मध्यपहाडी लोकमार्गमा फलफूल आयोजना सुरु  « Khabarhub

मध्यपहाडी लोकमार्गमा फलफूल आयोजना सुरु 


८ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

बागमती– मध्यपहाडी लोकमार्ग आसपास क्षेत्रलाई लक्षित गरी १२ अर्ब ५५ करोडको लागतमा वाग्मती प्रदेशसहित पाँचवटै प्रदेशको  पहाडी क्षेत्रमा फलफूल विकास आयोजना सुरु गरिएको छ । 

सो आयोजनामा ४० हजार घरधुरीलाई समेटिने लक्ष्य रहेको छ । पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना केन्द्रीय आयोजना व्यवस्थापन एकाइ काठमाडौँको आयोजना तथा बागमती प्रदेशस्तरीय आयोजना व्यवस्थापन एकाइ हेटौँडाको समन्वयमा हेटौँडामा आज आयोजित बागमती प्रदेशस्तरीय अभिमुखीकरण गोष्ठीमा सो जानकरी दिइएको हो ।

सन् २०२९ सम्म सञ्चालन हुने उक्त आयोजना लागू भएका पाँच वटा प्रदेशका एक सय वटा स्थानीय तहका नागरिकको कृषिमा आधारित आम्दानी बढाउनका लागि १० हजार घरधुरीको सहभागितामा एक हजार हेक्टरमा तरकारी तथा अन्य रैथानेबाली खेती र ३० हजार घरधुरीको सहभागितामा १० हजार हेक्टरमा बगैँचा स्थापना गर्ने लक्ष्य रहेको सो कार्यक्रममा जानकारी दिइएको हो ।

मध्यपहाडी लोकमार्ग आसपासका क्षेत्रलाई लक्षित गरी सुरु गरिएको सो  आयोजनाअन्तर्गत आयोजना कार्यावन्यन अवधिमा काष्टफल, फलफूल  र तरकारी तथा रैथानेवालीमा गरी ४० हजार घरधुरी समेटिने बताइएको छ । पहाडीक्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना केन्द्रीय व्यवस्थापन एकाइ काठमाडौँका निर्देशक राजेन्द्र कोइरालाले आयोजना बागमती प्रदेशको सिन्धुपाल्चोक, नुवाकोट र धादिङ जिल्लाका आठ स्थानीय तहमा सञ्चालन हुने बताउँदै त्यहाँ कागजी बदाम, स्याउ, एभोकाडो, कागती, सुन्तला, जुनार, किवी, मेकाडेमिया, पिकानट तथा ओखरको बगैँचा स्थापना गरिने जानकारी दिएका छन् ।

बगैँचा स्थापनामा नसमेटिएका घरधुरीलाई तरकारी तथा अन्य रैथाने बालीको उत्पादनमा समेटिने कार्यक्रम रहेको उनीद्वारा प्रस्तुत विवरणमा जनाइएको छ । एशियाली विकास बैंकको सहुलियतपूर्ण ऋण तथा अनुदान, विश्व कृषि तथा  खाद्य सुरक्षा कार्यक्रमको अनुदान तथा प्राविधिक सहयोग र नेपाल सरकारको संयुक्त लगानीमा आयोजना सञ्चालन हुन लागेको जानकारी दिए । 

आयोजनाअन्तर्गत ५० लाखभन्दा माथिको अनुदान सम्बन्धित केन्द्रीय आयोजना व्यवस्थापन एकाइमा जाने र अन्य प्रस्ताव प्रदेश आयोजनाबाट सम्पादन हुनेछ । बागमती प्रदेशमा सुन्तला, मेकाडेमिया नट र कागती तीन सय हेक्टरमा  एभोकाडो एक सय ५० हेक्टरमा तथा ओखरको सय हेक्टरमा बगैँचा स्थापना गर्ने लक्ष्य रहेको छ । 

आयोजनाअन्तर्गत त्रिशूली तथा किर्तिपुरस्थित बागवानी केन्द्रको संस्थागत सुधार र संरक्षण गरिने बताइएको छ । सो अवसरमा बागमती प्रदेशको कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा शरणकुमार पाण्डेले कृषि क्षेत्रको विकासका लागि प्रविधि तथा पूर्वाधारको विकास आवश्यक रहेको बताउँदै यो आयोजना सफल होस् भन्ने कामना गरेका छन् ।

प्रकाशित मिति : ८ जेठ २०८०, सोमबार  ६ : ५५ बजे

थाइल्यान्डले सीमा क्षेत्रमा मूर्ति हटायो

एजेन्सी– थाइल्यान्ड सरकारले आफ्नो सेनाले कम्बोडियासँगको विवादित सीमा क्षेत्रमा रहेको

नाग्म–गमगढी मार्गमा सात पुल निर्माण

जुम्ला– नाग्म–गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ ।

दीक्षित आमा भन्छन्- इच्छाशक्ति र परिवारको साथ मिले सफलताको ढोका बन्द हुँदैन

काठमाडौं– बच्चा हुर्काउँदै अध्ययनलाई निरन्तरता दिनु पक्कै पनि सामान्य होइन्

स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान

एजेन्सी – रूसी आणविक–सक्षम बमवर्षक विमानहरूले स्क्यान्डिनेभियाको उत्तरतर्फ पर्ने नर्वेजियन

निर्वाचनको वातावरण बनाउनुपर्नेमा उपसभापति गुरुङको जोड

पाटन– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड