लागूऔषधसहित दुई जना पक्राउ  « Khabarhub

लागूऔषधसहित दुई जना पक्राउ 


७ असार २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

जुम्ला– प्रहरीले लागूऔषधसहित दुई जनालाई  पक्राउ गरेको छ । तिला गाउँपालिका-२ घर भई हाल चन्दननाथ नगरपालिका-४ भारतीवाडा डेरा गरी बस्ने २६ वर्षीय प्रकाश बोहरा र कनकसुन्दरी गाउँपालिका-२ बस्ने २३ वर्षीय खुम बहादुर रावतलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४० मिलिग्रामसहित बुधबार राति प्रहरीले पक्राउ गरेको हो । 

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरीले प्रकाश बोहराको कोठा तलासी गर्दा उक्त पदार्थसहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । 

साथै थप अनुसन्धानको क्रममा उनीहरूले उक्त लागूऔषध  चन्दननाथ नगरपालिका-५ बस्ने २२ वर्षीय मनोज सुनारबाट किनि ल्याएको खुल्न आएपछि मनोज सुनारलाई समेत प्रहरीले पक्राउ गरेको  छ । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

प्रकाशित मिति : ७ असार २०८०, बिहीबार  ५ : ४७ बजे

आदिवासी जनजाति महासङ्घ, सङ्घीय परिषद् सचिवालय नेतृत्वको औपचारिक घोषणा 

काठमाडौं- नेपाल आदिवासी जनजाति महासङ्घ (नेफिन) ले आफ्नो २१ सदस्यीय

भदौयता लेक लागेर चार विदेशीसहित सात पर्यटकको मृत्यु

मुस्ताङ– हिमाली जिल्ला मुस्ताङमा पर्वतीय ‘हाई अल्टिच्युड’ का कारण लेक

प्रेस रजिष्ट्रारको कार्यालय गण्डकीले सुरु गर्‍यो पत्रकार लेखनवृत्ति कार्यक्रम

गण्डकी– गण्डकी प्रदेश सरकारअन्तर्गत रहेको प्रेस रजिष्ट्रारको कार्यालयले पत्रकार लेखनवृत्ति

गुरुङ समुदायमा ट्होटेँको उल्लास

गण्डकी– गण्डक क्षेत्रका गुरुङ समुदायले आफ्नो पुस्तैनी पर्व ट्होटेँलाई आज

क्षतिग्रस्त बीपी राजमार्ग र रोशी पुगे गृहमन्त्री (तस्बिरहरू)

काठमाडौं– गृहमन्त्री सुधन गुरुङ मंगलबार आफ्नो टोलीसहित काभ्रेको रोशी खोलाको