उत्तर कोरियाद्वारा पुनः ‘क्रुज मिसाइल’ प्रक्षेपण « Khabarhub

उत्तर कोरियाद्वारा पुनः ‘क्रुज मिसाइल’ प्रक्षेपण


८ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- उत्तर कोरियाले आज फेरि ‘क्रुज मिसाइल’ प्रक्षेपण गरेको दक्षिण कोरियाली सेनाले बताएको छ । उत्तर कोरियाले पूर्वी सागरमा प्रक्षेपण गरेका धेरै क्रुज मिसाइल प्रक्षेपण गरेको पहिचान गरिएको दक्षिण कोरियाले जनाएको हो ।

मिसाइल परीक्षणसम्बन्धी विस्तृत विवरणलाई दक्षिण कोरियाली र अमेरिकी गुप्तचर अधिकारीहरूले विश्लेषण गरिरहेका दक्षिण कोरियाका संयुक्त चिफ अफ स्टाफले आज एक विज्ञप्ति निकालेर बताएका छन् ।

दक्षिण कोरिया र अमेरिकाले पाँच वर्षयता गरेका सबैभन्दा ठूलो संयुक्त सैन्य अभ्यासको विरोधमा उत्तर कोरियाले शक्तिशाली क्षेप्यास्त्र प्रक्षेपण गरेको ठानिएको छ । अमेरिका र दक्षिण कोरियाले गरेको संयुक्त सैन्य अभ्यासलाई उत्तरले आफूमाथि हुने आक्रमणको पूर्वाभ्यासका रूपमा लिने गरेको छ । यो संयुक्त सैन्य अभ्यास भोलिसम्म जारी रहनेछ ।

पछिल्लो समयमा अमेरिका र दक्षिण कोरियाले उत्तरबाट बढ्दो सैन्य र आणविक जोखिमलाई दृष्टिगत गरी पारस्परिक सहयोगलाई घनीभूत बनाउँदै आएका छन् । उत्तर कोरियाले पनि नियमितरूपमा प्रतिबन्धित हतियार परीक्षणको शृङ्खलालाई जारी राखेको छ ।

यसैबीच, दक्षिण कोरियाले पूर्वनिर्धारित योजनाअनुसार संयुक्त सैन्य अभ्यासलाई सफलतापूर्वक सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रकाशित मिति : ८ चैत्र २०७९, बुधबार  ४ : ३९ बजे

महाधिवेशन प्रतिनिधि सीताको निष्कर्ष- अब अरु दलको चुनाव चिन्हमा भोट हालिँदैन

काठमाडौं– काठमाडौंको भृकुटीमण्डपमा नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनअन्तर्गत बन्दसत्र जारी

नबिल बैंकको अध्यक्षमा निर्वाण चौधरी चयन

काठमाडौं– नबिल बैंक लिमिटेडको ४१औँ वार्षिक साधारणसभाले १२.५० प्रतिशत नगद

अमेरिकाको ब्रुमफिल्ड शहरसँग ललितपुर महानगरको भगिनी सम्बन्ध 

ललितपुर– ललितपुर महानगर र अमेरिको ब्रुमफिल्ड शहरबीच भगिनी सम्बन्ध कायम

कांग्रेसको त्रिपक्षीय वार्तामा जुटेन सहमति  

काठमाडौं– नेपाली कांग्रेसको विवाद समाधानका लागि मंगलबार बिहान भएको त्रिपक्षीय

त्रिशूली किनारमा बालुवाले पुरिएको गाडीको उत्खनन जारी

तनहुँ– तनहुँ जिल्लाको आबुखैरेनी गाउँपालिका–५ द्धोन्द्राङ बेसी नजिक त्रिशूली नदीको किनारमा