तनहुँका आठ हजार पशुमा कृत्रिम गर्भाधान « Khabarhub

तनहुँका आठ हजार पशुमा कृत्रिम गर्भाधान


६ श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

दमौली– तनहुँमा एक वर्षको अवधिमा करिब आठ हजार पशुमा कृत्रिम गर्भाधान गरिएको छ । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले आर्थिक वर्ष २०७९-८० मा जिल्लामा सात हजार नौ सय १६ पशुमा कृत्रिम गर्भाधान गरेको हो । 

केन्द्रका प्रमुख डा बालकुमार श्रेष्ठका अनुसार उक्त अवधिमा चार हजार तीन सय ५८ गाई, तीन हजार तीन सय ८८ भैँसी र एक सय ७० बाख्रामा कृत्रिम गर्भाधान गरिएको छ । गर्भाधान गरिएकामध्ये गाईमा ५५, भैँसीमा ५० र बाख्रामा ४० प्रतिशत सफल भएको डा श्रेष्ठले जानकारी दिए। 

जिल्लामा कूल नौ ठाउँमा कृत्रिम गर्भाधान केन्द्र रहेका छन् । विगत वर्षभन्दा आव २०७९-८० मा कृत्रिम गर्भाधान १५ दशमलव ४५ प्रतिशतले वृद्धि भएको डा श्रेष्ठको भनाइ छ । सरकारले नश्ल सुधार कार्यक्रमलाई राष्ट्रिय अभियानका रूपमा सञ्चालन गर्दै आएको छ । पशुमा कृत्रिम गर्भाधान गराएमा कम उत्पादनशील स्थानीय पशुको उत्पादकत्व वृद्धि हुने, प्रजननका लागि भाले जनावर पाल्नु नपर्ने, हाडनाता प्रजननबाट उत्पादकत्वमा हुने ह्रास नहुने र प्रजननका माध्यमबाट सर्ने विभिन्न रोगबाट पशुको बचावट गर्न सकिने डा श्रेष्ठले बताएका छन् ।

कृत्रिम गर्भाधान गरेको तीन वर्षभित्रै पशुहरूले आफ्नो उत्पादकत्व दिन सक्नेछन् । साथै जिल्लामा उत्पादन हुने दूधलगायत दूधजन्य वस्तुको उत्पादनमा वृद्धि भई बाहिरी जिल्लाबाट उन्नत पशुहरू आयात गर्नुपर्दैन । नेपालमा पालिएका दुधालु गाईको नश्ल सुधारका लागि सरकारले कृत्रिम गर्भाधानमा प्राथमिकता दिँदै आएको छ । 

कार्यालयले सोही अवधिमा विभिन्न रोगबाट प्रभावित ११ हजार दुई सय ६० पशुलाई खोप लगाएको छ । डा श्रेष्ठका अनुसार १० हजार पाँच सय पशुलाई ‘लम्पी स्किन’विरुद्ध र सात सय ६० कुकुरलाई रेविजविरुद्धको खोप लगाइएको छ । 

जिल्लामा पछिल्लो समय पशुपालनतर्फ कृषकको आकर्षण बढ्दै गएको छ । विदेशबाट फर्किएका युवा पशुपालनमा जोडिएका छन् । विदेशमा गर्ने दुःख स्वदेशमा गर्दा यहीँ मनग्य आम्दानी हुने कृषकको भनाइ छ । 

भेटेरीनरी अस्पताल तथा जिल्लाका स्थानीय तहले अनुदानका कार्यलाई प्राथमिकता दिएपछि कृषक यसतर्फ आकर्षित छन् । सोह्र वर्ष वैदेशिक रोजगारीमा रहेका म्याग्दे गाउँपालिका–४ सिस्नेरी निवासी बमबहादुर थापाले स्वदेश फर्किएर बङ्गुरपालन गरिरहेका छन् । कुवेत छँदा आम्दानीको स्रोत राम्रै रहे पनि नेपालमै गएर केही गर्ने हुटहुटी बोकेर थापा बङ्गुरपालनमा लागेका हुन् ।

नेपालमा रोजगारीको सम्भावना नदेखिएपछि कुवेत पुगेका थापाले स्वदेशमै फर्किएर बङ्गुरपालन सुरु गरेका हुन् । विदेशमा राम्रो कमाई हुँदाहुँदै पनि नेपालमा आएर परिवारसँगै केही गरौँ भन्ने भावनासहित थापाले लाङघाली कृषि फार्म दर्ता गरी बङ्गुरपालनलाई अगाडि बढाएका छन् । 

म्याग्दे गाउँपालिका–६ का अमृत थापा र गुरुप्रसाद पौडेलले रु छ करोड लगानी गरेर पोल्टी फार्म सञ्चालनमा ल्याएका छन् । जिल्लालाई अण्डामा आत्मनिर्भर बनाउने उद्देश्यसहित सञ्चालित पोल्टी फार्ममा हालसम्म छ करोड लगानी भएको छ । 

पोल्टी फार्ममा हाल १९ हजार लेयर्स कुखुरा रहेका छन् । फार्मबाट दैनिक १५ हजार अण्डा उत्पादन हुँदै आएको छ । फार्मका सञ्चालक थापाका अनुसार त्यहाँ नौ जनाको परिवारले रोजगारी पाएका छन् । 

व्यवसाय सञ्चालनका क्रममा मासिक रु ३५ लाख खर्च हुँदै आएको छ । उन्नाइस हजार कुखुरालाई दैनिक एक लाख २० हजार दानामा खर्च हुँदै आएको छ । उक्त पोल्टी फार्म ५३ रोपनी जग्गामा फैलिएको छ । 

प्रकाशित मिति : ६ श्रावण २०८०, शनिबार  १२ : ५३ बजे

प्रधानमन्त्रीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहसँग मन्त्रीहरूले चालु आर्थिक वर्षमा गरिने मुख्य

एनसेलको अन्तर्राष्ट्रिय आउटगोइङ् कलमा ६० सेकेन्ड पल्स दर लागु

काठमाडौं– एनसेलले १९८ गन्तव्य मुलुकहरुका लागि आफ्नो अन्तर्राष्ट्रिय आउटगोइङ् अर्थात बहिर्गमन

अपाङ्गता अधिकारसम्बन्धी मूट कोर्ट प्रतियोगिता सुरु

काठमाडौं– अपाङ्गता अधिकार, मानव अधिकार तथा अन्तर्राष्ट्रिय कानुनबारे कानुनका विद्यार्थीलाई

कृषि बीमा अब प्रदेश सरकारले हेर्ने, १ करोडसम्मको बीमामा ८० प्रतिशत अनुदान, सो भन्दा माथि ५० मात्रै

काठमाडौं– सरकारले कृषि, पशुपन्छी तथा जडीबुटी व्यवसायमा हुन सक्ने आर्थिक

आयल निगमको तथ्याङ्क : ५ महिना यताकै सबैभन्दा बढी ग्यास आयात 

काठमाडौं– देशका विभिन्न स्थानमा एलपी ग्यासको अभाव देखिएको भन्दै उपभोक्तामा