सलमानको करियरमा स्पीड ब्रेकर बन्यो « Khabarhub

सलमानको करियरमा स्पीड ब्रेकर बन्यो


९ बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.4k
Shares
  • change font
  • change font
  • change font

मुम्बई– शुक्रबारबाट थिएटरमा अभिनेता सलमान खानको फिल्म ‘किसी की भाई किसी की जान’ रिलिज भयो । सलमान चार वर्षपछि इदको मौका पारेर दर्शकमाझ यो फिल्म लिएर आएका थिए । फिल्मले हरेक स्थानमा बम्पर ओपनिङ गर्ने आशा थियो । तर बक्स अफिसको रिपोर्ट सबैलाई चकित बनाउने किसिमले आयो ।

भारतमा फिल्मको ओपनिङ नै १५ दशमलव ८१ करोडको थियो । यो ओपनिङ सोचेभन्दा कम हो । यो फिल्मले सलमानको शानदार बक्सअफिस यात्रामा ‘स्पिड ब्रेकर’को काम गरिदिएको छ ।

सलमान बक्स अफिसका बादशाह हुन् भन्ने कुराको प्रमाण उनको फिल्मको ओपनिङ कलेक्सनले देखाउँथ्यो । पछिल्लो १० वर्षमा उनको कुनै पनि फिल्मले १७ करोड भन्दा कम ओपनिङ कलेक्सन गरेको थिएन । सन् २०१२ मा रिलिज फिल्म ‘एक था टाइगर’ले ३३ करोडको ओपनिङ कलेक्सन गरेको थियाे । यसपछि उनका फिल्मले पहिलो दिनमा २० करोड रुपैयाँसम्म ओपनिङ कलेक्सन गर्थे ।

सन् २०२० मा कोरोना महामारीपछि थिएटर बन्द हुनुअघि सन् २०१९ मा रिलिज फिल्म ‘भारत’ले सलमानका लागि उनको करियरमै सबैभन्दा बढी ओपनिङ दिएको थियो । फिल्मले पहिलो दिनमै ४३ करोड बढी कमाएको थियो । तर १५ दशमलव ८१ करोडसँगै ‘किसी का भाई किसी की जान’ सन् २०११ पछि सलमानको करियरको सबैभन्दा कम ओपनिङवाला फिल्म बन्यो ।

लकडाउन पछि रिलिज भएका तीन फिल्मको ओपनिङ कलेक्सनलाई आक्रामक मान्न सकिन्छ । शाह रुख खानको ‘पठान’ले ५७ करोड, रणवीर कपूर र आलिया भट्टको ‘ब्रह्मास्त्र’ले ३६ दशमलव ५ करोड र अक्षय कुमारको ‘सूर्यवंशी’ले २६ दशमलव २९ करोड ओपनिङ कलेक्सन गरेको थियो ।

सन् २०११ पछि इदमा सलमानका ९ फिल्म रिलिज भए । सन् २०१९ सम्म रिलिज भएका मध्ये सबैभन्दा कम ओपनिङ कलेक्सन सन् २०१७ मा रिलिज ‘ट्युबलाइट’ले गरेको थियो । फिल्मले २१ करोडको ओपनिङ कलेक्सन गरेको थियो ।

प्रकाशित मिति : ९ बैशाख २०८०, शनिबार  ३ : ३४ बजे

दलबल लिएर देउवा भेट्न पुगे शेखर

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालासहितको टोली शेरबहादुर देउवालाई भेट्न

नेपाली कांग्रेसद्वारा सबै सदस्यसमक्ष एकता र संयमको अपील

काठमाडौँ– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले देश अहिले गम्भीर

विशेष महाधिवेशनले संकटमा परेपछि कानुन व्यवसायी र पार्टी पदाधिकारीसँग छलफल गर्दै देउवा

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूनिकट कानून व्यवसायी र

यस्ता छन् मन्त्रिपरिषद् बैठकका छ निर्णय

काठमाडौं– सरकारले राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय

नेपालको कुल स्वास्थ्य खर्चको सबैभन्दा ठूलो हिस्सा नसर्ने रोगमा : स्वास्थ्यमन्त्री 

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा शर्मा गौतमले नेपालको कुल