स्कुलमै ‘ओ सिंगर’को उपाधि पाएका अरुण थापा | Khabarhub Khabarhub

स्कुलमै ‘ओ सिंगर’को उपाधि पाएका अरुण थापा



जन्म : वि.सं. २००९ पुस २२, कलकत्ता, भारत।
निधन : वि.सं. २०५६ साउन ५, काठमाडौं, नेपाल।
नेपाली गीत, नेपाली सङ्गीत र नेपाली गायकको कुरा गर्दा नारायण गोपालको नाम आउन जान्छ। नारायण गोपालका धेरै गीतको चर्चा भइरहन्छ। नारायण गोपाल बीबीसी नेपाली गीतको सर्वेक्षणमा सातौंमा पर्दा गायक अरुण थापा चौंथो स्थानमा परेका थिए।

बीबीसी नेपाली गीतको सर्वेक्षणमा नारायण गोपाल भन्दा अरुण थापा चर्चामा थिए। अरुण थापाको साङ्गीतिक जीवन छोटो, रमाइलो र यादगार रहेको छ। आफ्नो घरमा नाताले फुपू पर्ने रत्ना लामिछानेका छोरा दीप लामिछाने र अरुण थापाका बीचमा बाल्यकालमा गायनको प्रतिस्पार्धा हुन्थ्यो।

त्यो बेला अरुण थापाले नारायण गोपालको गीत गाए। जहिल्यै उनले गायन प्रतियोगितामा जितेर १० रुपैयाँ पुरस्कार प्राप्त गर्थे। यो उनको बाल्यकालको साङ्गीतिक यात्रा हो। बैंकमा काम गर्ने उच्च पदका अधिकारी मञ्जु थापाका छोरा अरुण थापाको बाल्यकाल कलकत्तामा बित्यो। केही समय दार्जिलिङमा बित्यो।

जी पी हाई स्कुलमा अध्ययनको सुरुवात भएको थियो। त्यस विद्यालयका शिक्षकले यो राम्रो पढ्ने केटा होइन गायक हुने केटा हो भनेर घोषणा गरिसकेका थिए। त्यही स्कुलमा पढाउने जेहेन जोशी सरले अरुण थापालाई ‘ओ सिंगर’ भनेर नाम दिएका थिए। पिताको कामको सिलसिलामा पोखरा गएपछि उनी नेपाल बैंकको क्षेत्रीय कार्यालयको गेष्ट हाउसमा बस्न थाले। त्यहाँबाट सुरु भयो उनको साङ्गीतिक यात्राको दोस्रो चरण।

अरुण थापाको साङ्गीतिक जीवन न पोखरा, न काठमाडौंबाट भएको हो। कलकत्ताबाट उनको साङ्गीतिक जीवन सुरु भएको हो। २०३५/२०३६ सालको हाराहारीमा पोखराबाट अरुणको जीवनको पहिलो साङ्गीतिक चरण तथा गायन सुरु भएको थियो। अरुण थापाको गायन इतिहास त्यहाँबाट सुरु भयो।

पोखरेली युवा संस्कृत परिवारले सिफारिस गरेर उनी रेडियो नेपालमा गीत गाउन पुगे। उनको पहिलो गीत त्यति चर्चामा आएन। उनलाई किशोर कुमारका गीतहरू असाध्यै नै मन पर्ने थियो।

किशोर कुमार शैलीको गीत, नारायण गोपाल शैलीको गीत गाएर साङ्गीतिक यात्रा सुरु गरेका थापालाई त्यति बेला ख्याति मिल्यो। जतिबेला उनले विनोद गौचनको शब्द उनको आफ्नो सङ्गीतमा ‘जति माया लाए पनि’ मा स्वर भरेका थिए। उनलाई यसले उचाईमा पुर्यायो।

अरुण थापा विकल्पका गायक थिएनन्। उनी आफ्नै स्रोत, साधन र सिपका गायक थिए। उनमा सङ्गीतको ज्ञान थियो। लय र तारतम्यको अनुभव थियो। उनको गीतलाई संयोजन गरिदिने मदन परिवारले ठिक समयमा गीतलाई न्याय पूर्वक संयोजन गरिदिएका थिए।

