दार्चुलामा तुइनबाट खसेर महाकालीमा एक जना बेपत्ता « Khabarhub

दार्चुलामा तुइनबाट खसेर महाकालीमा एक जना बेपत्ता


९ बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


381
Shares
  • change font
  • change font
  • change font

खलङ्गा – दार्चुलामा तुइनबाट खसेर महाकाली नदीमा एक पुरुष बेपत्ता भएका छन् ।

जिल्लाको ब्याँस गाउँपालिका–२ दुम्लिङका ४५ वर्षीय सिङ्दलसिंह भण्डारी आज तुइनबाट खसेर तल्लो दुम्लिङस्थित महाकाली नदीमा बेपत्ता भएको व्याँस गाउँपालिका–२ का वडाध्यक्ष धीरेनसिंह बुढाथोकीले जानकारी दिए।

दिउँसो साढे एक बजेतिर भण्डारी घरबाट भारत जाने क्रममा तुइनको सहारामा महाकाली नदी पार गर्न खोज्दा उक्त घटना घटेको वडाध्यक्ष बुढाथोकीले बताए ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले तुइनबाट खसेर भण्डारी बेपत्ता भएको खबर प्राप्त भएको बताए। ‘दुम्लिङबाट प्रहरी टोली घटनास्थलमा गएको छ, खोजी कार्य जारी छ’, उनले भने ।

प्रकाशित मिति : ९ बैशाख २०८०, शनिबार  ३ : ४१ बजे

गर्मी बढेसँगै सर्पदंशका घटना बढे, औषधि आपूर्ति थालियो

जनकपुरधाम– गर्मीसँगै मधेस प्रदेशमा सर्पदंशका घटना बढ्न थालेपछि सर्पदंशविरुद्धको औषधि

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन

बागमती प्रदेश सहरी नीति कार्यान्वयन गरिँदै

बागमती– बागमती प्रदेशअन्तर्गतका सहरको व्यवस्थित विकास गर्न तयार गरिएको सहरी

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा खगराज नियुक्त, आजै सपथ गराइँदै

काठमाडौं– सुदूरपश्चिम प्रदेशको नयाँ मुख्यमन्त्रीमा नेकपाका खगराज भट्ट नियुक्त भएका

बरामद सञ्चारसामाग्रीसहित किशोर श्रेष्ठलाई सर्वोच्चमा उपस्थित गराउन आदेश

काठमाडौं– सर्वोच्च अदालतले वरिष्ठ पत्रकार किशोर श्रेष्ठको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदनमा