माओवादीले बोलायो केन्द्रीय समिति बैठक | Khabarhub Khabarhub

माओवादीले बोलायो केन्द्रीय समिति बैठक


७ असार २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) ले केन्द्रीय समितिको बैठक आह्वान गरेको छ । यही असार २३ गतेदेखि राजधानीको प्रज्ञा-प्रतिष्ठानमा बस्ने गरी बैठक बोलाइएको छ ।

बैठकमा केन्द्रीय सदस्य, वैकल्पिक केन्द्रीय सदस्य, आयोगका सदस्य र प्रदेशका पदाधिकारी गरी करिब सात सय सहभागी हुने केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए। केन्द्रीय सदस्य तीन सय ८६ र वैकल्पिक केन्द्रीय सदस्य दुई सय दुई गरी माओवादीको केन्द्रीय समिति पाँच सय ८८ सदस्यीय रहेको छ । माओवादीमा तीन आयोग, सात भौगोलिक र तीन गैरभौगोलिक प्रदेश रहेका छन् । 

माओवादीले भुक्तानी गर्नुपर्ने बक्यौता तथा लेबी समयमै पूरा गर्न मातहतका संगठनलाई निर्देशन दिएको छ । लामो समयदेखि माओवादीको केन्द्रीय समिति बैठक बस्न सकेको छैन । माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीमा नियुक्त भएपछि  ‘भर्चुअल’ रुपमा केन्द्रीय समिति बैठक बसेको थियो । 

यसअघि गत वर्ष असारमा केन्द्रीय समिति बैठक बसेको थियो । गत मङ्सिरमा सङ्घ र प्रदेशको निर्वाचन, नयाँ सरकार गठन, राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनका कारण बैठक बस्न नसकेको माओवादीले जनाएको छ । 

‘औपचारिक बैठक नबसेको लामो समय भएको थियो’, केन्द्रीय कार्यालयका सचिव उपाध्यायले भने, ‘तीन दिनसम्म चल्ने बैठकमा समग्र विषयमा समीक्षा हुनेछ ।’

बैठकमा विचार मिल्ने राजनीतिक दलसँगको एकताका साथै नवगठित समाजवादी मोर्चाका सन्दर्भमा पनि छलफल हुने उनले जानकारी दिए। ‘पार्टीलाई प्रभावकारीरुपमा जनतासमक्ष जोड्नका लागि नयाँ अभियान र कार्ययोजना सञ्चालन गर्नेबारेमा पनि छलफल हुनेछ’, कार्यालय सचिव उपाध्यायले भने । 

उनले पार्टी सदस्यता नवीकरण तथा व्यवस्थित गर्ने, कार्यविभाजनलाई टुंगो लगाउने विषयमा पनि बैठकमा छलफल हुने जानकारी दिए । 

प्रकाशित मिति : ७ असार २०८०, बिहीबार  ३ : २३ बजे

पोर्चुगल पठाइदिन्छु भनी ठगी गरेको आरोपमा एक महिला पक्राउ

काठमाडौं – वैदेशिक रोजगारीका लागि पोर्चुगल पठाइदिने बहानामा ठगी गरेको

शौर्य सिमेन्ट उद्योगद्वारा क्लिङ्कर भारत तर्फ निर्यात

काठमाडौं – शौर्य सिमेन्ट इन्डष्ट्रिज लिमिटेडले आफ्नो क्लिङ्कर उत्पादनलाई छिमेकी

‘मिसन–८४’ का लागि सुझाव सङ्कलन गर्दैछौं : ओली

कर्णाली – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ‘मिसन–८४’ का

आलु खेती विस्तार गर्न तीन करोडको आयोजना सञ्चालन

बेनी – म्याग्दीमा आलु खेतीको विस्तार र प्रवद्धनका लागि रु

अनलाइनमार्फत् यौन व्यवसाय सञ्चालन गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौं– अनलाइनमार्फत् यौन व्यवसाय सञ्चालन गर्ने गिरोहका मुख्य दुई नाइकेलाई