कर्णालीमा पहिलो पटक आयुर्वेद प्रयोगशाला सञ्चालनमा ल्याइने « Khabarhub

कर्णालीमा पहिलो पटक आयुर्वेद प्रयोगशाला सञ्चालनमा ल्याइने


७ असार २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कर्णाली प्रदेशमा पहिलो पटक आयुर्वेद प्रयोगशाला सञ्चालनमा ल्याइने भएको छ । प्रदेश आयुर्वेद अस्पतालले आफ्नै प्रयोगशाला सञ्चालन गर्नेगरी तयारी थालेको हो । फार्मेसी सञ्चालन गर्ने तयारी गरिएको जनाउँदै अस्पतालले कर्णालीमै आयुर्वेद औषधिमापन गर्ने प्रयोगशाला स्थापना गर्ने तयारी गरेको हो । 

कर्णालीमा प्रसस्त मात्रामा औषधिजन्य जडीबुटी पाइने भन्दै त्यसलाई औषधिको रुपमा मापदण्डअनुसार प्रयोग गर्नेगरी प्रयोगशाला सञ्चालन गर्ने तयारी भएको आयुर्वेद अस्पतालका निर्देशक डा। शंकर रिजालले जानकारी दिए । 

उनले प्रयोगशाला सञ्चालनको लागि बजेटको सुनिश्चित भइनसकेको जानकारी दिँदै कर्णालीमा आयुर्वेद औषधिलाई मापदण्डअनुसार बनाउन आवश्यक रहेकामा जोड दिए । ‘हामीले आयुर्वेद फार्मेसी सञ्चालनको लागि अन्तिम तयारी गरिरहेका छौँ, त्यसको लागि औषधि त मापदण्डअनुसार हुनुपर्यो भनेर प्रयोगशाला सञ्चालन गर्दै छौँ । तर बजेट भने सुनिश्चित भइसकेको छैन ।’

यसैबीच, कर्णालीमा नागरिकको आयुर्वेदप्रति आकर्षण बढ्दै गएको छ । चालु वर्षको जेठ सम्मको तथ्यांकलाई हेर्दा २५ हजार तीन सय ८१ जनाले सेवा लिएका छन् । गत वर्षको तुलनामा यो सङ्ख्यामा वृद्धि भएको हो । सेवा लिनेमा पुरुषभन्दा महिला धेरै रहेको देखिएको छ । डाक्टर रिजालका अनुसार नशा, बाथ, ग्याष्ट्रिक, पायल्स, फिस्टुला लगायतका समस्या लिएर बिरामी आउने गरेका छन् ।

अस्पतालमा कर्णाली प्रदेशमै पहिलो पटक च्यावनप्रास समेत उत्पादन गर्ने गरेको उनले जानकारी दिए । 

प्रकाशित मिति : ७ असार २०८०, बिहीबार  ४ : २६ बजे

साउदी अरबमाथि हुथी आक्रमण तीव्र, ड्रोन र क्षेप्यास्त्र रोकिएको दाबी

रियाद– यमनका हुथी विद्रोहीले साउदी अरबमाथि आक्रमण तीव्र पारेपछि साउदी

वाग्मती सफाइ महाअभियान ६९८ औँ हप्तामा

काठमाडौं–  ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ

पर्सामा विपद् सम्बन्धी जानकारी दिन जनचेतनामूलक कार्यक्रम

वीरगञ्ज– विपद्को समयमा सुरक्षित रहने उपायबारे सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यले

युक्रेनका उत्तेजक गतिविधिले अवस्था थप जटिल बनाउने पुटिनको चेतावनी

मस्को– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका उत्तेजक तथा तनाव बढाउने

भोटेकोशी बाढीको एक महिना : पुनःस्थापनाको बाटो अझै लामो 

काठमाडौं – गत भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको