विश्वकप छनोट : आज वेस्ट इन्डिजसँग पहिलो पटक प्रतिस्पर्धा गर्दै नेपाल | Khabarhub Khabarhub

विश्वकप छनोट : आज वेस्ट इन्डिजसँग पहिलो पटक प्रतिस्पर्धा गर्दै नेपाल


७ असार २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जिम्बावेमा जारी आईसीसी विश्वकप छनोटमा आज (बिहीबार) नेपालले वेस्ट इन्डिजसँग पहिलो पटक प्रतिस्पर्धा गर्दैछ ।

नेपालले दुई पटकको एकदिवसीय तथा टी–ट्वान्टी विश्वकप च्याम्पियन बनेको वेस्ट इन्डिजसँग विश्वकप छनोटमा पहिलो भेट गर्न लागेको हो ।

खेल बिहीबार दिउँसो जिम्बावेको हरारे स्पोर्टस् क्लबमा नेपाली समय अनुसार दिउँसो पौने १ बजे सुरु हुँदैछ ।

विश्वकपको छनोट खेलमा दुई खेल खेलेको नेपालले दुई अंक जोडेको छ । पहिलो खेलमा जिम्बावेसँग आठ विकेटले पराजित नेपालले दोस्रो खेलमा अमेरिकालाई ६ विकेटले हराएको हो। आज पहिलो पटक वेस्ट इन्डिसँग प्रतिस्पर्धा गर्न लागेको नेपालले समूह चरणको अन्तिम खेल असार ९ गते नेदरल्यान्डसँग खेल्दैछ ।

एउटा मात्र खेल खेलेको वेस्ट इन्डिजले पहिलो खेलमा अमेरिकालाई पराजित गर्दै दुई अंक जोडेको छ । नेपाल रहेको समूह ‘ए’ मा जिम्बावे, अमेरिका, नेपाल, वेस्ट इन्डिज तथा नेदरल्यान्ड्स रहेका छन् ।

१० टोली सहभागी छनोट खेलको समूह ‘बी’ मा श्रीलङ्का, आयरल्याण्ड, स्कटल्याण्ड, ओमान र यूएई रहेका छन् ।

विश्वकप छनोट खेलमा शीर्ष तीन टोली सुपर सिक्समा प्रवेश गर्नेछन् । सुपर सिक्समा प्रत्येक टोलीले एक अर्कासँग खेलेपछि शीर्ष दुई टोली फाइनल पुग्नेछन् । फाइनल पुग्ने दुई टोली भारतमा हुने एक दिवसीय विश्वकपमा छनोट हुनेछन् ।

विश्वकपमा आयोजक भारत, पाकिस्तान, अस्ट्रेलिया, न्युजिल्यान्ड, बङ्गलादेश, इङ्गल्यान्ड, अफगानिस्तान र दक्षिण अफ्रिकाले स्थान बनाइसकेका छन् । यो प्रतियोगिताबाट थप दुई देश विश्वकपमा छनोट हुनेछन् ।

प्रकाशित मिति : ७ असार २०८०, बिहीबार  ५ : ५५ बजे

भानु जयन्तीको पूर्वसन्ध्यामा भानु रथयात्रा

काठमाडौं– भानु जयन्तीको पूर्वसन्ध्यामा विराटनगर प्रज्ञा प्रतिष्ठानले शनिबार विराटनगरमा भानु रथयात्रा

चार वर्षपछि हट्यो फिफाको आर्थिक बन्देज, एन्फा नेतृत्व सफल भएको दाबी

काठमाडौं– आर्थिक अपारदर्शिता र भ्रष्टचारको आरोपमा चार वर्षदेखि विश्व फुटबल

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्‌घाटन

फिक्कल– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित