डन्डिफोर आउने कारण र बच्ने उपाय  « Khabarhub

डन्डिफोर आउने कारण र बच्ने उपाय 


८ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – डन्डिफोर सबैलाई एक न एक पटक आउने गर्छ। किशोरावस्था वा २० देखि ३० वर्षको उमेरमा यो समस्या देखिन्छ।

डन्डिफोरलाई छालासँग सम्बन्धित समस्याका रूपमा पनि मान्ने गरिन्छ। हाम्रो छालामा हुने एक प्रकारको ग्रन्थिका कारण अनुहारमा डन्डिफोर आउँछ। डन्डिफोर सौन्दर्यसँग जोडिने भएकाले सबैले चिन्ता गर्छन् तर पुरुषको तुलनामा महिलालाई चिन्ता बढी लाग्ने गरेको चिकित्सक बताउँछन्।

कतिपय मानिस डन्डिफोरको उपचारका लागि धेरै डाक्टरकोमा वा अस्पतालमा धाउने र विभिन्न प्रकारका कस्मेटिक सामग्री प्रयोग गर्ने गरेको धेरै सुनिन्छ। तर छालारोग विशेषज्ञका अनुसार डन्डिफोर तुरुन्तै निको भइहाल्ने हुँदैन। डन्डीफोर आएमा पहिलो उपचार भनेको बेलाबेलामा फेसवास गर्ने नै हो।

बेलाबेलामा सफा पानी र आफ्नो छालाअनुसारको फेसवासको प्रयोग गरेर अनुहारलाई सफा राख्नुपर्छ। धेरै नै जटिल किसिमको डन्डीफोर आयो भने चिकित्सकसम्म पुगेर औषधिको प्रयोग गर्न सकिन्छ। यो निश्चित समयपछि आफै निको भएर जाने हुँदा तुरुन्तै उपचार नगर्दा पनि हुने चिकित्सकको भनाइ छ।

डन्डिफोर आएर लामो समयसम्म बस्यो र पाक्न लाग्यो भने तुरुन्त छाला रोग विशेषज्ञलाई भेट्नुपर्छ।

यस्ता छन् डन्डिफोर आउने कारण 
सामान्यतया छालामा आउने स–साना राता फोका डन्डिफोर हुन्। हाम्रो छालामा तेल ग्रन्थिले तेलको अधिक उत्सर्जन गर्दा छालाको रोमछिद्र बन्द भएर डन्डिफोर आउँछ।  हर्मोनमा परिवर्तन तथा खराबी भएमा पनि डन्डिफोर आउँछ। साथै  दैनिक रूपमा खाने खाना वा खराब खानपान का कारण पनि डन्डिफोर आउँछ।

अनियमित रूपमा हुने महिनावारीको कारणले महिलामा अत्यधिक मात्रामा डन्डिफोर आउने गर्छ। तनाव र अनिद्रा, उत्तेजना, क्रोध र भय हुनु र कसैलाई लामो समयसम्म कब्जियत भइराख्यो भने पनि  डन्डिफोर आउँछ।

डन्डिफोर आएमा के गर्ने ? 
– दैनिक रूपमा राति सुत्नु भन्दा केही बेर अगाडि बाफ लिँदा डन्डिफोर कम हुँदै जान्छ।
– उमालेको पानी प्रशस्त मात्रामा पिउने।
– दिउँसो कतै जाँदा मेकअप गरेको छ भने त्यसलाई बेलुका राम्ररी मन तातो पानीले पखाल्ने।
– डन्डिफोर आएको ठाउँमा हातले पटक पटक नछुने।
– डन्डिफोर ननिचोर्ने।

डण्डिफोरबाट बच्ने उपाय ?
– अनुहारलाई सधैँ सफा राख्नुपर्छ।
– सुन्दरताको लागि अनुहारमा प्रयोग गर्ने सामग्रीको गुणस्तर हेरेर मात्र प्रयोग गर्ने।
– धेरै प्रकारका कस्मेटिक सामानको प्रयोगले पनि अनुहारमा डन्डीफोर आउँछ। त्यसैले डन्डीफोर आउने मान्छेले धेरै चिल्ला खालका क्रिम नलगाउने।
– बढी तनाव लिँदा डन्डीफोर आउने हुन्छ त्यसैले चिन्ता नलिने।
–– सन्तुलित भोजनले पनि डन्डिफोर कम गर्छ।
– घामको विकिरणले अनुहारको छालामा असर पार्छ। त्यसैले घाममा निस्कनुअघि कपडा, मास्क आदिले अनुहार ढाक्नुपर्छ। चर्को घाममा छाताको प्रयोग गर्ने।
– धेरै चिल्लो, तारेको र बासी खाना खानु हुँदैन।
– निम, घ्युकुमारीजस्ता जडीबुटीको फेसप्याकले अनुहार धुँदा डन्डीफोर चाँडो निको हुन्छ।

प्रकाशित मिति : ८ जेठ २०८०, सोमबार  ७ : १९ बजे

धनुषामा १९७ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ

जनकपुरधाम– धनुषामा प्रहरीले १९७ ग्राम लागूऔषध खैरो हेरोइनसहित दुई जनालाई

विपद् प्राधिकरणले भन्यो- रसुवा बाढीका भ्रामक सूचनाबाट सचेत रहनू

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीपछि

राष्ट्रपतिले ३:३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा

सेनाको निष्कर्ष : भोटेकोशी बाढीपछि विद्युत् सुरुङमा १२१ जनामात्रै फसेका देखियो

काठमाडौं– नेपाली सेनाले ब्रेक थ्रू नभएसम्म बाढीले क्षति भएका जलविद्युत

परराष्ट्रमन्त्री खनाल र माल्दिभ्सका विदेशमन्त्री एडमबीच टेलिफोन वार्ता

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल र माल्दिभ्सका विदेशमन्त्री इरुथिसाम एडमबीच आज