सडक बन्द हुँदा उत्पादित तरकारी खेतमै कुहिँदै | Khabarhub Khabarhub

सडक बन्द हुँदा उत्पादित तरकारी खेतमै कुहिँदै


६ श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

खलङ्गा– दार्चुलाको व्यास र सदरमुकाम खलङ्गासम्म जोड्ने एकमात्र सडक खलङ्गा–तिङ्कर सडक बन्द हुँदा किसानले उत्पादन गरेको तरकारी खेतमै कुहिन थालेको छ ।

असार दोस्रो सातादेखि वर्षाका कारण अवरुद्ध सो सडक खण्डका विभिन्न ठाउँमा पहिरो खस्दा सडक बन्द भएको हो । सडक बन्द भएपछि व्यासमा उत्पादित आलु ढुवानी गर्न नसकिँदा  खेतबारीमै कुहिन थालेको कृषक हरिश धामीले बताएका छन् ।

व्यास गाउँपालिकाको कृषि विकास शाखाको आर्थिक तथा प्राविधिक सहयोगमा उत्पादन गरिएको कृषि उत्पादन खेतबारीमा कुहिन थालेपछि किसान चिन्तित भएका छन् । 

सरकारले उत्पादनमा मात्रै लगानी गरेर नहुने भन्दै उत्पादित कृषिउपजको ढुवानीमा समेत सहयोग गर्नुपर्ने व्यासका कृषकको भनाइ छ । जनभावना साना किसान कृषि सहकारी संस्था लिमिटेडले उत्पादन गरेको आलु खेतबारीमै कुहिन थालेको गाउँपालिकाको कृषि शाखाका प्रमुख विश्वेश्रप्रसाद बडूले बताए। 

उनका अनुसार गाउँपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा किसानले उत्पादन गरेको छ सय क्विन्टल आलु खेतबारीमा कुहिन थालेको छ । एक सय क्विन्टल आलु खेतबाट निकालेको तथा पाँच सय क्विन्टल आलु खेतबारीबाट निकाल्न बाँकी रहेको उनले जानकारी दिए । ‘न त सडक छ, न त कोल्डस्टोर नै, व्यासका किसानले उत्पादन गरेको कृषिउपज दिनप्रति दिन खेतबारीमै कुहिँदै गएको छ’, कृषक अकबरसिंह धामीले भने ।

बजारीकरणमा कृषि ज्ञान केन्द्र दार्चुलाले सहयोग गर्ने भने पनि सडक अवरुद्ध हुँदा कृषकले उत्पादन गरेकोआलु व्यासमै कुहिन थालेको छ । ‘हरेक वर्ष असारको सुरुआतमै सडक अवरुद्ध हुन्छ, कृषकले उत्पादन गरेको तरकारी खेतबारीमै कुहिन्छ,  व्यवसायीको दुःख सम्झिने कोही छैन’, अर्का किसान प्रमानन्द भट्टले भने ।

प्रकाशित मिति : ६ श्रावण २०८०, शनिबार  २ : ०४ बजे

यस्तो छ आजको सागसब्जी र फलफूलको मूल्य

काठमाडौं – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका

नेपाली महिला टोली आज भुटानसँग भिडदै

काठमाडौं– नेपाल महिला फुटबल टोलीले आज भुटानसँग प्रतिस्पर्धा गर्दैछ ।

पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

गुल्मी– राक्सेमा पहिरो खसेपछि कालीगण्डकी करिडोर पूर्ण रुपमा अवरुद्ध भएको

शुक्लाफाँटामा विश्वकै दुर्लभ १९ प्रजातिका चरा

कञ्चनपुर– हरिया फाँट, घना सालका जङ्गल र सिमसार क्षेत्रले सजिएको

आईएनजीओको जागिर छाडेर गाउँमै कृषिकर्म

सुनसरी- कोशी किनार कृषि उपज उत्पादनका लागि उर्वर क्षेत्र मानिन्छ