अप्पर लोहोरे खोला हाइड्रोपावरको आईपीओ बिक्री खुला « Khabarhub

अप्पर लोहोरे खोला हाइड्रोपावरको आईपीओ बिक्री खुला


७ असार २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अप्पर लोहोरे खोला हाइड्रोपावर लिमिटेडले आजदेखि आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ बिक्री खुला गरेको हो । 

कम्पनीले जारी पुँजीको ५० करोड ९८ लाख ४ हजार रुपैयाँको १० प्रतिशत अर्थात् ५ करोड ९ लाख ८० हजार रुपैयाँ बराबरको आईपीओ स्थानीय बासिन्दाहरूका लागि जारी गरेको हो ।

जसअनुसार यस कम्पनीले १०० अंकित मूल्यमा ५ लाख ९ हजार ८०४ कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्कासन गरेको छ ।

जसमध्ये २ लाख ५४ हजार ९०२ कित्ता सेयरमा दैलेख जिल्लाको अति आयोजना प्रभावित क्षेत्र नौमुले गाउँपालिका वडा नं ३ का बासिन्दाहरूले आवेदन दिन सक्नेछन् । बाँकी २ लाख ५४ हजार ९०२ कित्ता सेयरमा नौमुले गाउँपालिका वडा नं ३ का बासिन्दा बाहेक दैलेख जिल्ला बासिले आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

त्यस्तै, सर्वसाधारण लगानीकर्ताहरूका लागि छुट्याइएको सेयरको १० प्रतिशतले हुन आउने १ करोड ९८ लाख ८२ हजार ४ सय रुपैयाँ बराबरको सेयर विदेशमा रोजगार गरी रहेका नेपालीहरूका लागि निष्कासन भएको छ । जसअनुसार प्रतिसेयर १ सय अंकित दरले १ लाख ९८ हजार ८२४ कित्ता साधारण सेयर विदेशमा रोजगार गरी रहेका नेपालीहरूका लागि निष्कासन गरेको हो ।

दुवै समूहका लगानीकर्ताले यस कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २५ हजार कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् । आयोजन प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूले यसमा असार गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा साउन ५ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने असार २१ गतेभित्र आवेदन दिनु पर्नेछ । रेटिङ एजेन्सी केयर नेपालले यो आइपीओलाई केयर एनपी डबल बी माइनस रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटल रहेको छ ।

स्थानीय बासिन्दाले आयोजना स्थल, एनआईसी एसिया बैंक, ग्लोबल आइएमई बैंक र प्रभु बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूले सेयर खरिद आवेदन प्राप्त गर्नका लागि दरखास्त फारमबाट २ रुपैयाँ शुल्क बुझाउनु पर्नेछ । 

वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ ।

प्रकाशित मिति : ७ असार २०८०, बिहीबार  १२ : ३२ बजे

पर्वतको जलजलामा बायो कम्पोष्ट मल उद्योग सञ्चालन

पर्वत– पर्वतको जलजला गाउँपालिका–४ खोलाखेतमा स्थानीयले सामूहिक रूपमा लगानी गरेर

भोलि फेरि बस्नेगरी सकियो खड्काले डाकेको बैठक

काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले डाकेकोे पूर्वपदाधिकारीहरुको

विश्व सम्पदा दिवसमा महागौरी (पार्वती) मूर्ति मरूमा पुनर्स्थापना हुने

काठमाडौं– विश्व सम्पदा दिवसको अवसरमा महागौरी (पार्वती) देवीको ऐतिहासिक मूर्ति

लघुकथाकृति ‘आमाको आँखा’ को लोकार्पण

काठमाडौं– लघुकथाकार शोभा अधिकारीको पहिलो लघुकथाकृति ‘आमाको आँखा’ को आज

लेबनानमा भएको हमलामा एक शान्ति सैनिकको मृत्यु, तीन घाइते

काठमाडौं- लेबनानमा तैनाथ संयुक्त राष्ट्रसंघीय शान्ति सेना (युनिफिल) माथि आक्रमण