विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम « Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


८ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

आज जेठ ८, २०८० या अंग्रेजी क्यालेन्डर अनुसार मे २२, २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।

र्‍यानएयर एयरलाइन्स नाफामा

सुलभ मूल्यमा हवाई सेवा प्रदान गर्दै आएको आयरल्याण्डको र्‍यानएयर एयरलाइन्सले कोभिड–१९ महामारीपछिको ‘बलियो’ सुधारपछि पुनः वार्षिक खुद मुनाफा आर्जन गर्न सफल बनेको छ ।

अघिल्लो आर्थिक वर्षमा ३५ करोड ५० लाख युरोको खुद नोक्सानी व्यहोरेको र्‍यानएयरले जारी गरेको वक्तव्यमा भनिएको छ, “मार्चको अन्त्यसम्मको १२ महिनामा करपछिको नाफा बढेर एक अर्ब ४० करोड युरो (करिब एक अर्ब ५० करोड अमेरिकी डलर) पुगेको छ ।

डब्लिनस्थित राष्ट्रिय ध्वजावाहकले कोरोना भाइरसका कारण जारी लकडाउन हटाएपछि आफ्नो अघिल्लो आर्थिक वर्ष २०२१÷२०२२ मा घाटा कम गरेको थियो ।

“पछिल्लो एक वर्षमा हामीले कोभिड–१९ पछिको सुधारलाई निकै सशक्त देखेका छौँ,” प्रमुख कार्यकारी माइकल ओलेरीले आम्दानीसँगै प्रकाशित भिडियो टिप्पणीमा भने ।

उनले भने, “मानिसहरू दुई वर्षदेखि थुनिएका छन् र उनीहरू यात्रामा फर्कन चाहन्थे । कम्पनीको आर्थिक आर्जनले पर्यटक आवागमनमा भएको सुधारलाई पुष्टि गरेको छ ।”

इटाली, पोल्याण्ड, आयरल्याण्ड, स्पेन र युरोपका अन्य स्थानहरूमा ‘बलियो बजार हिस्सा वृद्धि’ भएको रिपोर्टपछि भाडाबाट राजस्व दोब्बरभन्दा बढी १०.८ बिलियन यूरो सङ्कलन भएको थियो ।

एयरलाइन्सको यात्रुहरूको चाप दर १० प्रतिशतले बढेर कोभिड पूर्वको ७४ प्रतिशत प्रतिशतको अवस्थामा पुगेको छ । कम्पनीले यो वर्ष १६ करोड ८० लाख छ हजार ७४ यात्रु बोकेको जनाएको छ ।

गयानाको विद्यालयमा आगलागी हुँदा २० जनाको मृत्यु

दक्षिण अमेरिकी मुलुक गयानाको एक विद्यालयमा आइतबार भएको आगलागीमा परी कम्तीमा २० जनाको मृत्यु भएको छ ।

“यो ठूलो विपत्ति हो । यो भयानक छ, यो दर्दनाक छ,” गुयनाका राष्ट्रपति इरफान अलीले भने । मध्य गुयानास्थित महदिया माध्यमिक विद्यालयमा भएको आगलागीमा परी अरु कैयौँ घाइते भएका छन् ।

अलीले आगलागीबाट घाइते भएका सबै बालबालिको उपचार भइरहेको बताए । उनले राजधानी जर्जटाउनका दुई प्रमुख अस्पतालमा हरेक बालबालिकालाई ध्यान दिन आवश्यक सम्भावित सबै व्यवस्था गर्न निर्देशन दिएको बताए ।

उनले जर्जटाउनबाट करिब २०० किलोमिटर दक्षिणमा रहेको महदिया क्षेत्रमा भारी वर्षाका कारण स्थल मार्ग विच्छेद भएकोले निजी र सैन्य विमान उद्धारका लागि पठाइएको बताए । विपक्षी सांसद नताशा सिंह लुईसले आगलागीको कारणबारे छानबिन गर्न माग गरेकी छिन् ।

