खड्काको ‘संगीतसँग यात्रा’ सम्पन्न, को-को कलाकारलाई गरियो सम्मान? « Khabarhub

खड्काको ‘संगीतसँग यात्रा’ सम्पन्न, को-को कलाकारलाई गरियो सम्मान?


८ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – एरेञ्जर राजु खड्काको अथक सांगीतिक यात्राले २५औं वसन्त पार गरेको अवसरमा रेशराज प्रोडक्शन प्रालिको आयोजनामा ‘संगीतसँग यात्रा’ कार्यक्रम सम्पन्न भएको छ।

काठमाडौं जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न उक्त कार्यक्रमको अवसरमा चलचित्र ‘उस्ताद जी’को ट्रेलर पनि सार्वजनिक गरियो। वरिष्ठ कलाकार तथा नेपाल चलचित्र कलाकार संघका अध्यक्ष, निर्देशक, निर्माता तथा लेखक मोहन निरौलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कला क्षेत्रका विभिन्न स्रष्टाहरुलाई सम्मान गरिएको थियो।

सम्मानित हुने कलाकारहरूमा वरिष्ठ गायिका ज्ञानु राणा, वरिष्ठ गायक लाक्पा शेर्पा, वरिष्ठ साउण्ड डिजाइनर दीप रत्न तुलाधर, राष्ट्रवादी नायक/निर्माता तथा निर्देशक नवल खड्का, वरिष्ठ गीत तथा कथाकार मीन सागर लामा, वरिष्ठ संगीतकार आभाष फुयाँल, वरिष्ठ गायक, संगीत संयोजक तथा संगीतकार पवन वाङ लामा, वरिष्ठ वाद्यवादक भरत बुढाथोकी, वरिष्ठ गीतकार दुर्गा लामा, गायक पञ्चमान तामाङ (शैलाब वाईवा), गायक उत्सव सुब्बा लामा र गायक मरिचमान तामाङ साथै अन्य चर्चित कलाकारहरु रहेका छन्।

‘चलचित्रका नायकहरू आउँछन्, एक दुई वर्षमै गायब हुन्छन् तर गीत संगीतका नायकहरू भने सदा जनतामा छाइरहन्छन्,’ मोहन निरौलाले भने, ‘त्यसैले गीत संगीतलाई महत्व र मान्यता दिन सकिएमा हाम्रो संगीतको स्तर बढ्दै जानेछ, जसले अन्ततः देशलाई नै फाइदा पुग्नेछ।’

कार्यक्रम रेशराज प्रोडक्शन प्रालिका अध्यक्ष गायक रेशम कुमार विश्वकर्माको सभापतित्वमा सम्पन्न भएको हो।

प्रकाशित मिति : ८ जेठ २०८०, सोमबार  १२ : ४४ बजे

देउवालाई हटाएर, पार्टी कब्जा गरेर कांग्रेस चल्दैन, विधानअनुसार नेतृत्व फेरौँ

काठमाडौं– नेता विमलेन्द्र निधिले नेपाली कांग्रेस इतर समूहको राष्ट्रिय भेलामा

गण्डकीमा अनलाइनबाटै प्रसारण संस्थाको दर्ता र नवीकरण

गण्डकी– प्रेस रजिष्ट्रारको कार्यालय, गण्डकीले अनलाइनबाट प्रसारण संस्थाको दर्ता तथा

फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

म्याग्दी- म्याग्दीमा सम्बन्ध बिच्छेदको कारण र उद्देश्य फेरिन थालेको छ।

पर्यटकीयस्थलमा विद्युत सुविधा विस्तार

म्याग्दी– अन्नपूर्ण गाउँपालिका– ८ स्थित पर्यटकीयस्थल आलडाँडामा केन्द्रीय प्रसारण लाइनको

जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा दिइने

काठमाडौँ– सरकारले जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई स्वरोजगार उद्यम