इराकमा ३०० वर्ष पुरानो मस्जिदको मिनार भत्काइयो  « Khabarhub

इराकमा ३०० वर्ष पुरानो मस्जिदको मिनार भत्काइयो 


६ श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

बग्दाद– इराकमा सडक फराकिलो बनाउन तीन सय वर्ष पुरानो मस्जिदको मिनार भत्काइएको छ । सो मस्जिदको मिनार भत्काए पछि स्थानीयले विरोध गरेका छन् ।

सरकारको सो निर्णयप्रति असन्तुष्टि व्यक्त गर्दै स्थानीयले इराकको सांस्कृतिक सम्पदामा ठेस पुगेको बताएका छन् । यो घटना इराकको दक्षिणी सहर बसराको हो ।

सन् १७२७ मा बनेको ११ मिटर (३६ फिट) अग्लो मीनारलाई शुक्रबार बिहान बुल्डोजरले भत्काइएको थियो र धुलोको बादलमा यसको सुन्दरता एकाएक हराएको थियो।

सो मिनारका कारण सहरको ट्राफिक समस्या समाधान हुन सकेको थिएन र यो समस्या अन्त्य गर्न बसराका गभर्नरले यसलाई हटाउन आदेश जारी गरेको भनिएको छ । 

तर, सुन्नी मुस्लिम इन्डोमेन्ट र पुरातात्विक अधिकारीहरूसहित धार्मिक र सांस्कृतिक अधिकारीहरूले यो योजनालाई नष्ट गर्नुको सट्टा संरक्षण र स्थानान्तरण गर्नुपर्थ्यो भन्ने तर्क गर्दागर्दै पनि यो मिनार भत्काइएको जनाइएको छ ।

इराकको संस्कृति मन्त्रालयले अब अवशेष निकालेर संरक्षण गर्ने र त्यसैगरी मिनारको नमुना पुनर्निर्माण गर्ने प्रतिबद्धता जनाएको छ ।

प्रकाशित मिति : ६ श्रावण २०८०, शनिबार  ११ : ३२ बजे

अमेरिका र इरानबीच मध्यस्थकर्ताकाे छुट्टाछुट्टै वार्ता : युद्ध अन्त्य र होर्मुज मार्ग खोल्ने नयाँ प्रयास

एजेन्सी– सात महिना लामो युद्ध अन्त्य गर्ने नयाँ प्रयासस्वरूप अमेरिका

बालेन र रविको फोटो पोस्ट गर्दै बाबुराम लेख्छन्- लोकतन्त्रमा सबै काम विधिसम्मत हुनुपर्छ !

काठमाडौँ – पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम

बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय

चितवन– चितवनमा पाँच वर्षमुनिका बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढेको

परराष्ट्रमन्त्री खनाल र श्रीलङ्काका विदेशमन्त्री हेराथबीच भेटवार्ता

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल र श्रीलङ्काका विदेश, वैदेशिक रोजगार तथा

झापामा सुपथ मूल्य पसल : चामलदेखि नुनसम्ममा छुट

झापा– दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै झापामा चामलदेखि