मन्थलीमा बागमती सांस्कृतिक सम्मिलन हुने « Khabarhub

मन्थलीमा बागमती सांस्कृतिक सम्मिलन हुने


८ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय जनसांस्कृतिक महासङ्घ, नेपाल बागमती प्रदेश समितिले रामेछापको मन्थलीमा बागमती सांस्कृतिक सम्मिलन आयोजना गर्ने भएको छ ।

महासङ्घले आज पत्रकार सम्मेलनको आयोजना गरी बागमती प्रदेशमा भएका कला, वास्तुकला, चित्रकला, मूर्तिकला, नाटक र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले उक्त सांस्कृतिक सम्मिलन गर्न लागेको जानकारी दिएको हो ।

सम्मिलनले बागमती प्रदेशभित्रका लोक संस्कृति र कलाको पहिचान, साहित्य लेखनका प्रमुख प्रवृत्ति पहिल्याउनुका साथै प्रदेशभित्रका स्थापत्यकला, चित्रकला, मूर्तिकला, सङ्गीतकला र प्रदर्शन कलाको प्रदर्शन गर्नुका साथै मूल प्रवृत्ति पहिचान गरी बागमती प्रदेशभित्र रहेका सांस्कृतिक एवं अन्य सम्पदाको पहिचान र तिनको पर्यटन प्रवर्द्धनसँग सम्बन्धित विमर्शबाट नीति निर्माणमा सहयोग पुग्नेसमेत विश्वास व्यक्त गरिएको छ ।

रामेछापका खाडादेवी गाउँपालिकाका प्रमुख ज्ञानकुमार श्रेष्ठले ऐतिहासिक भूमिमा सम्मिलन गर्ने लागेकोप्रति खुसी व्यक्त गर्दै उक्त कार्यक्रमले रामेछापको कला, साहित्य, गीत, सङ्गीतलगायत समग्र क्षेत्रको विकासमा मद्दत पुग्ने बताए ।

नेकपा (एमाले) का जनसांस्कृतिक महासङ्घ, नेपालले इन्चार्ज माधव प्रधानले त्यो क्षेत्रमा रहेका लोकसंस्कृति, कला, लेखन, मूर्तिकलालगायत समग्र सम्भावनाको पहिचान गर्ने उद्देश्य रहेको धारणा राखे ।

सम्मिलनका अवसरमा चिरायु अस्पतालका सहकार्यमा स्वास्थ्य शिविर सञ्चालन हुनेछ । चिरायु अस्पतालमा निर्देशन डा सञ्जीवराज भण्डारीले जनसांस्कृतिक महासङ्घसँग मिलेर चिरायु अस्पतालमा निःशुल्क स्वास्थ्य सञ्चालन गर्ने र मन्थलीका मानिसलाई सेवा दिन पाउँदा खुसी लागेको बताए ।

गायक अमृत खातीले पहिलो पटक रामेछापमा सम्मिलन गर्न लागेको भए पनि बागमती प्रदेशमा १३ वटै जिल्लामा रहेका लोकसंस्कृति, कला, साहित्य लेखन, मूर्तिकलालगायत समग्र सम्भावनाको पहिचान गर्ने योजना रहेको जानकारी दिए ।

प्रकाशित मिति : ८ चैत्र २०७९, बुधबार  ४ : ०८ बजे

युवा असन्तुष्टि र आप्रवासी सङ्कटबीच मोरक्कोमा संसदीय निर्वाचन

कासाब्लान्का – मोरक्कोका मतदाताले बुधबार नयाँ संसद् चयन गर्न मतदान

साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो

काठमाडौं – साउदी अरबको ९६औँ राष्ट्रिय दिवसका अवसरमा आज यहाँ

सोसयरले पायो सूचना सुरक्षा व्यवस्थापनसम्बन्धी आईएसओ प्रमाणीकरण

काठमाडौं – नेपाली प्रविधि कम्पनी सोसयरले सूचना सुरक्षा व्यवस्थापनसम्बन्धी अन्तर्राष्ट्रिय

प्रधानमन्त्री शाह न्यूयोर्कमा

न्यूयोर्क – प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा