एकीकृत समाजवादी संसदीय दलको बैठक बस्दै | Khabarhub Khabarhub

एकीकृत समाजवादी संसदीय दलको बैठक बस्दै


७ असार २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल (एकीकृत समाजवादी) पार्टीको संसदीय दलको बैठक आज बस्दैछ ।

एकीकृत समाजवादी (एस)का बहुसंख्यक सांसद आगामी आर्थिक वर्षको बजेटको विपक्षमा उभिएपछि यसबारे छलफल गर्न बैठक बोलाएको हो ।

संसदीय दलको कार्यालयमा दिउँसो २ बजे बस्ने बैठकमा समसामयिक राजनीतिक विषयवस्तु तथा बजेटमाथि छलफल हुने बताइएको छ।

नेकपा एसले बजेटमाथि असन्तुष्टि जनाउँदै आएको छ । पार्टीका सांसदहरुले बजेट संशोधन नगरे पारित विपक्षमा मतदान गर्ने अध्यक्ष माधवकुमार नेपाललाई जानकारी दिइसकेका छन् ।

बजेटमा माओवादी केन्द्र र नेपाली कांग्रेसले एकलौटी गरेको, जिल्लागत सन्तुलन नमिलाएको भन्दै एकीकृत समाजवादीका सांसदहरू असन्तुष्ट छन् । 

प्रकाशित मिति : ७ असार २०८०, बिहीबार  ९ : ५३ बजे

श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ 

झापा– झापामा एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् । कनकाई

रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण निवेदन न्यायाधीशद्वय पोखरेल र ढकालको इजलासमा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बन्दी

५२ संवैधानिक पदाधिकारी नियुक्त विरुद्धको रिटमा सुनुवाइ हुँदै

काठमाडौं– संवैधानिक आयोगका ५२ पदाधिकारीविरुद्धको रिटमाथि सर्वोच्च अदालतमा आजदेखि पुनः

सुनको मूल्यमा गिरावट, कतिमा भइरहेछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

ट्रक पल्टिँदा अवरुद्ध नारायणगढ–मुग्लिन सडक एकतर्फी खुल्यो 

चितवन– चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा ट्रक पल्टिँदा अवरुद्ध भएको नारायणगढ–मुग्लिन