सेवाप्रवाह र गुनासो व्यवस्थापनमा गम्भीर हुन महानिरीक्षकको निर्देशन | Khabarhub Khabarhub

सेवाप्रवाह र गुनासो व्यवस्थापनमा गम्भीर हुन महानिरीक्षकको निर्देशन


७ असार २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले नेपाल प्रहरी अस्पतालको छवि, साख, विश्वास एवं अस्पतालले प्रवाह गर्ने सेवाको गुणस्तर अभिवृद्धि गर्न अस्पतालमा कार्यरत प्रहरी अधिकृतहरूले व्यक्तिगत स्वार्थभन्दा पेसागत स्वार्थलाई आत्मसात गरी कार्यसम्पादन गर्नुपर्ने बताएका छन् ।

नेपाल प्रहरी अस्पताल महाराजगञ्जको आज निरीक्षण पश्चात आयोजित कार्यक्रममा अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मीलगायतका प्रहरी कर्मचारीलाई निर्देशन दिँदै उनले अस्पतालमा आउने सेवाग्राहीका समस्यालाई सम्बोधन गर्दै सकारात्मक सोचका साथ जिम्मेवारी बहन गर्न निर्देशन दिए । 

अस्पतालले प्रदान गर्ने गुणस्तरीय सेवा प्रवाह एवं सेवाग्राहीको गुनासो व्यवस्थापनमा अस्पताल प्रशासनले अझै प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा उनले जोड दिए । 

प्रहरी महानिरीक्षक कुँवरले सीमित साधन स्रोत एवं विज्ञ जनशक्तिका बाबजुद पनि अस्पतालले प्रवाह गरेको सेवा प्रशंसनीय रहेको उल्लेख गरे । उनले अस्पतालको लक्ष्य हासिलका लागि चिकित्सक, स्वास्थ्यकर्मीलगायतका प्रहरी कर्मचारीले आफ्नो जिम्मेवारीलाई गम्भीरतापूर्वक बहन गरी सम्पादन गर्नुपर्ने बताए। उनले अस्पतालका कमीकमजोरी सुधार र चुनौतीको सामना गर्न सामूहिक भावनाका साथ जिम्मेवारी बहन गर्न निर्देशन दिए ।

प्रहरी महानिरीक्षक कुँवरले अस्पतालस्थित अक्सिजन प्लान्ट, इमर्जेन्सी विभाग, ज्येष्ठ प्रहरी अतिथिगृह, पूर्वप्रहरी अधिकृत प्रतीक्षालय, नेपाल प्रहरी अस्पताल स्कुल अफ हेल्थ साइन्सेज, मेडिसिन ओपिडी, मेस, डायलायसिस, विभिन्न वार्डहरूलगायत विभिन्न युनिटहरूको अवलोकन भ्रमण गरेका थिए । 

अस्पतालका मेडिकल डाइरेक्टर प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा आशा सिंहले अस्पतालको विकास र सेवा विस्तारका लागि संगठन प्रमुखबाट प्राप्त महत्वपूर्ण निर्देशनलाई पालना गर्दै काम गर्ने प्रतिबद्धता व्यक्त गरे । 

प्रकाशित मिति : ७ असार २०८०, बिहीबार  ६ : ४१ बजे

आणविक युद्ध भइहाले ज्यान जोगाउन के गर्ने ?

काठमाडौं– शनिबार पनि भारत र पाकिस्तानबीच आक्रमण–प्रत्याक्रमण जारी छ ।

केशर पुस्तकालय : नेशनल डिजिटल लाइब्रेरी बनाउने लक्ष्य, बजेट नहुँदा समस्या

काठमाडौं – पहिला पहिला भनिन्थ्यो– ‘नयाँ पुस्तक किन, पुरानो कोट

‘तल्लो तहका जनताको जीवनस्तर उठाउने माओवादीको लक्ष्य हो’

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल

आइन्दा आतंककारी आक्रमण भए युद्ध मानेर जवाफ दिइनेछ : भारत

काठमाडौं– आइन्दा आफ्नो मुलुकमा हुने कुनै पनि आतंककारी आक्रमणलाई युद्ध

चैत्र १५ को घटनामा पक्राउ परेकालाई रिहा गर्न माग

काठमाडौं– राप्रपा नेपालका अध्यक्ष कमल थापाले चैत्र १५ गते काठमाडौंमा