लमजुङमा ६५ प्रतिशत मात्रै रोपाई | Khabarhub Khabarhub

लमजुङमा ६५ प्रतिशत मात्रै रोपाई


६ श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

लमजुङ– साउनको पहिलो हप्ता बित्नै लाग्दा लमजुङ जिल्लामा करिब ६५ प्रतिशत मात्रै रोपाइँ भएको छ । कृषि ज्ञान केन्द्र लमजुङका सूचना अधिकारी मदन रेग्मीका अनुसार लमजुङ जिल्लामा हालसम्म करिब ६५ प्रतिशत धान रोपाई सम्पन्न भएको हो।

रेग्मीका अनुसार मनसुन केही ढिलो भित्रदा रोपाई ढिलो भएको छ । अझ यतिखेर पानी नपर्दा अधिकांश कृषकहरु पानी पर्ने र खेत रोप्न पाउने आशामा बसेका छन् ।

जिल्लाको राईनास, मध्यनेपाल, बेसीसहर, क्व्होंला सोथार र दोर्दीका केही ठाउँहरुमा धान रोपाई अझै बाँकी रहेको उनले बताए। उनले भने, ‘वर्तमान समयमा पशु महामारीको रुपमा फैलिएको लम्पी स्किन रोगको कारण पनि किसानहरु मारमा परेको र रोपाई ढिला भएको हो र यतिखेर पानी नपरेका कारण रोपेको धानखेत समेत सुक्ने अवस्थामा पुगेको छ ।’

कृषि ज्ञान केन्द्रका अनुसार विविध कारणले गत बर्ष भन्दा केही कम मात्रामा जिल्लामा धान खेति हुने प्रक्षेपण गरिएको छ ।

कुलो र नहर नलाग्ने साथै पानी नपर्दा मूल पलाउन नसकेका कारण टारी खेतका किसानले आकासे पानीको भल छोपेर रोपाइँ गर्नुपर्ने बाध्यता छ ।

असारको पहिलो दोश्रो हप्ता पानी परेर रोप्न सकिने भए पनि समयमा पानी नपरे पछि समय मै बीउ राख्न नपाएकोले पनि समयमै धान रोप्न नपाएको किसानको गुनासो छ । कृषि ज्ञान केन्द्रका अनुसार यस वर्ष ९ हजार ३ सय ५० हेक्टर क्षेत्रफलमा वर्षे धान खेती हुने प्रक्षेपण गरिएको छ ।

विशेष गरी लमजुङको धमीलिकुवा, हर्राबोट, भोर्लेटार, करापुटार, हाँडेटार लगायतका क्षेत्र धानका प्रमुख पकेट क्षेत्र मानिन्छ। जिल्लाका केहि सिमसार क्षेत्रहरुमा चेतै धान खेति समेत हुने गरेको पाईन्छ।

प्रकाशित मिति : ६ श्रावण २०८०, शनिबार  ७ : २६ बजे

केरा पकाउने राइपनिङ चेम्बर अनुदानमा पाएपछि व्यवसायी उत्साहित

चितवन– जिल्लामा केरा उत्पादन गरेर बिक्री वितरणका लागि केरा पकाउने

समग्र सहकारी ठगी प्रकरणमा छानबिन गर्न एमाले तयार : महेश बर्तौला

काठमाडौं– नेकपा एमालेले समग्र सहकारी ठगी प्रकरणमा छानबिन गर्न आफूहरू

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रूपमा सेवा सुरु

काठमाडौं– ‘इन्ड्राइभ’ विशेष गरी सबैलाई थाहा होला । इन्ड्राइभ धेरैलाई

रुसी सेनामा रहेका नेपालीको संख्या अझै यकिन भएको छैन : परराष्ट्रमन्त्री श्रेष्ठ

काठमाडौं– उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रुसी सेनामा रहेका नेपालीहरूको

वामदेवलाई केपी ओलीको जवाफ : तपाईंमा एकताको भावना देखेँ, त्यसलाई अघि बढाऊँ

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन नेकपा विवाददेखि