साइक्लिङले वातावरण संरक्षणको महत्त्वबारे चेतना फैलाउँछ : राजदूत थम्पसन | Khabarhub Khabarhub

साइक्लिङले वातावरण संरक्षणको महत्त्वबारे चेतना फैलाउँछ : राजदूत थम्पसन


९ बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विश्व पृथ्वी दिवसको अवसरमा शनिबार काठमाडौँमा साइकल र्‍याली कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल युएस एलमुनाइ नेटवर्क (नुसान) र इन्स्टिच्युट फर स्ट्राटेजिक एण्ड सोसियो इकोनमिक रिसर्च (आइएसएसआर) को संयुक्त आयोजनामा ललितपुरको पाटन दरबार क्षेत्रदेखि लुभुको महालक्ष्मी मन्दिरसम्म साइकल र्‍याली गरिएको हो ।

 उक्त साइकल र्‍यालीमा अमेरिकी राजदूत डिन आर थम्पसनलगायत करिब २०० जनाको सहभागिता रहेको थियो ।

यस अवसरमा राजदूत थम्पसनले भने, ‘म यस कार्यक्रमको हिस्सा हुन पाउँदा निकै उत्साहित छु । राजदूत थम्पसनले यस कार्यक्रमले वातावरण संरक्षणको महत्त्वबारे चेतना फैलाउन मद्दत गर्ने आशा व्यक्त गरे’। उनले दिगो भविष्य निर्माण गर्न र ग्रहको रक्षा गर्न प्रत्येक व्यक्तिको भूमिका रहेको बताए ।

ललितपुर महानगरपालिकाका मेयर चीरिबाबु महर्जनले साइकल र्‍यालीमा सहभागी भएकाहरूलाई स्वागत गर्दै साकलिङले स्वास्थ्यलाई फाइदा पुर्‍याउने र बढ्दै गएको वायु प्रदूषण नियन्त्रणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।

कार्यक्रमका क्रममा महालक्ष्मी नगरपालीकाकाे वडा न‌ं ६ र ८ का स्थानीयले  साइकलन र्‍यालीमा सहभागिहरुलाई विभिन्न बाजागाजकाे साथ स्वागत गरेका थिए ।

आइएसएसआरका निर्देशक नरेश श्रेष्ठले कार्यक्रमको सहजीकरण गर्दै सहयोगी हातहरूलाई धन्यवाद दिए । आइएसएसआरले विभिन्न निकायसँगको समन्वयमा सचेतनामूलक कार्यक्रम गर्दै आएको जानकारी दिए।

यसैबीच, अमेरिकी राजदूत थम्पसनले कार्यकममा सहभागी हुन पाउँदा खुसी लागेको बताए । ‘यो कार्यक्रम गर्ने अहिले राम्रो समय हो। नागरिक, देश र विश्वकै लागि र वातावरणका लागि महत्वपुर्ण छ।’ उनले भने।

कार्यक्रममा महालक्ष्मी नगरपालिकाका मेयर हरी गोविन्द श्रेष्ठले सहभागी सबैलाई स्वागत गर्दै उक्त कार्यक्रम आयोजना गरेकोमा धन्यवाद ज्ञापन गरे ।

(नुसान) का अध्यक्ष सरोज विष्टले २०१८ देखि आफ्नो संस्थाको सुरुवात भएदेखि नै यस्ता कार्यक्रममा हातेमालो गर्दै आएको जानकारी दिए।

उक्त कार्यक्रममा राजदूत थम्पसन,उनकी पत्नी, राष्ट्रिय योजना आयोगका सचिव केवल भण्डारी, महालक्ष्मी नगरपालिकाका मेयर, वडा न ८ का वडाअध्यक्ष लगायतले बिरुवा रोपेका छन् ।

उक्त कार्यक्रममा सहभागीहरू र राजदूत थम्पसन दम्पतिले ७०० वर्ष पुरानो महालक्ष्मी मन्दिरमा दर्शन समेत गरेका छन् ।

साइकल यात्राको क्रममा ग्राण्डी अस्पतालले एम्बुलेन्स सेवा पनि उपलब्ध गराएको थियो ।  यसैबीच सम्पूर्ण साइकलयात्रीहरुको लागि नेशनल इन्स्युरेन्सले इन्सुरेन्सको व्यवस्था गरिदिएको थियो ।

 

 


 

प्रकाशित मिति : ९ बैशाख २०८०, शनिबार  ३ : ०६ बजे

पाँच सडकखण्ड अझै अवरुद्ध, आठ खण्डमा एकतर्फी

काठमाडौं– यही असोज १० देखि १२ गतेसम्मको अविरल वर्षाका कारण

साउनयता गण्डकीमा डेङ्गुबाट सातजनाको मृत्यु

गण्डकी– डेङ्गु सङ्क्रमणबाट गण्डकी प्रदेशमा हालसम्म तीन पुरुष र चार

कस्तो रहला आजको मौसम ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले कोशी

हेलेनपछि अमेरिकामा मिल्टन आँधी : फ्लोरिडा छोड्न चाहनेका लागि उडान थपिए

फ्लोरिडा – केही दिन अघि हेलेन आँधीले वितण्डा मच्चाएको अमेरिकामा

डलर घट्दा यूरो बढ्यो : बुधबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल असोज २३ गते बुधबार सन्