अर्थतन्त्रमा सुधारको संकेत देखा परेको छ : प्रधानमन्त्री  « Khabarhub

अर्थतन्त्रमा सुधारको संकेत देखा परेको छ : प्रधानमन्त्री 


९ बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको अर्थतन्त्रमा सुधारको संकेत देखा परेको बताएका छन् । उनले ढुक्क हुने अवस्थामा नपुगेको र चुनौती भने कायम रहेको बताएका छन् ।

प्रधानमन्त्री दाहालले सामूहिक प्रयासबाट मात्रै अर्थतन्त्रको समस्या समाधान गर्न सकिन्छ भन्ने विश्वासका साथ सरकार लागिपरेको उल्लेख गरे । काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अन्तर्राष्ट्रिय क्षेत्रमा विकास भएका मूल्यमान्यता, दर्शनको अध्ययनका अलावा नेपाली समाजको नै खास अर्थमा अध्ययन तथा विश्लेषण गरेर नेपाली जनताको दीर्घकालीन हितका लागि लागिपर्नुपर्ने बताए ।

प्रधानमन्त्री दाहालले विचार, सिद्धान्त, राजनीति मूल्य र मान्यताको कुरा हराउँदै गएको उल्लेख गरे। उनले नेपालमा उपभोक्तावाद र तत्काल नाफा नोक्सानतिर अघि बढ्दा राष्ट्र र आमजनताको हित प्राथमिकतामा नपरेको स्पष्ट पारे । देशमा जनता र समाजको हितभन्दा तत्कालीन विषय र नाफा नोक्सान प्राथमिकतामा पर्ने गरेको उनको भनाइ थियो । 

प्रधानमन्त्री दाहालले राजनीतिमा पनि आवेग र सेन्टिमेन्टतर्फ विषय जाने हो कि भन्ने खतरा देखापरेको तथ्य पेस गरे । नेपालमा विकसित भएको मूल्य मान्यतातर्फ नै केन्द्रित गर्नुपर्नेमा विदेशमा स्थापित भएका मूल्य र मान्यतालाई मात्रै मान्नुपर्छ भन्ने सोचले काम गरिरहेको उनको भनाइ थियो ।

प्रकाशित मिति : ९ बैशाख २०८०, शनिबार  १ : ५८ बजे

बजारमा बढ्यो तरुल, सखरखण्ड, पिँडालुको बिक्री (तस्बिरहरू)

काठमाडौं– माघे संक्रान्ति पर्वको आगमनसँगै राजधानीको कालीमाटी फलफूल तथा तरकारी

गगन–विश्व कारवाहीपछि महेश बस्नेतको टिप्पणी- ‘लासहरूको पार्टी हैन भन्नेले कांग्रेसलाई खरानी बनाए’

काठमाडौं– नेकपा एमालेका नेता महेश बस्नेतले नेपाली कांग्रेसभित्र देखिएको पछिल्लो

बङ्गलादेशमा निर्वाचनअघि आगमन भिसा निषेध

एजेन्सी– बङ्गलादेशले आम चुनाव तथा जनमत सङ्ग्रह अघि जनवरी– १५

गाजामा युद्धविरामपछि सयभन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ

एजेन्सी– गत अक्टोबरको युद्धविराम पछि गाजा पट्टीमा इजरायली ड्रोन तथा

जिन्दगीमा पहिलो पटक कारबाही भन्ने शब्दमा परियो : विश्वप्रकाश शर्मा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफू जीवनमा पहिलो पटक