आरन पेसा बचाउन आई.एन.एफद्वारा कार्यक्रम सुरु | Khabarhub Khabarhub

आरन पेसा बचाउन आई.एन.एफद्वारा कार्यक्रम सुरु


६ श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

मुगु– हिमाली जिल्ला मुगुमा सञ्चालित एक गैर सरकारी संस्था आई.एन.एफ मुगुले दलित समुदायको पहिलो पेशामा रहेको लोपोन्मुख आरन पेसा प्रवर्द्धनका लागि कार्यक्रम सुरु गरि उसलाई बचाउन लागि परेका छन् । 

जिल्लाको उत्तरी भेगमा पर्ने सोरु गाउपालिका वडा नं , ६,७ लगायत दर्जनौँ दलित समुदायलाई आरन पेशा व्यवसाय बचाउन सो संस्थाले यो कार्यक्रम थालनी गरेको हो । पछिल्लो समय लोहार जातिले गर्दै आएको आरन पेसा लोप हुँदै गएपछि यसलाई प्रवर्द्धन गर्न अभियान सुरु गरिएको आई.एन.एफ मुगुकी सहायक क्षमता विकास अधिकृत शारदा कुमारी हितानले बताइन । 

उनले भनिन् ‘पहिलो पटक सोरु गाउपालिकाका दलित समुदायका नागरिकहरूलाई  केही भए पनि आफ्नो जिविकोपार्जन गर्नको निम्ति संस्थाले आरन पेशा गर्दा आवश्यक पर्ने सामग्री आफर, रेत, घन, हतौडा, सराँसोलगायत सामान वितरण गरेका छौ‌ ।’ व्यक्तिगत लगानीमा यहाँका दलितलाई आरन पेसा बचाउने सामान वितरण गरिएको उनको भनाइ छ ।  

सोरु गाउपालिकाका लालसिंह कामीलगायत अन्य दलित समुदायका नागरिकहरुलाई आरन पेसामा आवश्यक पर्ने सामान हस्तान्तरण गरेको बताइन । थोरै लगानीमा पनि यहाँका नागरिकहरूले आफ्नो परिवारको घर खर्च धान्नुका साथै जिविकोपार्जनमा उत्तिकै टेवा पुग्ने जिल्ला समन्वय समितिका प्रमुख मञ्जन कार्कीले बताए । उनका अनुसार यस पेशा लाई बचाउन यहाँका स्थानीय सरकार लगायत संघसंस्थाले जोड दिनु पर्ने बताए ।

लालसिंह कामीले विगतदेखि गर्दै आएको काम विस्तारै हराउँदै गएको सुनाए । पहिला छालाको माध्यमबाट निर्माण हुने खँलातबाट आरन पेसा गरेका थियौँ कामीले भने ुपछि खँलात पनि पाइन छाडे, अहिले त यो पेसा गर्ने मान्छे नै हराए ।  साथै, आरन पेसा पुस्तान्तरण नहुँदा हराउँदै गएको उनको भनाइ छ । बीचमा आरन चलाउने कुनै सामान नै थिएन ।

आई.एन.एफ संस्थाले सहयोग पछि अब यो पेसालाई निरन्तरता दिने सोच रहेको उनले बताए । संस्थाले आरन पेशा मात्र नभएर घरमा हुने नियमित सरसफाइका सामग्री र शिक्षा क्षेत्रमा पनि उत्तिकै पैरवी गर्दै आइरहेको छ ।

प्रकाशित मिति : ६ श्रावण २०८०, शनिबार  १ : ०८ बजे

दलहरूबीच सहमति जुटेन, कांग्रेसले संसद् अवरोध गर्ने

काठमाडौं–  प्रमुख प्रतिपक्षी  नेपाली कांग्रेसले आज पनि संसद् बैठक अवरोध

अन्तिम २ मिनेटमा झिनो अंकले बढेर बन्द भयो नेप्से, कारोबार ४ अर्बभन्दा माथि

काठमाडौं–बिहीबार नेपाल स्टक एक्चेञ्ज (नेप्से) अन्तिम २ मिनेटमा झिनो अंकले

मन्त्रिपरिषद् : फिन्ल्यान्डको १३ मिलियन युरो स्वीकार, दुई सहसचिवको सचिवमा बढुवा

काठमाडौं- मन्त्रिपरिषद्को बिहीबार दिउँसो बसेको बैठकले फिनल्याण्ड सरकारबाट प्राप्त १३

मदन-आश्रितलाई सम्झिँदै ओलीले भने : दासढुंगा घटना प्रकरण निक्कै रहस्यपूर्ण थियो

काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश निर्माणको काममा अब

अवैध लागूऔषधसहित चार जना पक्राउ

काठमाडौं– सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-६ ढलान रोडबाट अवैध लागूऔषध खैरो