पदम लिम्बुको शवयात्राको क्रममा झडप, प्रहरीद्वारा अश्रुग्यास प्रहार « Khabarhub

पदम लिम्बुको शवयात्राको क्रममा झडप, प्रहरीद्वारा अश्रुग्यास प्रहार


९ बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


261
Shares
  • change font
  • change font
  • change font

इटहरी– कोशी प्रदेश नामाकरणको माग गर्दै भएको आन्दोलनको क्रममा मृत्यु भएका पदम लिम्बुको शवयात्राको क्रममा झडप भएको छ ।

शवयात्राको क्रममा विराटनगरको रोडशेषमा झडप भएको हो । विराटनगरको रोडशेष तनावग्रस्त बने पछि स्थितिलाई नियन्त्रणमा लिनका लागि प्रहरीले अश्रुग्यास छाडेको छ ।

एक महिनाअघि सुरक्षाकर्मीको लाठी प्रहारबाट घाइते भई उपचारका क्रममा मृत्यु भएका सहिद लिम्बूको आज अन्येष्टि गरिनु विराटनगरमा शवयात्रा गरिएको हो ।

 ‘पहिचानवादी आन्दोलन’ मा मृत्यु भएका लिम्बूलाई राजपत्रमा प्रकाशित गर्दै सहिद घोषणा गरिसकेको छ । संघीय लिम्बुवान राष्ट्रिय मञ्चका सुनसरी अध्यक्ष अमर इजमले जानकारी दिए अनुसार झन्डै एक महिना देखी धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मर्चरी हाउसमा राखिएको शवलाई याक्थुङ लिम्बू परम्पराअनुसार शनिवार अन्त्येष्टि गर्न लागिएको हो । 

उनका अनुसार शनिबार बिहान ९ बजे धरानमा शवयात्रा गरिने र भानुचोकमा श्रद्धाञ्जली अर्पण कार्यक्रम गरिने छ भने लिम्बूको स्थायी घर मोरङको उर्लाबारीस्थित लालभित्तीमा पुर्‍याएर अन्त्येष्टि गरिदैछ

प्रकाशित मिति : ९ बैशाख २०८०, शनिबार  ३ : २१ बजे

गर्मी बढेसँगै सर्पदंशका घटना बढे, औषधि आपूर्ति थालियो

जनकपुरधाम– गर्मीसँगै मधेस प्रदेशमा सर्पदंशका घटना बढ्न थालेपछि सर्पदंशविरुद्धको औषधि

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन

बागमती प्रदेश सहरी नीति कार्यान्वयन गरिँदै

बागमती– बागमती प्रदेशअन्तर्गतका सहरको व्यवस्थित विकास गर्न तयार गरिएको सहरी

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा खगराज नियुक्त, आजै सपथ गराइँदै

काठमाडौं– सुदूरपश्चिम प्रदेशको नयाँ मुख्यमन्त्रीमा नेकपाका खगराज भट्ट नियुक्त भएका

बरामद सञ्चारसामाग्रीसहित किशोर श्रेष्ठलाई सर्वोच्चमा उपस्थित गराउन आदेश

काठमाडौं– सर्वोच्च अदालतले वरिष्ठ पत्रकार किशोर श्रेष्ठको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदनमा