भारत र बंगलादेशबीच अन्तरदेशीय पाइपलाइन सञ्चालनमा | Khabarhub Khabarhub

भारत र बंगलादेशबीच अन्तरदेशीय पाइपलाइन सञ्चालनमा


८ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारत र बंगलादेशबीच अन्तरदेशीय पाइपलाइन सञ्चालनमा आएको छ । केही दिनअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उनका बंगलादेशी समकक्षी शेख हसिनाले पाइपलाइनको उद्घाटन गरेका थिए ।

दुई मुलुकका प्रधानमन्त्रीले भिडियो कन्फरेन्समार्फत ‘भारत–बंगलादेश मैत्रिपूर्ण पाइपलाइन’ को उद्घाटन गरेका हुन् ।

यस पाइपलाइनले भारत पश्चिम बंगाल राज्यको सिलिगुडीमा रहेको नुमालिगढ प्रशोधन केन्द्रको टर्मिनलबाट बंगलादेशको पार्वतीपुर डिपोलाई जोड्नेछ ।

भारतीय प्रधानमन्त्री मोदी र बंगलादेशी समकक्षी हसिनाबीच सन् २०१७ मा हरेक वर्ष १० लाख मेट्रिक टन इन्धन आपूर्ति गर्ने क्षमताको पाइपलाइन निर्माण गर्ने सहमती भएको थियो । यस परियोजना निर्माणको काम सन् २०१८ को सेप्टेम्बर महिनामा सुरु गत डिसेम्बर १२ मा सकिएको थियो ।

३ अर्ब ७७ करोड भारतीय रुपैयाँको लागतमा यस परियोजना निर्माण गरिएको आसाम ट्रिब्युनले जनाएको छ । जसमध्ये ९१ करोड ८४ लाख भारतीय रुपैयाँ भारत सरकारले र बाँकी २ अर्ब ८५ करोड भारतीय रुपैयाँ भारत सरकारको अनुदान सहयोगमा बंगलादेशले लगानी गरेका थिए ।

प्रकाशित मिति : ८ चैत्र २०७९, बुधबार  ८ : ४५ बजे

वैदेशिक रोजगारीमा ठगी, दुई जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अल्बानिया पठाइदिन्छु भन्दै

जबज सामाजिक न्यायका लागि मार्गदर्शन गर्ने चिन्तन हो : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले अभ्यास गरिरहेको

सिङ्गो मुलुकले माधव नेपाललाई भ्रष्टाचारी भन्न सकेको छैन, झाँक्रीले मरेको सिनो भन्ने ? – पाण्डे

काठमाडौं– नेकपा एकीकृत समाजवादीकी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले अध्यक्ष

जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषित

काँक्रेविहार– जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा भएको छ