पन्ध्र वर्षमा तीन सय २९ गैँडा मरे | Khabarhub Khabarhub

पन्ध्र वर्षमा तीन सय २९ गैँडा मरे


७ असार २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

चितवन – चितवन राष्ट्रिय निकुञ्ज र यस आसपासका क्षेत्रमा विगत १५ वर्षको अवधिमा तीन सय २९ गैँडा मरेका छन् । आर्थिक वर्ष २०६५र६६ देखि हालसम्म सो सङ्ख्यामा गैँडा मृत भेटिएका हुन् ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार १५ वर्षको अवधिमा सबैभन्दा बढी आथिक वर्ष २०७५/७६ मा गैँडा मरेका थिए । सो आर्थिक वर्षमा ४३ वटा गैँडा मरेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार आर्थिक वर्ष २०६९/७० मा सबैभन्दा कम १० वटा गैँडा मरेका थिए ।

निकुञ्जको तथ्याङ्कानुसार आर्थिक वर्ष २०६५/६६ मा १७, आर्थिक वर्ष २०६६/६७ मा २५, आर्थिक वर्ष २०६७/६८ मा १६, आर्थिक वर्ष २०६८/०६९ मा १३, आर्थिक वर्ष २०७०/७१ मा ११ वटा गैँडा मरेका थिए । यस्तै, आर्थिक वर्ष २०७१/७२ मा ११, आर्थिक वर्ष २०७२/७३ मा १४, आर्थिक वर्ष २०७३/७४ मा २५, आर्थिक वर्ष २०७४/७५ मा २६, आर्थिक वर्ष २०७६/७७ मा २६ वटा गैँडा मरेको निकुञ्जले जनाएको छ । तिवारीका अनुसार आर्थिक वर्ष २०७७/७८ मा ३३, आर्थिक वर्ष २०७८/७९ मा ३७ र चालु आर्थिक वर्षमा २२ वटा गैँडा मरेका छन् ।

कालगतिले, चोरी सिकारीले, जुधेर, दलदलमा फसेर, बाघको आक्रमणबाट ती गैँडा मरेका हुन् । गैँडाको सङ्ख्या बढ्दै जाँदा बासस्थानको अभावले गैँडा मर्ने क्रम रोक्न नसकिएको उनले जानकारी दिए । गैँडा संरक्षणका लागि निकुञ्ज आसपास बसोबास गर्ने जनता, संरक्षणकर्मी, निकुञ्ज सुरक्षार्थ खटिएका कर्मचारीहरू लागिपरेको उनले बताए ।

चितवन राष्ट्रिय निकुञ्जमा पछिल्लो गणना अनुसार छ सय ९४ गैँडा रहेका छन् ।

प्रकाशित मिति : ७ असार २०८०, बिहीबार  १० : ४० बजे

राजीनामा दिएका अखिल अध्यक्ष कडरिया फर्कन खोजेपछि बागमतीका ६ अध्यक्ष र इन्चार्जको आपत्ति

काठमाडौं– जेन-जी आन्दोलनको क्रममा एमालेको विद्यार्थी सङ्गठन अनेरास्ववियुबाट राजीनामा दिएका डाक्टर सुजन

गोरखाको अजिरकोटमा पहिलो पटक फल्यो स्याउ (तस्बिरहरू)

गोरखा– गोरखाको अजिरकोट गाउँपालिकामा पहिलो पटक स्याउको परीक्षण उत्पादन सफल

बजेट अभावमा निसीखोला आधारभूत अस्पताल अलपत्र

बागलुङ– चार वर्ष अगाडि निर्माण सुरु भएको निसीखोला आधारभूत अस्पताल

शुक्लाफाँटामा क्रिकेट : फुटेको पिचमै फुल्दै आशाको सपना

कञ्चनपुर– फुटेको पिच, बल, च्यातिएको जाली, टुटेको ब्याट र जीर्ण

दसैँको सामग्री बनाउन भक्तपुरका कुम्हाले व्यस्त 

भादगाउँ– भक्तपुर सूर्यविनायकको श्याम प्रजापतिको परिवार यतिबेला दसैँको लागि माटोको