आईपीएलमा गुजरातसँग बेंगलोर हार्दा मुम्बई प्लेअफमा « Khabarhub

आईपीएलमा गुजरातसँग बेंगलोर हार्दा मुम्बई प्लेअफमा


८ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


366
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ को लिग चरणको अन्तिम खेलमा गुजरात टाइटन्सले रोएल च्यालेन्जर्स बेंगलोरलाई ६ विकेटले पराजित गरेको छ।

बैंगलोरले घरेलु मैदानमा दिएको १९८ रनको विजयी लक्ष्य गुजरातले १९ दशमलव १ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको हो।​ गुजरातको जितमा शुभमन गीलले १०४ रनको शतकीय पारी खेलेका थिए भने विजय शंकरले ५३ रन बनाए।

सोमबार राति भएको समूह चरणको अन्तिम खेलमा गुजरातसँग पराजित भएसँगै बैंगलोर प्लेअफबाट बाहिरियो। यसको फाइदा मुम्बइ इन्डियन्सलाई भयो।

सोमबारै पहिलो खेलमा सनराइजर्स हैदरवादलाई पराजित गरेको मुम्बइ लिगमा चौथो बन्दै प्लेअफप पुग्यो।

यसअघि नै शीर्ष स्थान पक्का गरिसकेको साविक विजेता गुजरातले लिगमा यस सिजन पनि लिगमा उत्कृष्ट प्रदर्शन गर्दै १४ मध्ये १० खेल जित्दै सर्वाधिक २० अंक जोड्न सफल भयो।

गुजरातले अब फाइनल प्रवेशका लागि पहिलो क्वालिफायरमा दोस्रो स्थानको चेन्नाइ सुपर किंग्ससँग खेल्नेछ। यस्तै तेस्रो भएको लखनउ सुपर जायन्ट्स र चौथो भएको मुम्बइबीच एलिमिनेटर खेल हुनेछ।

प्रकाशित मिति : ८ जेठ २०८०, सोमबार  ८ : ४४ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै