लमजुङमा जबरजस्ती करणीका १४ वटा घटना दर्ता | Khabarhub Khabarhub

लमजुङमा जबरजस्ती करणीका १४ वटा घटना दर्ता


६ श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

लमजुङ– लमजुङमा गत आर्थिक वर्षमा मात्रै १४ वटा जबरजस्ती करणी सम्बन्धी घटना भएको प्रहरीको तथ्यांकले देखाएको छ । जिल्ला प्रहरी कार्यालय लमजुङको तथ्यांक अनुसार गत आर्थिक वर्षमा जबरजस्ती करणी सम्बन्धी १४ वटा मुद्दा दर्ता भएका हुन् । सो बाहेक जिल्लामा चारवटा मुद्दा बाल यौन दुर्व्यवहार सम्बन्धी भएका छन् ।

जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार गत आर्थिक वर्षमा जिल्लामा भएका जबरजस्ती करणीका घटनामा अधिकांश पीडितहरू २० वर्ष भन्दा कम उमेर समुहका बालिकाहरू रहेका छन् । 

बढ्दो बेरोजगार, छाडा संस्कृती, मदिराजन्य वा उत्तेजक खानपिन, कुलत, यौन शिक्षाको कमी र नकारात्मक सोचको विकासले पनि बलात्कारको घटना हुने गरेको प्रहरी अनुसन्धानले देखाएको छ । पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोगले पनि बलात्कारका घटना हुने गरेको प्रहरीले जनाएको छ ।

जिल्लामा आर्थिक वर्ष २०७८–७९ को एक वर्षे अवधीमा २० वटा जबरजस्ती करणी र तीनवटा जबरजस्ती उद्योग सम्बन्धी घटना भएका थिए । त्यसभन्दा अघिल्लो आर्थिक वर्ष अर्थात आव २०७७–७८ मा जबरजस्ती सम्बन्धी १६ वटा र जजक उद्योग सम्बन्धी चारवटा मुद्दा परेको थियो ।

लमजुङ प्रहरीका अनुसार जिल्लामा आर्थिक वर्ष ०७६–७७ मा मात्रै १० वटा जबरजस्ती करणीका घटना दर्ता भएका थिए भने ९ वटा जबरजस्ती करणी उद्योगका मुद्धा दर्ता भएका थिए । सो भन्दा अघिल्लो आर्थिक वर्ष ०७५–७६ को एकवर्षको अवधीमा जिल्लामा १६ वटा जबरजस्ती करणीका घटना भएका थिए ।

लमजुङ प्रहरीको तथ्यांक अनुसार जिल्लामा आर्थिक वर्ष २०७४–७५ मा जबरजस्ती करणी सात र उद्योग अन्तर्गत पाँचवटा मुद्दा दर्ता भएका थिए । आर्थिक वर्ष २०७३–७४मा पनि जबरजस्ती करणी सात र उद्योग अन्तर्गत पाँचवटा मुद्दा दर्ता भएको प्रहरी तथ्यांक छ ।

यस्तै आर्थिक वर्ष ०७२–७३ मा जबरजस्ती करणीमा सात र उद्योग अन्तर्गत चार मुद्दा दर्ता भएका छन भने आर्थिक वर्ष ०७१–७२ मा जबरजस्ती करणीका पाँच र उद्योगमा चार घटना प्रहरीमा दर्ता भएका छन् ।

प्रहरीको तथ्यांक अनुसार पछिल्लो वर्षहरूमा जबरजस्ती करणीका घटना बढ्दो देखिए पनि गत आर्थिक वर्ष भने कम घटना भएको छ । जबरजस्ती करणी जघन्य अपराध हो । १६ वर्ष भन्दा कम उमेरका बालिकासँग सहमतिमै सबन्ध गरेको भएपनि जबरजस्ती अन्तर्गत पर्ने कानुनमा उल्लेख छ । 

प्रकाशित मिति : ६ श्रावण २०८०, शनिबार  ८ : ४७ बजे

खोटाङका अग्निपीडितलाई आर्थिक सहयोग

खोटाङ– हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेका अग्निपीडित परिवारलाई सहयोगस्वरुप एक लाख ७६

क्रिस्टल प्यालेससँग म्यानचेस्टर युनाइटेडको लज्जास्पद हार

काठमाडौं– इङलिश प्रिमियर लिग अन्तर्गत क्रिस्टल प्यालेसले म्यानचेस्टर युनाइटेडमाथि शानदार

आइपिएलमा आज दिल्ली र राजस्थान भिड्दै

काठमाडौं – इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल

३४६ वर्ष पुरानो थन्थु दरबारको पुन: शिलान्यास

भक्तपुर भक्तपुर दरबार क्षेत्रस्थित भक्तपुर नगरपालिकाको पुरानो भवन रहेको थन्थु

भारतमा आज तेस्रो चरणको मतदान हुँदै

काठमाडौं – भारतमा लोकसभा निर्वाचनअन्तर्गत तेस्रो चरणको मतदान मंगलबार हुँदैछ।