अर्घाखाँचीको नरपानी र सुपा देउरालीमा पर्यटकको वृद्धि | Khabarhub Khabarhub

अर्घाखाँचीको नरपानी र सुपा देउरालीमा पर्यटकको वृद्धि


७ असार २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


315
Shares
  • change font
  • change font
  • change font

अर्घाखाँची– अर्घाखाँचीको सन्धिखर्क–६ नरपानीडाँडा चिसो हावापानीका प्रसिद्ध छ । यहाँबाट धेरै हिमाल देख्न पाइन्छ । मनमोहक दृश्य देख्न पाइने हुँदा गर्मीयाममा तराईबाट गर्मी छल्न यहाँ धेरै पर्यटक आउने गर्छन । यहाँ भारतबाट समेत पर्यटक आउने गरेका छन् ।

पहाडको मनोरम दृश्यले भरिपूर्ण नरपानी प्रमुख वनभोजस्थलको रुपमा विकसित हुँदै गएको छ । गर्मीको समय आजभोलि पनि सर्वसाधारण यहाँ आउने गरेका छन् । 

सन्धिखर्क–६ नरपानीका पूर्ववडाध्यक्ष कृष्णबहादुर आचार्य कोरोना महामारीका कारण केही समय आवत जावत बन्द भए पनि फेरि आन्तरिक तथा बाह्य पर्यटक आउने क्रम बढिरहेको बताउँछन् ।

महेन्द्र राजमार्गको कपिलवस्तु गोरुसिङ्गेबाट ५० किलोमिटरको दूरीमा नरपानीमा पुग्न सकिन्छ । गोरुसिङ्गे सन्धिखर्क सडकमा पर्ने यस क्षेत्रमा पछिल्लो समय भारतीय पर्यटक बढी आउने गरेका छन् ।

सुपा देउरालीमा धार्मिक विश्वासका साथ पाठापाठी चढाउन आउने र देउरालीमा चढाएका पाठापाठी लिएर नरपानीमा वनभोज खाने गर्दछन् । यहाँ वरिपरि हरियाली छ । बीचमा समथर भूभाग छ । भविष्यमा यस क्षेत्रले थप फड्को मार्ने अध्यक्ष आचार्यको विश्वास छ ।

सुपा देउरालीको दर्शन गरेपछि मनले चिताएको पुग्ने धार्मिक विश्वास छ । कडा चट्टानका बीच निर्माण भएको सडक र त्यही सडकको छेउमा मन्दिर छ । कुनै अप्ठ्यारो समस्या आएको बेलामा सुपा देउरालीलाई भाकल गरे समस्या टर्ने विश्वास छ । त्यसैले यहाँ पाठी, बोका, भाकल गरी बलि चढाइन्छ ।

दैनिक झण्डै तीन हजार व्यक्तिले दर्शन गर्ने गरेको सुपा देउराली मन्दिर संरक्षण समितिका अध्यक्ष फर्सबहादुर केसीले बताए । मासिकरुपमा लाखौँ भेटी उठ्ने गर्छ । सन्धिखर्क-७ खाँचीकोटस्थित सुपा देउराली मन्दिरमा उठेको  भेटीबाट दुई विद्यालय सञ्चालनका साथै विकास निर्माणका काम भइरहेका छन् । 

मन्दिरमा चढाएको भेटीबाट सन्धिखर्क–७ स्थित आदर्श माध्यमिक विद्यालय खाँचीकोट, शीतगङ्गा नगरपालिकाको शान्ति आधारभूत विद्यालय, सीता आधारभूत विद्यालय र देउराली आधारभूत विद्यालयमा गरी १० निजी शिक्षक राखेर विद्यालय सञ्चालन गरिएको छ । 

मासिकरुपमा सन्धिखर्क खाँचीकोटको आदर्श माध्यमिक विद्यालयमा ७० हजार, शीतगङ्गा–२ को शान्ति आधारभूत विद्यालयमा  ६२ हजार पाँच सय, सीता आधारभूत विद्यालयमा २१ हजार छ सय र देउराली आधारभूत विद्यालयमा ११ हजार छ सय खर्च हुने गरेको सुपादेउराली मन्दिर संरक्षण समितिका सचिव हरि खनालले बताए ।

भेटीबाट अनाथ, असहाय र दैवी प्रकोपमा परेका परिवारलाई आर्थिक सहयोग गर्नाका साथै अन्य मठमन्दिर पौवा, बाटोघाटो, बिजुली, खानेपानी, दैवीप्रकोप राहतलगायतका मानवीय सेवाका क्षेत्रमा खर्च गरिएको उनले जानकारी दिए । 

भेटीबाट मन्दिरमा पुजारी, कर्मचारी, पूजापाठमा चाहिने सामग्री खरिदमा गरिने खर्चका साथै ती विद्यालयमा चार/चारकोठे भवन पनि निर्माण गरिएको छ । मन्दिरको भेटीबाट निजी स्रोतका शिक्षक राखेर विद्यालयको पठनपाठनमा सहयोग पुगेको आदर्श माविका प्रधानाध्यापक डिल्लीराज थापाले बताए ।

सुपा मन्दिरको शिरमा जान सकिने केबुलकार र साहसिक पदमार्ग बनाउन सके यहाँ पर्यटन व्यवसायबाट पर्याप्त आम्दानी लिन सकिन्छ । 

सुपाको पूर्व रहेको भैँसी मेलामा मन्दिर बनाएर केबुलकार बनाउने, पश्चिमको सिद्ध मन्दिरमा आउने पुल बनाउने तथा साहसिक पदमार्गको निर्माण गर्नसके नेपालकै प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल बनाउन सकिने थापाले बताए । 

सुपा देउराली  पर्यटकीय गन्तव्य बनिसकेको छ । सन्धिखर्क गोरुसिङ्गे सडक खण्डसँगै जोडिएकाले पनि यसको महत्व बढ्दो छ । 

प्रकाशित मिति : ७ असार २०८०, बिहीबार  ११ : १५ बजे

बोर्ड अध्यक्षको पदभार ग्रहण गर्दै हुमागाईले भने- राष्ट्रिय विज्ञापन नीति जारी गर्छु

काठमाडौं– विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईले पदभार ग्रहण गरेका छन् 

दोलखाका ९ पालिकालाई ३ अर्ब ५४ करोड ३९ लाख संघीय अनुदान 

दोलखा-आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि संघीय सरकारले ३ अर्ब

नरेन्द्र मोदीको ‘स्टाइल’ पच्छ्याउँदै केपी ओली

काठमाडौं– दक्षिणी छिमेकी मुलुक भारतमा सन् २०१९ मा सम्पन्न लोकसभा

सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री सोडारीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं– सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री दीर्घबहादुर सोडारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले

गण्डकीको नियमावली खारेज हुँदा पठाओ चलाउनेलाई नै फाइदा !

काठमाडौं– गत जेठ १ गते गण्डकी प्रदेश सरकारले ल्याएको राइड