आईपीएलमा गुजरातसँग बेंगलोर हार्दा मुम्बई प्लेअफमा « Khabarhub

आईपीएलमा गुजरातसँग बेंगलोर हार्दा मुम्बई प्लेअफमा


८ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


366
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ को लिग चरणको अन्तिम खेलमा गुजरात टाइटन्सले रोएल च्यालेन्जर्स बेंगलोरलाई ६ विकेटले पराजित गरेको छ।

बैंगलोरले घरेलु मैदानमा दिएको १९८ रनको विजयी लक्ष्य गुजरातले १९ दशमलव १ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको हो।​ गुजरातको जितमा शुभमन गीलले १०४ रनको शतकीय पारी खेलेका थिए भने विजय शंकरले ५३ रन बनाए।

सोमबार राति भएको समूह चरणको अन्तिम खेलमा गुजरातसँग पराजित भएसँगै बैंगलोर प्लेअफबाट बाहिरियो। यसको फाइदा मुम्बइ इन्डियन्सलाई भयो।

सोमबारै पहिलो खेलमा सनराइजर्स हैदरवादलाई पराजित गरेको मुम्बइ लिगमा चौथो बन्दै प्लेअफप पुग्यो।

यसअघि नै शीर्ष स्थान पक्का गरिसकेको साविक विजेता गुजरातले लिगमा यस सिजन पनि लिगमा उत्कृष्ट प्रदर्शन गर्दै १४ मध्ये १० खेल जित्दै सर्वाधिक २० अंक जोड्न सफल भयो।

गुजरातले अब फाइनल प्रवेशका लागि पहिलो क्वालिफायरमा दोस्रो स्थानको चेन्नाइ सुपर किंग्ससँग खेल्नेछ। यस्तै तेस्रो भएको लखनउ सुपर जायन्ट्स र चौथो भएको मुम्बइबीच एलिमिनेटर खेल हुनेछ।

प्रकाशित मिति : ८ जेठ २०८०, सोमबार  ८ : ४४ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५