पूर्वमहामन्त्री किशोर