सलमानको करियरमा स्पीड ब्रेकर बन्यो « Khabarhub

सलमानको करियरमा स्पीड ब्रेकर बन्यो


९ बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.4k
Shares
  • change font
  • change font
  • change font

मुम्बई– शुक्रबारबाट थिएटरमा अभिनेता सलमान खानको फिल्म ‘किसी की भाई किसी की जान’ रिलिज भयो । सलमान चार वर्षपछि इदको मौका पारेर दर्शकमाझ यो फिल्म लिएर आएका थिए । फिल्मले हरेक स्थानमा बम्पर ओपनिङ गर्ने आशा थियो । तर बक्स अफिसको रिपोर्ट सबैलाई चकित बनाउने किसिमले आयो ।

भारतमा फिल्मको ओपनिङ नै १५ दशमलव ८१ करोडको थियो । यो ओपनिङ सोचेभन्दा कम हो । यो फिल्मले सलमानको शानदार बक्सअफिस यात्रामा ‘स्पिड ब्रेकर’को काम गरिदिएको छ ।

सलमान बक्स अफिसका बादशाह हुन् भन्ने कुराको प्रमाण उनको फिल्मको ओपनिङ कलेक्सनले देखाउँथ्यो । पछिल्लो १० वर्षमा उनको कुनै पनि फिल्मले १७ करोड भन्दा कम ओपनिङ कलेक्सन गरेको थिएन । सन् २०१२ मा रिलिज फिल्म ‘एक था टाइगर’ले ३३ करोडको ओपनिङ कलेक्सन गरेको थियाे । यसपछि उनका फिल्मले पहिलो दिनमा २० करोड रुपैयाँसम्म ओपनिङ कलेक्सन गर्थे ।

सन् २०२० मा कोरोना महामारीपछि थिएटर बन्द हुनुअघि सन् २०१९ मा रिलिज फिल्म ‘भारत’ले सलमानका लागि उनको करियरमै सबैभन्दा बढी ओपनिङ दिएको थियो । फिल्मले पहिलो दिनमै ४३ करोड बढी कमाएको थियो । तर १५ दशमलव ८१ करोडसँगै ‘किसी का भाई किसी की जान’ सन् २०११ पछि सलमानको करियरको सबैभन्दा कम ओपनिङवाला फिल्म बन्यो ।

लकडाउन पछि रिलिज भएका तीन फिल्मको ओपनिङ कलेक्सनलाई आक्रामक मान्न सकिन्छ । शाह रुख खानको ‘पठान’ले ५७ करोड, रणवीर कपूर र आलिया भट्टको ‘ब्रह्मास्त्र’ले ३६ दशमलव ५ करोड र अक्षय कुमारको ‘सूर्यवंशी’ले २६ दशमलव २९ करोड ओपनिङ कलेक्सन गरेको थियो ।

सन् २०११ पछि इदमा सलमानका ९ फिल्म रिलिज भए । सन् २०१९ सम्म रिलिज भएका मध्ये सबैभन्दा कम ओपनिङ कलेक्सन सन् २०१७ मा रिलिज ‘ट्युबलाइट’ले गरेको थियो । फिल्मले २१ करोडको ओपनिङ कलेक्सन गरेको थियो ।

प्रकाशित मिति : ९ बैशाख २०८०, शनिबार  ३ : ३४ बजे

भारतमा मतदाता सूची विवाद चर्कियो, विपक्षी नेताहरू प्रहरी हिरासतमा

नयाँदिल्ली – भारतमा मतदाता सूचीमा हेरफेर भएको आरोप लगाउँदै निर्वाचन

अमेरिका–मेक्सिको–क्यानडा व्यापार सम्झौता कायमै रहेको मेक्सिकन राष्ट्रपतिको भनाइ

मेक्सिको सिटी- मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेनबामले अमेरिका, मेक्सिको र क्यानडाबीचको व्यापार

सुनिल थापाको अन्तिम फिल्म ‘हिमालयन गोल्ड’ भारतभर प्रदर्शन हुने, ट्रेलरले जगायो चासो

काठमाडौं– नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने लक्ष्यसहित तयार भएको ‘हिमालयन

खुँडा प्रहारबाट ७५ वर्षीया एक जनाको मृत्यु

मुगु– मुगु जिल्ला छायानाथ रारा नगरपालिका–५ का ७५ वर्षीया धनवीर

१५ वर्षपछि फर्किँदै ‘द डर्टी पिक्चर’, यसपटक कसको जीवनमा बन्नेछ कथा ?

बलिउडमा चर्चित फिल्म ‘द डर्टी पिक्चर’को दोस्रो भाग बन्ने भएको