सुन प्रकरण : भन्सार कार्यालयका तीन जना कर्मचारी निलम्बित | Khabarhub Khabarhub

सुन प्रकरण : भन्सार कार्यालयका तीन जना कर्मचारी निलम्बित


६ श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


855
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सुन बरामद प्रकरणमा मुछिएका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयका अधिकृतसहित तीन जना कर्मचारी निलम्बनमा परेका छन्। 

हङकङबाट क्याथे एयरवेजको जहाजबाट आएको ब्रेकशुमा लुकाएर ल्याएको १०० किलो सुन भन्सार जाँच पास भएर निस्किएको देखिएपछि तीनै जनालाई निलम्बन गरिएको हो।

भन्सार अधिकृत सन्तोष चन्द, खरिददार कुमार ढकाल र सरोज श्रेष्ठ निलम्बनमा परेका हुन्।  सुनको भन्सार पासमा उनीहरूको संलग्नता देखिएकाले निलम्बन गरिएको भन्सार विभाग स्रोतले जनाएको छ ।

भन्सारबाट छुटेर भाग्न लाग्दा राजश्व अनुसन्धान विभागले पाएको सुराकको आधारमा खटिएको टोलीले उक्त सुन बरामद गरेको थियो।

यस प्रकरणमा विभागले १० जनालाई पक्राउ गरिसकेको छ।

प्रकाशित मिति : ६ श्रावण २०८०, शनिबार  २ : ३६ बजे

गाजामा ६० दिने युद्ध विरामका लागि इजरायल तयार छ : ट्रम्प

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजामा ६० दिने

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

आज २०८२ साल असार १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि