सुन प्रकरणमा एमाले महासचिव पोखरेलका पाँच प्रश्न  « Khabarhub

सुन प्रकरणमा एमाले महासचिव पोखरेलका पाँच प्रश्न 


६ श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका महासचिव शंकर पोखरेलले सुन प्रकरणमाथि उठेका प्रश्नमा सत्ताको नेतृत्वकर्ताले जवाफ दिनु पर्ने बताएका छन् ।

आज सामाजिक सञ्जाल फेसबुक मार्फत उनले विशेषगरी माओवादी पक्षधरहरुबाट अरुको गालामा बियाँ टाँस्ने धन्दा जारी रहेको उल्लेख गर्दै सत्तामा रहेकालाई प्रश्न गर्नु भनेको अपराध हो भन्ने भाष्य खडा गर्न खोजिरहेको आरोप लगाएका छन्।

उनले के कुनै एउटा राम्रो काम गरेका आधारमा सत्तापक्षधरहरुले सबै प्रकारका कमजोरीवाट उन्मुक्ति पाउनु पर्दछ भन्ने सत्तापक्षीय दृष्टिकोण हो भन्दै प्रश्न समेत गरेका छन् ।

सुन बरामदलाई स्वागत गरेका महासचिव पोखरेलले एअरपोर्टको प्रशासन, सुरक्षा निकाय र भन्सार प्रशासन कहाँ कसको संलग्नता छ र क कसको संरक्षण छ भन्ने स्पष्ट जवाफ दिनु पर्नेमा जोड दिएका छन् ।

उनले नेपालमा चल्ने अधिकांश मोटरसाइकल र स्कुटर भारतीय हुँदाहुँदै चिनियाँ मोटरसाइकलमा प्रयोग हुने समान निरन्तर ल्याउँदै गर्दा पनि किन शङ्काको घेरामा राखेर अनुसन्धान नगरिएको भन्दै थप प्रश्न गरेका छन् ।

प्रकाशित मिति : ६ श्रावण २०८०, शनिबार  १२ : ५४ बजे

देशका केही भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

वर्षा र पहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध, बीपी र कान्ति लोकपथको यात्रामा रोक

काठमाडौँ – अविरल वर्षा, पहिरो तथा सडक कटानका कारण देशका

सप्तकोशी कटानको दोहोरो त्रासमा चिलिया टापु, ६ सय परिवार उच्च जोखिममा

काठमाडौँ – सुनसरी र उदयपुरको सिमानामा पर्ने बराहक्षेत्र तथा बेलका

इन्फान्टिनोलाई हटाउने अभियानप्रति फिफाको आपत्ति

काठमाडौँ – फिफाका अध्यक्ष जियानी इन्फान्टिनोलाई पदबाट हटाउन चलिरहेको अभियानप्रति

एनपीएल तेस्रो संस्करण कात्तिक ९ देखि मङ्सिर ५ सम्म

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाल प्रिमियर लिग