आज रास्वपाको स्थापना दिवस, चियापान कार्यक्रममा सबै दललाई निमन्त्रणा | Khabarhub Khabarhub

आज रास्वपाको स्थापना दिवस, चियापान कार्यक्रममा सबै दललाई निमन्त्रणा


७ असार २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज स्थापनाको पहिलो वार्षिकोत्सव मनाउँदै छ । स्थापना दिवसको अवसरमा रास्वपाले चियापान कार्यक्रम गर्ने भएको छ ।

बालाजुस्थित पार्टी कार्यालयमा दिउँसो १ बजेदेखि सुरु हुने चियापानमा सबै राजनीतिक दलका मूल नेतृत्वलाई बोलाइएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, विभिन्न दलका अध्यक्ष तथा सभापति, कूटनीतिक नियोगका प्रमुख, निजी क्षेत्रका संघ संस्थाका प्रमुख लगायतलाई आमन्त्रण गरिएको रास्वपाले जनाएको छ ।

दलका प्रमुख सचेतक, सचेतकलाई पनि चियापानमा बोलाइएको छ । 

गत वर्ष असार ७ गते स्थापना भएको रास्वपाले यही असार १ गतेदेखि साताव्यापी वार्षिकोत्सव मनाउँदै आएको छ ।

यो अवधिमा रास्वपाले वृक्षरोपण, देशैभर वडा भेला र वडा समिति गठन, सामुदायिक स्कुल तथा अस्पताल सरसफाइ, रक्तदान आदि कार्यक्रम गरेको छ । साताव्यपी कार्यक्रमको अन्तिम दिन आज चियापानको आयोजना गरेको हो ।

रवि लामिछानेको नेतृत्वमा स्थापना भएको रास्वपाले एक वर्ष नबित्दै प्रतिनिधिसभामा २१ सिटसहित दरिलो उपस्थिति जनाएको छ।

प्रकाशित मिति : ७ असार २०८०, बिहीबार  ६ : ३० बजे

बाढी र पहिरोले पाँच राजमार्ग अवरुद्ध

काठमाडौं – बाढी र पहिरोका कारण आज देशका विभिन्न पाँच

‘खेलको माध्यमबाट खेलाडी आयआर्जन गर्ने अवस्था बनिरहेको छ’

मोरङ– युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सरकारले खेलाडीलाई खेलको माध्यमबाट

पर्यटकको गन्तव्य बाजुराको ‘वीरेखोला झरना’ 

धनगडी – समयसँगै मानव स्वभाव र रुचिहरू फेरिएको देखिन्छ । घरपरिवार

टिचिङमा इर्मजेन्सी १५ शैय्या र आधुनिक एमआरआईको उद्‌घाटन

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले त्रिवि शिक्षण अस्पतालमा