फुटबल मैदान छ, प्रतियोगिता छैन | Khabarhub Khabarhub

फुटबल मैदान छ, प्रतियोगिता छैन


६ श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.7k
Shares
  • change font
  • change font
  • change font

कास्की– कास्की जिल्ला फुटबल सङ्घ (एन्फा) कास्कीका पूर्वअध्यक्ष खेम गुरुङ पोखरा रङ्गशालास्थित फुटबल मैदान चिरीच्याट्ट बनेकोमा निकै खुसी छन् । तर, भव्य रङ्गशालामा खेल गतिविधि कम हुँदा चिन्तित छन् । उनी पोखरा रङ्गशालामा तुलनात्मक रुपमा फुटबल गतिविधि कम भएको बताउँछन् ।

यतिको राम्रो मैदानमा फुटबलको मौसम ल्याउन सक्नुपर्ने उनको भनाइ छ । उनले भने, ‘अहिले सहारा क्लब पोखराको आयोजनामा आहारारा गोल्डकप हुन्छ तर भव्य रङ्गशाला एन्फाबाट कुनै कार्यक्रम नभएकाले रङ्गशाला भए–नभएको कुनै फरक छैन ।’

आन्तरिक प्रतियोगिता गर्दै अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि पहल गरिनुपर्ने पूर्वअध्यक्ष गुरुङको भनाइ छ । गण्डकी प्रदेशकै उत्कृष्ट रङ्गशाला कास्कीमा भएकाले कास्की एन्फा चलायमान हुनुपर्ने गुरुङले बताए ।

एन्फा कास्कीको पोखरा गोल्डकप नभएको धेरै वर्ष भइसक्यो । यसको निरन्तरतामा पनि एन्फा कास्कीले कुनै धारणा सार्वजनिक गर्न सकेको छैन । सवा अर्ब लागतमा निर्माण भएको पोखरा रङ्गशाला चिरिच्याट्ट छ । भित्री र बाहिरी संरचना हेर्दा युरोपियन देशको भन्दा कम छैनन् ।

उत्तरतिरका हिमालले यसको सुन्दरता झनै बढाएको छ । यो मैदानमा खेलेर आनन्द लिने धेरैको रहर र सपना हुन्छ । यद्यपि यति बजोडको रङ्गशालामा नगन्य प्रतियोगिताले धेरैको सपना पूरा हुन सकेको छैन । यहाँमा गत आव २०७९–८० मा आठ वटा मात्र प्रतियोगिता भए ।

कास्की जिल्ला फुटबल सङ्घ (एन्फा) कास्कीका अध्यक्ष उज्ज्वल रञ्जितका गएको वर्ष आठ मात्र प्रतियोगिता भएका छन् । नवौँ राष्ट्रिय खेलकुदअन्तर्गतको पुरुष फुटबल प्रतियोगितासँगै आहारारा गोल्डकपलाई यहाँ भएको ठूलो प्रतियोगिताका रुपमा लिन सकिन्छ ।

यसबाहेक स्पेनिस फुटबल क्लब काथेरेन्यो सिपी र गण्डकी प्रदेशबीचको मैत्रीपूर्ण खेललाई अन्तर्राष्ट्रिय प्रतियोगिताका रुपमा हेरिएको छ । योसँगै सङ्गम क्लबको आयोजनामा क्लबस्तरीय फुटबल प्रतियोगिता, प्याब्सन र एनप्याब्सनको खेल, गण्डकी विश्वविद्यालयको जियु कप र पोखरा महानगरको वडाकप प्रतियोगिता यहाँ भए ।

एन्फा कास्की अध्यक्ष उज्ज्वल रञ्जित भने आफूहरूलाई जिम्मेवारी नदिँदा व्यवस्थापनमा समस्या परेको बताउँछन् । पश्चिमाञ्चल खेलकुद परिषद् व्यवस्थापनको काम गरिरहेकामा एन्फा कास्कीलाई केही जिम्मेवारी हुनुपर्ने अध्यक्ष रञ्जितको भनाइ थियो ।

एन्फा कास्कीले रङ्गशालामा बनेको फुटबल मैदानमा केही काम गरेको अध्यक्ष रञ्जितले बताए । संघले पोखरा रङ्गशालाको वैकल्पिक फुटबल मैदानको तारबार लगाउने काम पनि सम्पन्न गरेको उनको भनाइ छ । 

एन्फा कास्कीले नियमित ग्रासरुट फुटबल ट्रेनिङ सेन्टर सञ्चालन गरी ९० जनाभन्दा बढीलाई प्रशिक्षण दिइरहेको अध्यक्ष रञ्जितले जानकारी दिए । रङ्गशाला संरक्षणका लागि जिम्मेवारी लिन राष्ट्रिय खेलकुद परिषद्सँग समन्वय गरिरहेको उनको भनाइ छ ।

रङ्गशाला हस्तान्तरण राष्ट्रिय खेलकुद परिषद्लाई भइसकेकाले आफूहरू मातहत आएको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति कार्यालय प्रमुख लक्ष्मण योगीले जानकारी दिए । खेलकुदका केही ठूला योजना केन्द्र आफैँले हेर्ने गरेकाले पोखरा रङ्गशाला पनि सोही समूहमा पर्ने भएकाले एन्फा कास्कीलाई दिने अहिलेसम्म सल्लाह नभएको प्रमुख योगीले स्पष्ट पारे ।

विसं २०७५ पुस १३ मा निर्माण सम्झौता भई १६ फागुनमा शिलान्यास पोखरा रङ्गशाला चार वर्षमा निर्माण पूरा भएको हो । राष्ट्रिय खेलकुद परिषद्ले एक अर्ब २८ करोडमा निर्माण सम्झौता गरेकोमा निर्माण पूरा हुँदासम्म छ पटकसम्म म्याद थप गरिएको थियो ।

सोह्र हजार पाँच सय सिट क्षमताको रङ्गशालाको पूर्वीभागमा पाँच हजार दुई सय ६८, पश्चिममा तीन हजार आठ सय १४, उत्तरमा तीन हजार चार सय ४४ र दक्षिणमा तीन हजार ६ सय ९० सिट जडान गरिएको छ । 

त्यसैगरी अतिविशिष्ट कक्षमा २८, विशिष्ट कक्षमा दुई सय २८ तथा अशक्तका लागि २८ सिट जडान गरिएका छन् । फुटबल मैदान, खेलाडी चेञ्जिङ रुम, एथ्लेटिक्स ट्रयाक, तथा मिडिया सेन्टर, हल, शौचालय, प्यारापिटको पश्चिमको विशिष्ट कक्षमा छानोलगायत पूर्वाधार निर्माण भएका छन् । 

प्रकाशित मिति : ६ श्रावण २०८०, शनिबार  ९ : ५० बजे

सहकारी प्रकरणमा बन्धक संसद् : छानबिन समितिको कार्यादेशमा कुरो नमिल्दा भाँडियो सहमति

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सत्तापक्ष सहकारी ठगी प्रकरणमा संसदीय

बागमती प्रदेशको संसदीय समिति सभापतिको निर्वाचन शनिबार 

हेटौँडा– बागमती प्रदेशसभा सचिवालयले संसदीय समितिको सभापति निर्वाचन कार्यतालिका सार्वजनिक

कारोबारमा उत्साहसँगै यो साता ५२ अंकले बढ्यो नेप्से, कुन दिन कस्तो थियो बजार ? 

काठमाडौं–यो साता नेपाल स्टक एक्चेञ्ज (नेप्से) मा उत्साह देखिएको छ

कांग्रेसको अवरोधपछि राष्ट्रियसभाको बैठक स्थगित

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरुले अवरोध गरेपछि राष्ट्रियसभाको बैठक