कमला नदीमा नियमविपरीत नदीजन्य पदार्थ उत्खनन रोक्न माग गर्दै ज्ञापन « Khabarhub

कमला नदीमा नियमविपरीत नदीजन्य पदार्थ उत्खनन रोक्न माग गर्दै ज्ञापन


८ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चुरे संरक्षण तथा पर्यटन प्रवर्द्धन फाउण्डेसन नेपालले जिल्लाको विभिन्न स्थाबाट हुँदै आएको अवैध तथा अनियन्त्रित नदीजन्य पदार्थ उत्खननको नियमन तथा नियन्त्रण गनुपर्ने मागसहित जिल्ला प्रशासन कार्यालय सिरहामा ज्ञापनपत्र बुझाएको छ ।

नेपाल सरकारले तोकेको मामदण्डविपरीत तथा वातावरणमा प्रतिकुल प्रभाव पर्नेगरी भएको उत्खनन रोक्न माग गर्दै फाउण्डेशनका अध्यक्ष विष्णुकुमार साहको नेतृत्वसहितमा गएको टोलीले जिल्ला प्रशासन कार्यालय सिरहाका प्रमुख भोजराज खतिवडामार्फत विभिन्न सरोकारबाला निकायलाई ज्ञापनपत्र बुझाएको हो ।

फाउण्डेसनले बुझाएको ज्ञापनपत्रमा जिल्लाको विभिन्न नदी तथा स्थानबाट मापदण्ड विपरित भइरहेको उत्खन्नले वातावरणिय असन्तुलन, चुरे विनास, भूक्षय तथा पानीका मुहान सुक्न थालेकाले मापदण्ड विपरितका उत्खन्न तत्काल रोक्न माग गरेको छ ।

ज्ञापनपत्रमा भनिएको छ, ‘यसअघि पनि कमला बचाउ अभियानको नाममा स्थानीय किसान, राजनीतिक दल, नागरिक समाजले उठाउँदै आएको आवाजप्रति ऐक्यवद्धता जनाउँदै उहाँहरूले उठाएकोमाँग छिटोभन्दा छिटो पुरा गर्न सरोकारबालासँग अपिल गर्दछु ।’

विशेष गरेर सिरहा धनुषाको सीमाना भएर बग्ने धार्मीक, सामाजिक तथा सांस्कृतिक महत्वको कमला नदीबाट राज्यले तयगरेको मापदण्ड विपरीत नदीजन्य पदार्थ अवैध रुपमा उत्खन्न भइरहेकोप्रति फाउण्डेसनको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

प्रकाशित मिति : ८ जेठ २०८०, सोमबार  ७ : ५६ बजे

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा