इटहरीमा सवारी दुर्घटना हुँदा तीनजनाको मृत्यु, एकजना गम्भीर घाइते « Khabarhub

इटहरीमा सवारी दुर्घटना हुँदा तीनजनाको मृत्यु, एकजना गम्भीर घाइते


६ श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


378
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सुनसरीको इटहरीमा सवारी दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । घटनामा एकजना गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा इटहरी नगरपालिका वडा नम्बर १६ का अन्दाजी २६ वर्षीय करण चौधरी, सोही स्थानका २७ वर्षीय शम्भु चौधरी र २४ वर्षीय अनिनेश चौधरी छन् ।

गएराति इटहरी नगरपालिका वडा नम्बर १७ को कान्छी चोकमा चारजना सवार मोटरसाइकल विपरीत दिशाबाट आइरहेको भारतीय पिकअप भ्यानसँग ठोक्किएर दुर्घटना भएको थियो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार चार जनालाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो । उपचारका क्रममा तीनजनाको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका २७ वर्षीय प्रेमलाल चौधरीको उपचार भइरहेको छ ।

मोटरसाइकल अनियन्त्रित भई पिकअप भ्यानसँग ठोक्किएको प्रहरीको अनुमान छ। पिकअप चालक भारत दार्जिलिङ निवासी गोविन्द वरमुन प्रहरी नियन्त्रणमा छन् । घटनाबारे थप छानविन भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ६ श्रावण २०८०, शनिबार  १० : ३० बजे

मलेसियाले नेपाललाई दियो १०४ रनको चुनौती : करण केसीले लिए चार विकेट

काठमाडौँ – एसिसी प्रिमियर कप एकदिवसीय प्रतियोगितामा नेपालले मलेसियालाई १०३

बाढीपीडित पत्रकारको बकपत्र-‘सम्पत्तिका नाममा बोकेको झोलामात्र छ’

म धेरै बेर बस्न सक्ने अवस्थामा छैन। एकछिन कुरा गरेर

विगत बिर्सँदा प्रकोप व्यवस्थापनमा सास्ती

इतिहासकै सबैभन्दा ठूलो सङ्कट हुन सक्छ- हाल नेपालले सामना गरिरहेको

ग्यास आपूर्ति सहज बनाउँदै साल्ट ट्रेडिङ, ६ महिनालाई पुग्ने नुन मौज्दात

काठमाडौँ – पृथ्वी राजमार्गको कृष्णभीरमा पहिरोले सडक अवरुद्ध भएपछि साल्ट

भोटेकोशी बाढी: मधेशका ३० जना सम्पर्कमा, १६२ जना अझै बेपत्ता

जनकपुर – रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि सम्पर्कविहीन भएकामध्ये