विनोद गौचन र अरुण थापाबीच पोखरादेखि कै चिनाजान थियो। त्यस कारण पनि विनोद गौचनको गीतलाई उनले न्याय पूर्वक गाउन सफल भए। पोखरामा उनको विक्रम गुरुङसँग पनि भेट भएको थियो। विक्रम गुरुङको शब्द सङ्गीतमा अरुण थापाले गाएको गीत पनि सर्वाधित हिट भएको थियो।

सरोज गोपाल बज्राचार्यको ‘करोडौं मुटुहरूको एउटै ढुकढुकी’ नेपाल सङ्गीत गरेपछि अरुण थापा त्यो राष्ट्रिय गीतमा गायकका रूपमा चुनिए। अरुण थापा, बाबा राणा, ज्ञानु राणालगायत धेरै कलाकारले गाएको त्यो गीत अरुण थापाको एउटा हिट गीत थियो। अरुण थापाले त्यसबाहेक अरू कुनै राष्ट्रिय गीत गाएनन्।

भजन पनि अरुण थापाले एउटा मात्र गाउनु भएको छ। गायन क्षेत्रको छोटो अवधिमा उनले आफ्नो सङ्गीतमा सुवास चन्द्र ढुङ्गेल, भूषण खरेल, कैलाश विक्रम विष्टका गीतहरू गाएका छन्।

राजेन्द्र रिजालको शब्दमा राम थापाको सङ्गीतमा गाएको गीत ‘ऋतुहरूमा तिमी हरियाली वसन्त हौं’, यो हिट गीत हो। राजेन्द्र रिजाल त्यो समयका ख्याति प्राप्त गीतकार रहेका थिए।

बीबीसीको सर्वेक्षणमा नेपाली गीतको मूल्यांकनमा चौंथो श्रेणीमा पुगेको थियो। यो गीतका कारण अरुण थापा, राम थापा, राजेन्द्र रिजाल फेरि चर्चामा आएका थिए। अरुण थापाले मिरा राणासँग गाएको गीत पनि सर्वश्रेष्ठ गीतको रूपमा रहेको थियो।

२०४०/२०३९ सालको समयमा त्रिचन्द्र कलेजले ‘टीसी नाइट’को आयोजना गरियो। त्यो कार्यक्रममा अरुण थापाको एकल गायनको कार्यक्रम राष्ट्रिय सभा गृहमा पहिलो पटक सम्पन्न भयो। त्यो कार्यक्रममा उनले आफ्ना सदाबहार गीतहरू गाएर कलेजका साथीहरूलाई मोहित बनाए।

कयौं पटक उनका एकल साँझहरु हुने भनेर भन्दा रद्ध हुन्थे। त्यसमा केही भूमिका अरुण थापा तथा केही भूमिका आयोजकको लापरवाहीको कारण थियो। कयौँ कार्यक्रममा अरुण थापा आफै उपस्थिति नहुने गरेका थिए।

१९९६ को अप्रिल महिनामा शंकरदेव क्यापस अगाडिको लाफा भवनमा अरुण थापाको गीतको संग्रह अरुण नामक एल्बमको विमोचन कार्यक्रम थियो। प्रमुख अतिथि वैरागी काइँला थिए। प्रमुख वक्ता पनि उपस्थित थिए। आयोजक ब्यानर राखिरहेका थिए।

ब्याज बाँडिरहेका थिए। कार्यक्रम सुरु हुने समय सकिएर पनि धेरै समय हुँदा पनि अरुण थापा मञ्चमा आएका थिएनन्। त्यतिबेला मोबाइल थिएन। अरुण थापा नआइकन उनको एल्बमको एकल विमोचन वैरागी काइलाले गरे। अरुणको प्रतीक्षा गर्दागर्दै अरुण नामक एल्बम विमोचन भयो। तर भोलिपल्ट खबर के प्रकाशित भयो भने लागू पदार्थ दुर्व्यसनको सिलसिलामा प्रहरीद्वारा गिरफ्तार भएको रहेछ। अरुणलाई यस किसिमका प्रकरणमा पुलिसले धेरै पटक गिरफ्तार गरिसकेको थियो।

अरुण जेलमा भएको बेला अहिलेका प्रसिद्ध सामाजिक अभियन्ता र हाइड्रो सम्बन्धी क्षेत्रका विज्ञ अरुण सुवेदी त्यही थिए। अरुण थापा भने जेल भित्र नै मक्ख हुन्थे। अरुण थापा जेल पर्नुको कारण लागूपदार्थको दुर्व्यसन नै हो। पहिलो प्रेममा असफलता उनी लागू पदार्थमा पर्नुको कारण बन्यो।

विवाहित जीवनमा उनी असफलपति भए। त्यसपछि उनकी छोरी करुण भइन। त्यसपछि पत्नीले अरुणलाई छोडेर गइन। पत्नीबिहीन अरुण थापा घर व्यवहारमा नियमसंगत थिएनन्। एक्लो भएपछि कहिल्यै घरमा नै नबस्ने भए।

अरुण थापाको जीवनमा अन्तिम अन्तिमसम्म निकट हुने युवा सङ्गीतकार आनन्द राईले सम्झना गर्नु भए अनुसार अरुण थापा अत्यन्त अस्वस्थ भएपछि बैंकमा काम गर्दै गरेकी अरुण थापालाई भेट्न जानुभयो।

अरुण अस्वस्थ हुँदासमेत अस्पतालमा भर्ना गर्नुपर्ने विषयमा घर परिवारका कसैले वास्ता नगरेको आनन्द राईले बताएका छन्। अरुण थापाको जीवनमा फिल्म बनाउने कुरा दुई पटक उठ्यो। अरुणका बारेमा खोज नीति गर्ने झाँसी खेलको अरुण थापा स्मृतिको परिवारबाहेक कोही रहेन।

अरुण थापाको नाममा एउटा सालिक बनेको छ। वास्तवमा अरुण एक्लो थिए। सम्पूर्ण परिवारमा जन्मिएको अरुण थापा जीवनको अन्तिमकालमा बागबजारस्थित खसी चोकको यात्री गेस्ट हाउसमा असहाय भएर लडी रहेका थिए।

उनी त्यो अन्तिम पलमा मलाई भगवाले १०/१२ दिन बाच्न दिए म गीत रेकर्ड गर्ने भन्थे। तर भगवानसँग त्यो समय थिएन। अरुण थापाका निम्ति त्यो ११ दिन ११ मिनेट मात्र थियो होला। उनले यात्री गेष्ट हाउसमा एउटा गुमनाम यात्रीको जीवन बिताए। त्यो दिन साउन ५ गते २०५४ सालको थियो।

अरुण थापाको निधन नेपाली सङ्गीतको लागि ठूलो क्षतिको कुरा थियो। साउन ५ गते स्मृति दिवस सर्वत्र मनाइन्छ। अरुण थापा सानो कुरामा ठूलो खुसी हुने व्यक्तिका रूपमा परिचित गायककार हुन्। अरुण थापामाथि न्यायहोस् भन्ने कामना गर्दछौं।
प्रस्तुति : कुसुम गौतम

प्रकाशित मिति : ९ बैशाख २०८०, शनिबार  १० : ३२ बजे

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार

काठमाडौं- गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका लागि

आगलागी र डढेलो नियन्त्रणमा गम्भीर बन्न सरकारलाई आग्रह

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले देशभरि फैलिएको आगलागी

इलाम २ मा सुहाङ नेम्बाङको अग्रता कायमै

काठमाडौं । इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी

जुगल गाउँपालिका–७ का वडाध्यक्ष पक्राउ

सिन्धुपाल्चोक । बैङ्किङ कसुर मुद्दामा फरार रहेका जुगल गाउँपालिका-७ का

कञ्चनपुरबाट लागूऔषधसहित तीन जना पक्राउ

कञ्चनपुर। कञ्चनपुरबाट आज लागूऔेषधसहित तीन जना पक्राउ परेका छन्। दार्चुला