इटहरीमा सवारी दुर्घटना हुँदा तीनजनाको मृत्यु, एकजना गम्भीर घाइते « Khabarhub

इटहरीमा सवारी दुर्घटना हुँदा तीनजनाको मृत्यु, एकजना गम्भीर घाइते


६ श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


378
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सुनसरीको इटहरीमा सवारी दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । घटनामा एकजना गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा इटहरी नगरपालिका वडा नम्बर १६ का अन्दाजी २६ वर्षीय करण चौधरी, सोही स्थानका २७ वर्षीय शम्भु चौधरी र २४ वर्षीय अनिनेश चौधरी छन् ।

गएराति इटहरी नगरपालिका वडा नम्बर १७ को कान्छी चोकमा चारजना सवार मोटरसाइकल विपरीत दिशाबाट आइरहेको भारतीय पिकअप भ्यानसँग ठोक्किएर दुर्घटना भएको थियो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार चार जनालाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो । उपचारका क्रममा तीनजनाको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका २७ वर्षीय प्रेमलाल चौधरीको उपचार भइरहेको छ ।

मोटरसाइकल अनियन्त्रित भई पिकअप भ्यानसँग ठोक्किएको प्रहरीको अनुमान छ। पिकअप चालक भारत दार्जिलिङ निवासी गोविन्द वरमुन प्रहरी नियन्त्रणमा छन् । घटनाबारे थप छानविन भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ६ श्रावण २०८०, शनिबार  १० : ३० बजे

विराटनगरका कप्तान सन्दीपले लिए चितवनको तेस्रो विकेट

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल|) अन्तर्गत बुधबारको खेलमा विराटनगर

अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडक विस्तार

काभ्रेपलाञ्चोक– अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित धुलिखेल–खावा सडकखण्डको रोकिएको स्तरोन्नति पुनः सुरु

आर्टुडियोद्वारा नयाँ पाटन विंग र ‘अनसिन’ प्रदर्शनी उद्घाटन  

पाटन – आर्टुडियोले नकबाहिल, पाटनमा आफ्नो नयाँ पाटन विंगको शुभारम्भ

कांग्रेसमा विशेष महाधिवेशन पक्षधरको अडान : हाम्रो हस्ताक्षरको अपमान स्वीकार्दैनौँ

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षका नेताहरुले नयाँ नीति र

सार्वजनिक सेवाको प्रभावकारिता वृद्धि ३९ बुँदे कार्ययोजना

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सार्वजनिक सेवाको प्रभावकारिता अभिवृद्धि