आजको तरकारी तथा फलफूलको मूल्य कति ? « Khabarhub

आजको तरकारी तथा फलफूलको मूल्य कति ?


७ असार २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सार्वजनिक गरेको छ । सार्वजनिक मूल्यअनुसार ठूलो गोलभेडा (नेपाली) प्रतिकेजी ३७ रुपैयाँ ५० पैसा, भारतीय गोलभेडा ४२ रुपैयाँ ५० पैसा, टनेल गोलभेडा १२ रुपैयाँमा किनबेच भइरहेको छ ।

यस्तै, रातो आलु ४३ रुपैयाँ ६० पैसा, भारतीय रातो आलु ३५ रुपैयाँ ५० पैसा, मुडेको रातो आलु ३७ रुपैयाँ ३३ पैसा, सेतो आलु ३४ रुपैयाँ ५० पैसा मूल्य तोकिएको छ ।

यसैगरी,  सुकेको प्याज ४८ रुपैयाँ २० पैसा, लोकल गाजर ११५ रुपैयाँ, लोकल बन्दा १२ रुपैयाँ ४० पैसा, स्थानीय काउली र सखरखण्ड ८५ रुपैयाँ, स्थानीय ज्यापु काउली १०५ रुपैयाँ रहेको छ ।

रातो मूला २७ रुपैयाँ ५० पैसा, लाम्चो भन्टा र चिचिण्डो ३५ रुपैयाँ, तने बोडी, निगुरो ८५ रुपैयाँ, मकै बोडी, लोकल सिमी र झिगूनी ४५ रुपैयाँ, भटमासकोशा ९५ रुपैयाँ, लौका, घिरौला र बुलेट खुर्सानी ६५ रुपैयाँ, भिण्डी ७८ रुपैयाँ कायम गरिएको छ ।

यस्तै, तोरीको साग ३५ रुपैयाँ, कन्य च्याउ २२५ रुपैयाँ, डल्ले च्याउ ३५६ रुपैयाँ, कुरिलो र गुन्द्रुक, २७५ रुपैयाँ, ब्रोकाउली ९५ रुपैयाँ, सेलरीपुदीना १३५ रुपैयाँ, कागती १६३ रुपैयाँ ३३ पैसा, कायम गरिएको छ । 

फलफूल अन्तर्गत दसहरी आँप ८५ रुपैयाँ, मालदह आँप ७६ रुपैयाँ, मौसम १९० रुपैयाँ, अनार ४२५ रुपैयाँ, लोकल काँक्रो ९० रुपैयाँ, रूख कटहर ३५ रुपैयाँ, लोकल लिच्ची १२५ रुपैयाँ, किवी ७५० रुपैयाँ र आभोकाडो ६५० रुपैयाँ तोकिएको छ । 

प्रकाशित मिति : ७ असार २०८०, बिहीबार  ८ : ५० बजे

सङ्घीय अनुदानमा कार्यरत शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढाउने सरकारको निर्णय

काठमाडौं– शिक्षा तथा खेलकुद मन्त्रालयको प्रस्तावमा सरकारले सङ्घीय अनुदानमा कार्यरत

प्रधानमन्त्रीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहसँग मन्त्रीहरूले चालु आर्थिक वर्षमा गरिने मुख्य

एनसेलको अन्तर्राष्ट्रिय आउटगोइङ् कलमा ६० सेकेन्ड पल्स दर लागु

काठमाडौं– एनसेलले १९८ गन्तव्य मुलुकहरुका लागि आफ्नो अन्तर्राष्ट्रिय आउटगोइङ् अर्थात बहिर्गमन

अपाङ्गता अधिकारसम्बन्धी मूट कोर्ट प्रतियोगिता सुरु

काठमाडौं– अपाङ्गता अधिकार, मानव अधिकार तथा अन्तर्राष्ट्रिय कानुनबारे कानुनका विद्यार्थीलाई

कृषि बीमा अब प्रदेश सरकारले हेर्ने, १ करोडसम्मको बीमामा ८० प्रतिशत अनुदान, सो भन्दा माथि ५० मात्रै

काठमाडौं– सरकारले कृषि, पशुपन्छी तथा जडीबुटी व्यवसायमा हुन सक्ने आर्थिक