खड्काको 'संगीतसँग यात्रा' सम्पन्न, को-को कलाकारलाई गरियो सम्मान? | Khabarhub Khabarhub

खड्काको ‘संगीतसँग यात्रा’ सम्पन्न, को-को कलाकारलाई गरियो सम्मान?


८ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – एरेञ्जर राजु खड्काको अथक सांगीतिक यात्राले २५औं वसन्त पार गरेको अवसरमा रेशराज प्रोडक्शन प्रालिको आयोजनामा ‘संगीतसँग यात्रा’ कार्यक्रम सम्पन्न भएको छ।

काठमाडौं जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न उक्त कार्यक्रमको अवसरमा चलचित्र ‘उस्ताद जी’को ट्रेलर पनि सार्वजनिक गरियो। वरिष्ठ कलाकार तथा नेपाल चलचित्र कलाकार संघका अध्यक्ष, निर्देशक, निर्माता तथा लेखक मोहन निरौलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कला क्षेत्रका विभिन्न स्रष्टाहरुलाई सम्मान गरिएको थियो।

सम्मानित हुने कलाकारहरूमा वरिष्ठ गायिका ज्ञानु राणा, वरिष्ठ गायक लाक्पा शेर्पा, वरिष्ठ साउण्ड डिजाइनर दीप रत्न तुलाधर, राष्ट्रवादी नायक/निर्माता तथा निर्देशक नवल खड्का, वरिष्ठ गीत तथा कथाकार मीन सागर लामा, वरिष्ठ संगीतकार आभाष फुयाँल, वरिष्ठ गायक, संगीत संयोजक तथा संगीतकार पवन वाङ लामा, वरिष्ठ वाद्यवादक भरत बुढाथोकी, वरिष्ठ गीतकार दुर्गा लामा, गायक पञ्चमान तामाङ (शैलाब वाईवा), गायक उत्सव सुब्बा लामा र गायक मरिचमान तामाङ साथै अन्य चर्चित कलाकारहरु रहेका छन्।

‘चलचित्रका नायकहरू आउँछन्, एक दुई वर्षमै गायब हुन्छन् तर गीत संगीतका नायकहरू भने सदा जनतामा छाइरहन्छन्,’ मोहन निरौलाले भने, ‘त्यसैले गीत संगीतलाई महत्व र मान्यता दिन सकिएमा हाम्रो संगीतको स्तर बढ्दै जानेछ, जसले अन्ततः देशलाई नै फाइदा पुग्नेछ।’

कार्यक्रम रेशराज प्रोडक्शन प्रालिका अध्यक्ष गायक रेशम कुमार विश्वकर्माको सभापतित्वमा सम्पन्न भएको हो।

प्रकाशित मिति : ८ जेठ २०८०, सोमबार  १२ : ४४ बजे

कोशीमा नयाँ सरकार गठनको आह्वान

काठमाडौं – कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार

सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माण गर्न सरकारले अनुदान दिने

ललितपुर – अबदेखि सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माणका लागि

महाकाली नदीको टापुमा ट्र्याक्टरसहित थुनिए मजदुर

कञ्चनपुर – कञ्चनपुरको महाकाली नदीमा नदीको बहाव बढेपछि नदीजन्य पदार्थ

राति मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना

काठमाडौं – हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको

लेखन कुञ्जद्वारा समाजसेवी महिलालाई सम्मान

काठमाडौं- मातातीर्थ औँसी २०८१ का अवसरमा लेखन कुञ्जले समाजसेवी महिलालाई