मंकीपक्सका लक्षण र रोकथामको उपाय « Khabarhub

मंकीपक्सका लक्षण र रोकथामको उपाय


७ असार २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं नेपालमा पहिलो पटक मंकीपक्स भाइरस सङ्क्रमण देखिएको छ। शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा ६० वर्षीया विदेशी महिलामा मंकीपक्स भाइरस (एमपक्स) को सङ्क्रमण देखिएको हो। विश्वभर हाल १११ देशमा फैलिसकेको मंकीपक्स भाइरस सङ्क्रमण नेपालमा पनि देखिइसकेको छ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले मंकीपक्स भाइरस नियन्त्रणमा लिन सकिने पनि जनाएको छ। सन् १९८० मा बिफरको उन्मूलन र विश्वव्यापी विफर खोपको अन्त्यपछि मंकीपक्स मध्य, पूर्वी र पश्चिम अफ्रिकामा निरन्तर देखापरिरहेको छ। यो भाइरसका कारण शरीरमा फोका र ज्वरोलगायतका लक्षण देखिन्छन्। त्यसैले के हो त मंकीपक्स भाइरस भनेको ? यसका लक्षण के के हुन् ? रोकथाम तथा बच्ने उपायहरू के कस्ता छन् त ? यी नै विषयमा आधारित रहेर खबरहबका लागि सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुनसँग गरिएको कुराकानीको सम्पादित अंश :

मंकीपक्स भाइरस भनेको के हो ? हामीले यसलाई कसरी बुझ्ने ?
मंकीपक्स भनेको भाइरसबाट हुने एक किसिमको सरुवा रोग हो। यो रोग मानिसबाट मानिसमा वा जनावरबाट मानिसमा सर्ने गर्दछ। यदि यो नेपालमा कसैलाई आएको छ भने सहज रूपमा पत्ता लगाउन गाह्रो हुन्छ। हाम्रो जस्तो देशमा लाजले पनि रोगको सही रूपमा खुलेर परीक्षण गराएको पाइँदैन। युरोपको कुरा गर्नु पर्दा बाहिरी अंगमा भन्दा पनि भित्री अंगमा बढी सङ्क्रमण हुने गरेको पाइन्छ। नेपालमा पनि त्यस्तो भयो भने सहजै कति जनामा फैलियो भनेर पत्ता लगाउन सकिँदैन।

मंकीपक्सका लक्षणहरू के-के हुन् ?
अफ्रिकाबाट फैलिएको यो भाइरस जुन हामीले सुन्दै पढ्दै आएको थियौँ। त्यो भन्दा अलिक फरक किसिमले फैलिएको पाइन्छ। तर अफ्रिका भित्रको कुरा गर्ने हो भने ज्वरो आउने जिउ दुख्ने, हात खुट्टा सुनिने र दोस्रो चरणमा साना ठुला खटिरा आउने हुन्छ। यसको मृत्युदर १ देखि १० प्रतिशतसम्म भन्ने गरिन्छ। मध्य अफ्रिका र पश्चिम अफ्रिकामा गरेर दुई प्रकारको देखिन्छ। पश्चिम अफ्रिकाको अलि कम घातक मानिन्छ।

मंकीपक्स सङ्क्रमण भएपछि मानिसमा ज्वरो आउने, अनुहार, हत्केला र पैतालामा डाबर देखा पर्ने, डाबर परिवर्तन भएर फोका हुँदै पाप्रा लागेर उप्किँदै जाने, टाउको ढाड र मांसपेशी दुख्ने, शरीरका ग्रन्थी बढ्ने जस्ता लक्षण देखिन्छन्। बिमिरा, ठेउला, दादुरा र घाउ जस्तो देखियो भने यो रोग छाला तथा यौन रोग विशेषज्ञले हेर्ने हो। त्यहाँ गएर परीक्षण गरेपछि मात्र यो भाइरस भएको नभएको थाहा हुन्छ।

के को माध्यमबाट यो रोग सर्छ ?
एमपक्स रोग सङ्क्रमित व्यक्ति वा सङ्क्रमित पशुसँगको सम्पर्कमा आउँदा सर्न सक्छ। घाउ-खटिरा-बिमिराको सम्पर्कमा आउँदा, हाम्रो शरीरबाट निस्किएको तरल पदार्थ (जस्तै थुक, र्यालको सम्पर्कबाट सर्छ, सङ्क्रमित बाँदर, मुसा, लोखर्केलगायत जनावरबाट यो रोग सर्छ, भाइरस भएको ओछ्यान र लुगाकपडाबाट पनि सर्ने गर्छ ।

मंकीपक्स रोकथामका उपाय के के हुन् ?
यो भाइरस संक्रमणबाट बच्न विभिन्न उपाय अपनाउन सकिन्छ। जसलाई बुँदागत रुपमा निम्न अनुसार उल्लेख गर्न सकिन्छ।

– मंकीपक्स भाइरसको रोकथामका लागि एमपक्सको शंका वा पुष्टि भएका व्यक्तिसँग असुरक्षित सम्पर्कमा जानु हुँदैन।
– परिवारमा कोही सङ्क्रमित भए त्यो व्यक्तिलाई घर वा अस्पतालमा आइसोलेसनमा राख्नुपर्छ। जसले गर्दा अरूमा सर्न पाउँदैन।
– जहिले पनि नियमित रूपमा साबुनपानीले हात धुने वा स्यानिटाइजरको प्रयोग गर्नुपर्छ।
– सङ्क्रमित व्यक्तिले लगाएका लुगा, प्रयोग गरेको तौलिया, ओछ्यान र भाँडाहरू तातो पानीले वा साबुनपानीले मजाले धुने गर्नुपर्छ।
– मरेका जनावरको सम्पर्कमा जानु हुँदैन।
– सङ्क्रमितको सम्पर्कमा आएको व्यक्तिले तुरुन्तै आफ्नो स्वास्थ्य परीक्षण गर्नुपर्छ।
– मासुजन्य खानेकुरा राम्ररी पकाएर मात्र खानुपर्छ।
– घर वरपरका फोहोरमैलालाई उचित स्थानमा व्यवस्थापन गर्नुपर्र्छ।
– यो गर्मी मौसममा धेरै सरुवा रोगको संक्रमण बढ्छ। जस्तो ज्वरो हैजा, झाडापखाला, जन्डिस सबै छन्। पहिलेदेखि नै पहिचान भएका रोगहरू बढी सक्रिय रहेका छन्। त्यसैले समयमा नै सतर्कता अपनाउन निकै आवश्यक छ।

प्रकाशित मिति : ७ असार २०८०, बिहीबार  ७ : ०३ बजे

धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध खोलिँदै

बैतडी- भारतको उत्तराखण्डस्थित धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँधका ढोका ४८ घण्टाका लागि

‘समृद्धिको महान् उद्देश्य लिँदा कहिलेकाहीँ धक्का लाग्छ, पार्टीलाई बलियो बनाए माथि उठ्न सकिन्छ’

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई बलियो बनाएर

एमालेका मनोनीत केन्द्रीय सदस्यहरुले गरे शपथ ग्रहण

काठमाडौं– नेकपा एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले शपथग्रहण गरेका छन् ।

भाषा आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष भाषा आयोगका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद न्यौपानेले

करदाता प्रोत्साहन उपहार : पर्साका लालबाबुले पाए १० लाख

काठमाडौं– करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोज १ देखि १५ गतेसम्मको