गौतम बुद्धको मार्ग भविष्यको मार्ग हो : भारतीय प्रधानमन्त्री मोदी « Khabarhub

गौतम बुद्धको मार्ग भविष्यको मार्ग हो : भारतीय प्रधानमन्त्री मोदी


९ बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गौतम बुद्धको मार्ग भविष्यको मार्ग भएको बताएका छन् । विश्व बौद्ध सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले बुद्धको मार्ग भविष्यको साथसाथै दिगोपनिको पनि मार्ग भएको बताए ।

सम्बोधनका क्रममा उनले विश्वले बुद्धको उपदेशलाई पालना गरेको भए जलवायु परिवर्तनजस्तो संकट पनि देखा नपर्ने टिप्पणी गरे ।

उनले संयुक्त राष्ट्रसंघमा भारतले विश्वलाई ‘युद्ध’ नभई ‘बुद्ध’ दिएको भन्ने वक्तव्यको पनि स्मरण गरे । बुद्धकै प्रेरणाबाट प्रभावित भएर विश्वमा भारतले धेरै क्षेत्रमा नयाँ पहल थालेको पनि उल्लेख गरे ।

भारतले विश्वका विभिन्न देशमा शान्ति अभियान वा टर्कीको भूकम्पजस्तो विपत्तिमा भारतले आफ्नो पूर्ण क्षमता प्रयोग गरेर मानवताको पक्षमा काम गरेको बताए ।

प्रकाशित मिति : ९ बैशाख २०८०, शनिबार  ३ : ५३ बजे

देश भ्रमले होइन, श्रमले चल्छ : हर्क साम्पाङ

कर्णाली – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देश भ्रमले

संगीतकार नागेन्द्र श्रेष्ठको ‘सुन मायालु’ सार्वजनिक

काठमाडौँ- गायक तथा संगीतकार नागेन्द्र श्रेष्ठको नयाँ गीत ‘सुन मायालु’

सन्दीप आवद्ध राजशाहीले जित्यो बिपिएलको उपाधि

काठमाडाैं – बंगलादेश प्रिमियर लिग (बिपिएल)को उपाधि राजशाही वारियर्सले जितेको

गगनलाई भावी प्रधानमन्त्रीमा अघि सारेपछि पौडेलले भने- परिवर्तनको यात्रामा सहकार्य गरौँ

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले देश परिवर्तनको यात्रामा सहकार्य

देश परिवर्तनको यात्रामा सहकार्य गराैँ : महामन्त्री पौडेल

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले देश परिवर्तनको यात्रामा