युक्रेनमा जारी युद्धमा चीनले निष्पक्ष मध्यस्थता गर्न सक्दैन : अमेरिका | Khabarhub Khabarhub

युक्रेनमा जारी युद्धमा चीनले निष्पक्ष मध्यस्थता गर्न सक्दैन : अमेरिका


८ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकाले युक्रेनमा जारी युद्धमा चीनले निष्पक्ष मध्यस्थता गर्न नसक्ने बताएको छ । अमेरिकाले युक्रेन र रुसबीच निष्पक्ष रूपमा मध्यस्थता गर्न चीन सक्षम नरहेको टिप्पणी पनि गरेको छ ।

मङ्गलबार चिनियाँ राष्ट्रपति सी जिन्पिङ र उनका रुसी समकक्षी भ्लादिमिर पुटनबीच भएको वार्तामा युक्रेनमा जारी युद्ध अन्त्यका निम्ति चीन मध्यस्थता गर्न तत्पर रहेको बताएपछि अमेरिकाले चीनको आलोचना गरेको हो ।

अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले युक्रेन युद्धको अन्त्यका निम्ति हुने मध्यस्थतामा चीनलाई निष्पक्षरूपमा हेर्न नसकिने बताएका छन् । उनले युक्रेनमाथि भएको रुसी आक्रमणको आलोचना नगरेर चीनले रुसबाट इन्धन आयात जारी राखेको तथा पश्चिमा मुलुकले रुसमाथि प्रतिबन्ध लगाएपनि बेइजिङ मौन रहेकाले चीनको निष्पक्षतामाथि प्रश्न उठ्ने तर्क गरेका छन् ।

युक्रेन युद्ध अन्त्य गर्नेसम्बन्धमा चीनले १२ बुँदे मार्गचित्र प्रस्तुत गरेको छ । मार्गचित्रमा सबै देशको क्षेत्रीय सार्वभौमसत्ताको सम्मान तथा सबै समस्याको समाधान संवादको माध्यमबाट खोजिनुपर्नेमा जोड दिइएको छ ।

वार्ताका क्रममा राष्ट्रपति सीले युक्रेनको मुद्दामा शान्ति र न्यायका निम्ति आवाज उठिरहेको बतएका थिए । विश्वका अधिकांश देशले तनाव कम गर्ने, शान्ति वार्ताको पक्षमा उभिने अभिमत जाहेर गरेका जनाउँदै उनले वार्ताको माध्यमबाट समस्याको समाधान खोजिनुपर्ने बताएका थिए ।

राष्ट्रपति पुटिनले वार्ताका लागि आफू तयार रहेको बताउँदै चीनले प्रस्तुत गरेको मार्गचित्रको प्रशंसा गरेका छन् ।

प्रकाशित मिति : ८ चैत्र २०७९, बुधबार  ५ : ४५ बजे

आज २०८२ साल असार ६ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार ६ गते शुक्रबार। असार

भुर्तेलको अर्धशतकमा नेदरल्याण्ड्सविरुद्ध नेपाल ६ विकेटले विजयी

काठमाडौं – स्कटल्याण्ड्समा जारी त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गतको खेलमा नेपालले

विद्युत् कटौतीले वीरगञ्ज–पथलैया औद्योगिक करिडोरका उद्योग समस्यामा

पर्सा – वीरगञ्जका उद्योगी/व्यवसायीले अघोषित विद्युत् भार कटौती र विद्युत्

नेदरल्याण्ड्सविरुद्ध कुशल भुर्तेलको अर्धशतक

काठमाडौं – त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गत नेदरल्याण्ड्सविरुद्ध जवाफी ब्याटिङ गरिरहेको

नेपालको दोस्रो विकेट गुम्यो, भीम सार्की २७ रन बनाएर आउट

काठमाडौं – त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गत नेदरल्याण्ड्सविरुद्ध जवाफी ब्याटिङ गरिरहेको