उनले भनिन्, “हामीले यो सबैभन्दा भयानक र घातक घटना कसरी भयो भनेर बुझ्न आवश्यक छ र यस्तो त्रासदी फेरि हुन नदिन आवश्यक सबै उपायहरू चाल्नु आवश्यक छ ।”

करिब आठ लाख जनसङ्ख्या भएको तीव्र विकासलाई पछ्याउने आशा गरेको सानो अङ्ग्रेजी भाषी देश गयाना विश्वको सबैभन्दा ठूलो प्रतिव्यक्ति तेल भण्डार भएको पूर्व डच र बेलायती उपनिवेश हो ।

पपुवा न्युगिनी र अमेरिकाबीच रक्षा सम्झौतामा हस्ताक्षर

पपुवा न्युगिनीले सोमबार संयुक्त राज्य अमेरिकासँग रक्षा सम्झौतामा हस्ताक्षर गरेको छ । सम्झौताले अमेरिकी सेनालाई आफ्नो हवाई क्षेत्र र बन्दरगाहहरूमा पहुँच प्रदान गरेको छ ।

वासिङ्टनले प्रशान्त क्षेत्रमा चीनको बढ्दो गतिविधिलाई लिएर चिन्ता व्यक्त गर्दै आएको समय उसले रणनीतिक सहयोगको बदलामा कूटनीतिक र वित्तीय प्रोत्साहनका साथ राष्ट्रहरूलाई आकर्षित गर्ने प्रयास गरिरहेको छ ।

राजधानी पोर्ट मोरेस्बीमा दक्षिण प्रशान्त क्षेत्रका १४ टापु राष्ट्रका नेतासँग अमेरिकी बैठक सुरु हुनुअघि रक्षामन्त्री विन बकरी डाकीले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनसँग सम्झौतामा हस्ताक्षर गरेका थिए ।

रक्षा सहयोग सम्झौता भएको बताउँदै प्रधानमन्त्री जेम्स मारापेले हस्ताक्षर समारोहमा भने, “प्रशान्त टापुले संयुक्त राज्य अमेरिकासँग आफ्नो सम्बन्धलाई ‘उच्च’ बनाइरहेको छ ।

ब्लिन्केनका अनुसार दुवै देशले एकअर्काको जहाजको प्रयोग गर्न, प्राविधिक विशेषज्ञता आदानप्रदान गर्न र समुन्द्रमा ‘राम्रो गस्ती’ गर्न सक्नेछन् ।

उनले भने, “हामी भविष्यलाई आकार दिन सँगै काम गरिरहेका छौं । हामी हाम्रो साझेदारीलाई अर्को स्तरमा पु¥याउन निकै उत्सुक छौं ।”

दक्षिण प्रशान्त क्षेत्रमा बढ्दो प्रतिद्वन्द्विताको सङ्केतस्वरूप ब्लिन्केनले बेइजिङको बढ्दो आर्थिक, राजनीतिक र सैन्य उपस्थितिको सामना गर्ने उद्देश्यले प्रमुख शक्तिहरूको एक्लै प्रतिनिधित्व गरेका थिएनन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो शिखर सम्मेलनको पूर्वसन्ध्यामा आफूभन्दा केही घण्टाअघि नै चीनको उदयमा क्षेत्रीय शक्तिका रूपमा आफ्नो देशको भूमिका रहेको बताएका थिए ।

“हामी बहुपक्षीयतामा तपाईंको विश्वाससँग सहमत छौं । हामी स्वतन्त्र, खुला र समावेशी इन्डो–प्यासिफिकको समर्थन गर्छौं र सबै देशको सार्वभौमिकता र अखण्डताको सम्मान गर्छौं,” मोदीले प्रशान्त क्षेत्रका नेताहरूलाई सम्मेलनमा भने ।

पपुवा न्यूगिनीसँग सुरक्षा सम्झौतामा हस्ताक्षर गरेर यस क्षेत्रमा तैनाथ हुने अमेरिकी सेनाको क्षमता पनि विस्तार गरिने ब्लिन्केनले बताए ।

बेइजिङले प्रशान्त महासागरमा रहेका खानी र बन्दरगाहहरू बन्द गरेको छ र गत वर्ष सोलोमन टापुसँग गोप्य सुरक्षा सम्झौतामा हस्ताक्षर गरेको छ, जसले चीनलाई देशमा सेना तैनाथ गर्न अनुमति दिन्छ ।

अफगानिस्तान हेलिकप्टर दुर्घटनामा दुई जनाको मृत्यु

अफगानिस्तानको उत्तरी सामङ्गन प्रान्तमा आइतबार भएको सैन्य हेलिकप्टर दुर्घटनामा दुई विमान चालकको मृत्यु भएको पुष्टि वगरिएको छ । विमान दुर्घटनाग्रस्त भएकोबारे स्थानीय सञ्चारमाध्यम टोलोन्युजले यसअघि नै अधिकारीलाई उद्धृत गरी पुष्टि गरेको थियो ।

महाजिर नामका एक अधिकारीलाई उद्धृत गर्दै उक्त सञ्चारमाध्यमले दुर्घटना आइतबार दिउँसो खलम जिल्लाको सयद क्षेत्रमा भएको जानकारी दिएको छ ।

उक्त निजी सञ्चारमाध्यमका अनुसार महाजिरले दुर्घटनामा कोही हताहत भएको वा नभएको बताएका छैनन् । यसअघि, टोलोन्युजले अज्ञात स्रोतलाई उद्धृत गर्दै हेलिकप्टरका दुई जना पाइलटको मृत्यु भएको जनाएको थियो । विमान चालक दुबै जनाको मृत्यु भएको रक्षा मन्त्रालयले साँझ मात्रै पुष्टि गरेको हो ।

“मजार–ए–शरिफ एयरफिल्डबाट सामंगनतर्फ उडेको देशको वायु सेनाको एमडी–५३० हेलिकप्टर बिजुलीको तारसँग ठोक्किएको र उक्त दुर्घटनामा दुई चालकको मृत्यु भएको छ ।,” रक्षामन्त्रीले ट्वीटरमा लेखेका छन् ।

चिनियाँ नीति बैंकद्वारा चीन-मध्य एशिया सहयोग विस्तार

चीनको नीति बैंक, चाइना डेभलपमेन्ट बैंकले चीन-मध्य एसिया सहयोगलाई प्रगाढ बनाउन आर्थिक सहयोग बढाएको छ।

नीति बैंकले चीन र मध्य एसियाली देशबीचको अर्थतन्त्र, व्यापार, लगानी, यातायात, कृषि, ऊर्जा र स्रोतसाधनलगायतका क्षेत्रमा आयोजनालाई सहयोग गर्न १० अर्ब युआन (करिब १ अर्ब ४३ करोड अमेरिकी डलर) विशेष ऋण उपलब्ध गराएको छ ।

चाइना डेभलपमेन्ट बैंकले अन्तरराष्ट्रिय स्तरमा लगानी सञ्चालन शुरु गरेको पहिलो क्षेत्र मध्य एसिया हो ।

सन् २०२२ को अन्त्यसम्ममा नीति बैंकले मध्य एसियाका पाँच देशमा ऊर्जा र स्रोत, पूर्वाधार र यातायातलगायतका क्षेत्रमा १३४ परियोजनालाई सहयोग गरिसकेको छ ।

प्रकाशित मिति : ८ जेठ २०८०, सोमबार  ७ : ५९ बजे

सर्वपक्षीय सरकार गठनका लागि विप्लवको दवाव

काठमाडौं– नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लवले राजनीतिक दलको

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर