तापक्रम ह्वात्तै घट्यो, देशका विभिन्न स्थानमा भारी वर्षा « Khabarhub

तापक्रम ह्वात्तै घट्यो, देशका विभिन्न स्थानमा भारी वर्षा


२८ जेठ २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मौसम बदली भई देशका विभिन्न क्षेत्रमा वर्षा भएकाले तापक्रम ह्वात्तै घटेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशमा सबैभन्दा उच्च तापक्रम भैरहवामा ३२.६ र धनगढीमा ३२.३ डिग्री रहेको छ । तापक्रम घट्दा देशभर शीतल महसुस भएको छ ।

अन्य जिल्लामा त्योभन्दा कम नै तापक्रम रहेको छ । तीन दिन अघि केही जिल्लामा ४१ डिग्री नाघेको तापक्रम आज घटेको हो । यसैबीच आज पछिल्लो २४ घण्टामा विभिन्न जिल्लामा भारी वर्षा भएको छ । विभागका अनुसार धनुषा महोत्तरी, बारा, मोरङ, मकवानपुर, नवलपरासी पूर्व, तनहुँलगायत जिल्लाका केही मापन केन्द्रमा भारी वर्षा मापन भएको छ ।

विभागको मौसम पूर्वानुमान महाशाखाचले आज साँझ जारी गरेको बुलेटिनअनुसार आज राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको एक–दुई स्थानमा भारी वर्षा हुने अनुमान गरिएको छ ।

विभागका सूचना अधिकारी दिनकर कार्यस्थका अनुसार जेठ २९ गते शुक्रबार कोशी, मधेश र बागमती प्रदेशलगायत देशको हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्ने तथा बाँकी तराई भू–भागमा आंशिक बादल लाग्ने जनाइएको छ ।

कोशी र मधेश प्रदेशलगायत देशको हिमाली र पहाडी भू–भागका थोरै स्थानहरू तथा बागमती, सोही कारण गण्डकी र लुम्बिनी प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना रहेको जनाइएको छ ।

हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा तथा स्थानीय वायूको प्रभाव रहेको छ ।

प्रकाशित मिति : २८ जेठ २०८३, बिहीबार  १० : ४५ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले