सहिद स्मारक ए डिभिजन लिग : चर्च ब्वाइज र हिमालयन शेर्पा क्लबको बराबरी « Khabarhub

सहिद स्मारक ए डिभिजन लिग : चर्च ब्वाइज र हिमालयन शेर्पा क्लबको बराबरी


८ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा शीर्ष स्थानको चर्च ब्वाइज युनाइटेड हिमालयन शेर्पा क्लबसँग बराबरीमा रोकिएको छ ।

ललितपुरस्थित च्यासल मैदानमा सोमबार भएको खेलमा चर्च ब्वाइजले हिमालयनसंग १–१ को बराबरी खेलेको हो । खेलको १३ औं मिनेटमा अञ्जन विष्टको गोलमार्फत चर्च ब्वाइजले अग्रता लिएको थियो । तर ३६ औं मिनेटमा अबायोमी फाकुन्लेले गोल गर्दै हिमालयनलाई १–१ गोलको बराबरीमा ल्याए । यस बराबरीसँगै चर्च ब्वाइज २० खेलमा ३७ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । हिमालयन २० खेलमा २६ अंक जोडेर सातौँ स्थानमा रहेको छ ।

त्यस्तै सोमबार नै एन्फा कम्प्लेक्समा भएको खेलमा आर्मीले फ्रेण्ड्स क्लवलाई ३–० गोल अन्तरले पराजित गर्यो । आर्मीका लागि जगजित श्रेष्ठले खेलको २६ औं मिनेटमा गोल गरेका थिए । त्यस्तै नवयुग श्रेष्ठले खेलको ७५ र सुदीले राईले इन्जुरी टाइममा गोल गरेका थिए ।

 जितसँगै आर्मी २९ अंक जोड्न सफल भएको छ भने फ्रेण्ड्सको २१ अंक रहेको छ । 

प्रकाशित मिति : ८ जेठ २०८०, सोमबार  ६ : ०३ बजे

विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम

चितवन– अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु

कांग्रेस महाधिवेशनमा आजदेखि बन्दसत्र सुरु हुँदै, विभिन्न प्रतिवेदन पेस गरिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ

बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको बाढी