बाढीपहिरोले बाटो अवरुद्ध भएपछि विद्यार्थीको पढाइ प्रभावित « Khabarhub

बाढीपहिरोले बाटो अवरुद्ध भएपछि विद्यार्थीको पढाइ प्रभावित


७ असार २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ– ताप्लेजुङको पूर्वी क्षेत्रमा निरन्तर वर्षासँगै बाढीपहिरोका कारण विद्यार्थीको पढाइ प्रभावित भएको छ । बाढीपहिरोको कारण बाटो घाटो अवरुद्ध भएकाले विद्यालय जाने अवस्था नभएपछि सिदिङ्वासिरिजङ्घा गाउँपालिकामा अध्ययनरत विद्यार्थीको पढाइ प्रभावित भएको हो ।

गत शुक्रबार, शनिवार र आइतबार निरन्तर वर्षाका कारण बाढीपहिरोले सिरिजङ्गा गाउँपालिका–८ आम्फुदीनका रहेको कञ्चजङ्घा माध्यमिक विद्यालय उच्च जोखिममा रहेको छ । सो विद्यालय जोखिममा पर्दा त्यहाँ अध्ययनरत एक सय २२ विद्यार्थीको पढाइ प्रभावित भएको सिरिजङ्घा गाउँपालिका शिक्षा शाखाले जनाएको । 

जताततै पहिरो गएकाले बाटो अवरुद्ध भएको छ । बाढीले पुल बगाएसँगै खोला तरेर जान सम्भव नभएकाले सिरिजङ्गा गाउँपालिकाले अनिश्चितकालका लागि विद्यालय बन्द गरेको सिरिजङ्गा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत स्काइ पोखरेलले बताए ।

सिरिजङ्घा गाउँपालिकामा ४२ वटा विद्यालय सञ्चालनमा रहेको छ । बाढीपहिरोको कारणले अहिले गाउँपालिकाका सबै विद्यालय अनिश्चितकालका लागि बन्द भएको छ । 

त्यस्तै सिदिङ्वा गाउँपालिकामा ३९ वटा विद्यालय रहेको छ । सिदिङ्वा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रुद्रप्रसाद बेघाका अनुसार ३९ विद्यालयमा तीन हजार एक सय विद्यार्थी अध्ययनरत रहेका छन् । तर अहिले बाढी पहिरोका कारण सबै शैक्षिक संस्था बन्द गरिएको बेघाले बताए ।

बाढीपहिरोको कारण आउँदो बर्खे बिदामा मिलाउने गरी साउन ६ गतेसम्मका लागि विद्यार्थीलाई बिदा दिएको गाउँपालिकाले जनाएको छ । निरन्तर वर्षा र बाढीपहिरोले गर्दा विद्यालय आउजाउमा समस्या भएकाले पाथीभरा याङ्वरक गाउँपालिकाले यही असार ८ गतेसम्मका लागि विद्यालयमा बिदा दिएको गाउँपालिकाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार सिदिङ्वा गाउँपालिका–६ मेहेले गाउँमा गत शनिबार राति गएको बाढीपहिरोले बगाएको चार जनामध्ये एकै घर परिवारका तीन जना अझै बेपत्ता रहेका छन् । 

एक जनाको सोही दिन शव फेला परेको थियो । सोही गाउँमा आइतबार बिहान पहिराले तीन जना बगाएको थियो । एकै घरका बाबु छोराको शव भेट्टिएको थियो भने एक जनाको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरेर विराटनगरको न्युरो अस्पतालमा उपचार भइरहेको छ । 

प्रकाशित मिति : ७ असार २०८०, बिहीबार  ८ : ०२ बजे

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा

दमकमा रास्वपा कार्यकर्ताद्वारा आक्रमण गरिएको भन्दै एमालेद्वारा भर्त्सना

दमक (झापा)- नेकपा (एमाले)ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताले आफ्ना

निर्वाचन शान्तिपूर्ण र निष्पक्ष रूपमा सम्पन्न गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री

काठमाडौं- सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुने

तोडियो चुनावअघि गठबन्धन गर्ने दलहरूको परम्परा

काठमाडौं – दलहरुबीच चुनावअघि नै गठबन्धन गर्ने परम्परा यसपटक उल्टिएको