जुम्लाको गुठीचौरका सात घरमा अज्ञात समूहद्वारा आगजनी « Khabarhub

जुम्लाको गुठीचौरका सात घरमा अज्ञात समूहद्वारा आगजनी


६ श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला– जुम्लाको गुठीचौर गाउँपालिकामा अज्ञात समूहले सात घरमा आगजनी गरेको छ । गुठीचौर–४ स्थित विभिन्न गाउँका सात घरमा आगजनी भएको वडाध्यक्ष टीकादत्त न्यौपानेले जानकारी दिए । 

उनका अनुसार धवलपुर गाउँका प्रेम न्यौपाने र खडान्द पाण्डे, बाउली गाउँका कविदत्त न्यौपाने, डाँडाबाडा गाउँका कविदत्त न्यौपाने, दलिबाडा गाउँका लालचन्द्र सार्की र बिगारे गाउँका भीमप्रसाद जैसीका घरमा अज्ञात समूहबाट आगलागी भएको छ । 

धितादेपाल गाउँमा पनि यस्तो घटना भएको जनाइएको छ । सो समूहले सडकमा  रोकिराखिएको ट्रयाक्टरमा समेत आगो लगाएको छ । सबैभन्दा धेरै बाउली गाउँका कविदत्तको घरमा क्षति भएको वडाध्यक्ष टीकादत्तले बताए । 

आगो लागेको घरमा समयमै थाहा पाउँदा अधिकांश घर क्षति हुनबाट जोगिएका छन् । आगो लगाइएको कुरा थाहा पाउने बित्तिकै जिल्लाबाट प्रहरीको टोली खटाएको जुम्लाका प्रहरी नायब उपरीक्षक प्रह्लाद कार्कीले जानकारी दिए । 

प्रहरीले विशेष अनुसन्धान गरिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी धर्मराज जोशीले बताए । 

प्रकाशित मिति : ६ श्रावण २०८०, शनिबार  १० : ५८ बजे

गाउँमै वाइन उद्योग स्थापना भएपछि किबी किसानलाई राहत

धनकुटा– गाउँमा नै किबी खपत गर्ने वाइन उद्योग सञ्चालनमा आएपछि

धान उत्पादन घट्यो

भोजपुर– अनियमित मौसमका कारण भोजपुरमा यस वर्ष धान उत्पादनमा गिरावट

मधेस प्रदेश सभामा आज सभामुख चयन गरिँदै

काठमाडौं– मधेस प्रदेश सभामा आज सभामुख पदका लागि निर्वाचन हुँदैछ

भारतको विश्वकप टिममा किन परेनन् शुभमन् गिल ?

काठमाडौं – आगामी आइसिसी टी–२० विश्वकपका लागि भारतीय टोलीको घोषणा

आजको मौसम : पश्चिमी वायुको प्रभाव, तराई क्षेत्रमा हुस्सु

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल